Posted by: Rahuldai March 26, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        

जिउनु बहाना मात्र हो,
पिउनु बहाना मात्र हो।



कल्ल्ले देखेको छ ?
पटक पटक, धेरै पटक
पलपल मरेको,
हरपल मरेको ।


आशु रित्तिएको,
धडकन रोकिएको ।



बाक्लो वस्त्रमा नाङ्गिएर
अभाव र चाह मा झाङ्गिएर
बाच्नु पनि के बाच्नु ?



एकोहोरो शंखनादको धूनमा
नाच्नु पनि के नाच्नु ?


दशा एक्लो भएको बेला
नशा साथ खोजेको छु,
धुजा धुजा दिन बालेर
यही एक रात रोजेको छु ।


नोट: रामे प्रती समर्पित ।  

Read Full Discussion Thread for this article