Posted by: chanty399 March 24, 2010
डाक्टरहरुको अमानवीय हड्ताल/दोश्रो दिन पनि आकस्मिक सेवा खुलेन/१३ दिनमा पनि शल्यक्रिया भएन
Login in to Rate this Post:     0       ?        

डाक्टरहरुको अमानवीय हड्ताल/दोश्रो दिन पनि आकस्मिक सेवा खुलेन/१३ दिनमा पनि शल्यक्रिया भएन

    कल्पना घिमिरे
    दुई सातादेखि भाँचिएको खुट्टमा हालिएको स्टिल झिक्ने दिन पर्खेर बसेका जनकपुरका भरत यादव र छोरा १३ बषिर्य मनिष । तस्विरः कल्पना ।

    काठमाडौं, चैत्र ११ - डाक्टरहरुको आन्दोलनका कारण महाराजगञ्जस्थित मुलुककै सबैभन्दा ठूलो शिक्षण अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द छ । यसले सस्तोमा उपचारको आवश्यकता पर्ने देशभरका बिरामीहरुलाई ठूलो मर्का परेको छ ।

    मुलुकका बिभिन्न भागमा उपचारको आशा बोकेरमा आएका सयौं बिरामी निराश भएका छन् । उनीहरु आउने र अन्य अस्पतालतिर जाने क्रम जारी छ । शिक्षण अस्पताल बन्द भएकाले महंगो निजी अस्पतालहरु जान बाध्य छन् ।

    अधिकांशलाई खर्चको अभावले पिरोलेको छभने कतिपय विशेषज्ञ सेवासमेत नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थासमेत श्रृजना भएको छ । एमवीवीएस र एमडी/एमएसको प्रवेश परीक्षामा अनियमितता भएको आरोपमा सुरु भएको हडेतालको निकास निस्किन नसक्दा मंगलबारदेखि आकस्मिक सेवासेमत बन्द गरिएको हो ।

    नयाँ आउने विरामीले सेवा नपाएको मात्र     होइन, हड्ताल सुरुहुनु अघि नै भर्ना भएर बसेका बिरामीहरुलेसमेत उचित सेवा नपाएको गुनासो गरेका छन् । सहमतिको लागि बुधबार बार्ता भएपनि सफल नभएपछि थप कतिदिन यस्तो अबस्था रहने भन्ने कुरा अन्यौलमा छ ।

    गुल्मी तम्घासबाट आएकी ५० वर्षिया इन्द्रकला भट्टराई मृगौलामा मासु पलाएर भर्ना भएको १३ दिन बित्यो । तर, उनको अझै सल्यक्रिया हुन सकेको छैन । उनलाई भोलिपल्ट नै सल्यक्रिया गर्नका लागि भर्ना गरिएको थियो । हड्ताल ११ दिन अघिबाट सुरु भएको हो ।

    भट्टराईका श्रीमान् नेत्रप्रसाद अनुसार अव उनीहरुको खर्च पनि सकिंदै गएको छ । आफन्तहरु पनि कोही छैन, कहिले खुल्ला थाहा छैन' उनी भन्छन् । भट्टराई विगत १२ दिनदेखि बिरामीको खाटमुनी सुत्ने गरेका छन् ।

    अस्पताल नियन्त्रण कक्षामा अधिकृत सुदर्शन थापाका अनुसार हाल ५० जना जति पनि बिरामी छैनन् । सक्ने विरामीहरु आफै अर्को अस्पातल खोजेर जान थालेका छन्भने अरु अस्पताल कुरेर बसेका छन् ।

    भर्ना भएकाहरु मात्र होइनन् बाहिरबाट उपचारका लागि आउनेहरुको झनै अवस्था गम्भीर छ । बिराटनगरबाट मंगलबार मात्र आइपुगेका छविलाल अधिकार बुधबार शिक्षण अस्पतालको प्रांगनमा अलमलिंदै थिए । मृगौलामा पत्थरी भएर आएका अधिकारीले अस्पताल आइपुगेपछि मात्र बन्द रहेको थाहा पाए ।

    अस्पतालले सामान्य अवस्थामा दैनिक बहिरंगमा मात्र १५ सय र आकस्मिकमा सय भन्दा बढिले उपचार पाउने गरेका थिए ।

    अर्का जनकपुरमा भरत यादवको भाँचिएको खुट्टमा राखिएको स्टिल दुई सातावित्दा पनि निकाल्न सकेको छैन । उनलाई दुई साताअघि स्टिल निकाल्ने मिति दिएकाले १३ वर्षिय मनिष साथमा लिएर आएपनि अझै अस्पतालमै छन् । उनको खुट्टको नियमित ड्रेसिङसमेत गरेका छैनन् ।

    अस्पतालमा डाक्टर र बिरामी होइन, प्रहरी ।     

     

    Read Full Discussion Thread for this article