Posted by: sumedhu March 24, 2010
अब त नेपाली हुँ भन्न पनि लाज लागेर आउछ।
Login in to Rate this Post:     0       ?        


१) सुजाताले कमिसनको चक्करमा काम गरी रे ! तर मन्त्रालयको मातहतमा हुने काममा कमिसन नलिने मन्त्री नेपालमा अहिलेसम्म कोही आए ? हिजोका पञ्च र कांग्रेसीलाई त जे आरोप लागेपनि तिनले जवाफ दिन मतलब गरेनन् र गर्दैनन् तर एमाले र माओवादी सम्मका कुनै कम्युनिष्टले भ्रष्टाचार नियन्त्रण र कमिसन नखाने नाममा त्यस्तो कुनै काम गरे ?  अहिलेको नेपालमा माओवादी वाइसिएल र माओवादीको तगारोबाट ठूलो कमिसन नदिई भित्र नछिरूञ्जेल ठेक्कापट्टामा निवेदन हाल्न पनि पाइन्न , यसलाई के भन्ने ? आफ्नै प्रधानमन्त्रीले च्यापेको युवराज खतिवडा भन्दा धेरै बैंकर्स र व्यापारी लबीले करोडौँको  कमिसन लिएर आउने अर्को प्रतिद्वन्दीलाई गभर्नर बनाउन कस्सिने अर्थमन्त्री दूधले नुहाएको ठहरिनु पर्ने कारण के छ ? अख्तियारका ललित सुब्बा ( जनजाति ) देखि सुजाता कोईराला ( बाहुन र जर्मन ) कुन क्षेत्र छ जहाँ भ्रष्टाचार र कमिसनको खेल छैन ? कि भीम रावलको गृहमन्त्रालय र कर्मचारी सरूवा वा रविन्द्र श्रेष्ठको मन्त्रालय कहाँ अरबौँ कमिसनको खेल चलिरहेको छैन ? कि कुशवाह र करिमा बेगमको बद्नामीपूर्ण कामले देश उँधो लागेको हो  ? किन राजश्व जम्मा गर्ने बाबुरामकी श्रिमतिको  बसउठ व्यापारी र गाँठवालासंग मात्र हुन पर्ने ? 

किन नेपाली राजनीतिका स्वनामधन्य विशेषज्ञहरू केवल निश्चित पात्रको आलोचना गरेर , प्रवृत्तिको उछित्तो काड्न राजनीतिक पूर्वाग्रह पाल्छन् ? के गिरिजा , सुजाता वा अमुक कांग्रेसीहरूका कारणले माओवादी लाडाकूको नाममा निकालिइको अरबौँ रूपैयाँ हराएको हो ? किन स्कूले राजनितिको घिनलाग्दो स्तरमा राजनितिका पन्डित बन्ने कोशिस गर्छन् , अमेरिका भासिएका कम्युनिष्टहरू ?

२) पासपोर्ट :  आजसम्मका पासपोर्ट , नेपाली रुपैयाँ र हरेक चाहिने कुरा बिदेशमा छाप्दा वा भारतमा छाप्दा , हाम्रो राष्ट्रियता जोगिइरहने तर अहिलेको मेसिन रिडेवल पास्पोर्ट भारतले छापिदिँदा , धरापमा पर्ने हाम्रो राष्ट्रियता साँच्चै कति कमजोर रहेछ हँ ? मलाई त सुन्दा पनि टिठ लागेर पो आयो । के कुनै स्वतन्त्र राष्ट्रले आफ्ना सबै गोप्य सुचना राख्न बिदेशलाई नै दिन्छ भनेर पत्याएर विद्वता देखाउन खोज्ने मान्छेको दिमागमा गिदी नै हुन्छ कि , गुहु वा गोबर के हुन्छ ? पासपोर्ट भारतले नै बनाइदिएर जारी गर्ने हो भनेर पत्याएर कुनै कुरो बुझ्ने दरकार नै नगरि स्याल हुइँया मच्चाउने बालक हरूलाई , अमेरिका जस्तो एडभान्स्सड मुलुकमा एक्लै छाड्दा विचराहरूको रेखदेख बारे पनि सोच्न परेन ? 

ई कट्टुमा मुतुवाहरूलाई कसले सम्झाउने कि नेपालले भनेको मितिमा मेसिन रिडेवल पासपोर्ट बनाउन नसकिने स्थिति बताएपछि , भारतीय बिदेशमन्त्री एस एम कृष्णाले आफ्नो सरकारी सेक्युरिटी प्रेसले पास्पोर्ट छपाइगरिदिने र त्यसको वितरण र डाटा किपिङको तारतम्य काठमाण्डुमा मिलाइदिने व्यवस्था गर्ने सहमति दिएका थिए । भारतले ४ डलरमा छपाइदिने आश्वासन दिए पछि अरू कम्पनिहरू पनि केहि सेण्ट सस्तोमा दिन सक्ने भन्दै अगडि आए भन्दैमा , ती मध्ये कुन सबैभन्दा सस्तोमा आउँछ भनेर बाटो हेरेर बस्ने कि जति सक्दो समयमा काम हुनलाई भरोसा लाग्दोलाई जिम्मेवारी दिने ?

अनि भारतको नाम आउने बित्तिकै किन राष्ट्रियताको नाममा पुङ न पुच्छर ३ हात बुरूक्क गर्ने, हरेक कुरामा - हग्दा पाद्धा ? हैन यो नेपाली नामधारी अल्लारेहरूलाई कुनै विषयको गहिराइमा जान पर्ने कुनै खाँचो नै छैन कि क्या हो ? त्यसै हुण्डरी मच्चाइरहने ?

अबको केही दिनमा दैनिक ३ हजारका दरले बिदेशतिर भात कमाउन उड्ने नेपालीहरु जानै नपाउने भैसक्यो , समस्याको समाधान गर्ने कि तमाशाको राजनिति गरिरहने ?

यो सुजाता वा कसैको डिफेन्स हैन , तर कागले कान लग्यो भन्दै हुण्डरी पिट्ने स्यालहरूको वास्तविकताको अर्को पाटो पनि देखाएको हो । सुजाता मन पर्दैन , गएर गोली हान वा जे मन लाग्यो गर । तर सही कुराको पत्तो नलगाई खाते विद्वान बनेर राजनीति नगर ।

बुद्ध: बुद्दको दर्शन र विचार एकातिर । कसैले वुद्धको अहिंसा र कर्मकान्डे बिहीन दर्शन मान्नै नपर्ने , तर बुद्द यहाँ जन्मे र उहाँ जन्मे भनेर राडको किन मच्चाउन पर्यो ।  लुम्बिनीमा भिक्षुको हत्या गर्ने, देशमा वर्षमा ७०० बन्द आयोजना गरेर नेपाल आएका बुद्धमार्गी र पर्यटकको हुर्मत लिने अनि हाम्रा बुद्द भन्दै कोकोहोलो हालेर बुद्दत्व रक्षा हुन्छ ? तिबब्ती बुद्धमार्गीलाई पुलिस लाएर ठटाउने र चीनको इशारामा निहत्था भिक्षु र तिब्बतीलाई दिनहुँ कम्युनिष्ट चिन रिझाउन पक्रने र थल्थिलो पार्दा , मुलुकको राष्ट्रियताको कट्टु खोलिएको नदेख्ने , सारा सगरमाथाको नक्सा चिनमा देखिँदा अनि ओलम्पिक बत्ति लाने निहूँमा सगरमाथा आरोहणमा प्रतिबन्ध लगाउँदा नदेख्ने , नसुन्ने र आँखा फुटाएर रहने कम्युनिष्ट राष्ट्रियताले  नेपालको लुम्बिनी मात्र हैन कालन्तरमा साबै खानेछ , हेर्दै जाओ किम इल सुङको लाश बोकेर बुशको दानापानीमा बाँच्ने खाते पिशाचहरू ।


Read Full Discussion Thread for this article