Posted by: fucheketo March 24, 2010
एक रात दुइ कथा...
Login in to Rate this Post:     0       ?        
सवैलाइ आभार प्रकट गर्दै...........

अन्तिम भाग-
रात प्रतिकको आँखामा लागेको पट्टि जत्तिकै बाक्लो छ तर अब त हामी तेस्रो प्रहर मा पनि त छौँ अनि मलाइ विश्वास पनि छ भोलि बिहान अवश्य हुनेछ ।

प्रतिकको अवस्थाले मलाइ पहराको छाति चिरेर झर्ने झरनाको याद आउँछ उ लठारिन्छ कहिले यो पहरामा कहिले त्यो पहरामा निर्लज्ज भएर पहराहरु भिजाउँछ उसको उद्वेग नै उसको शक्ति लाग्छ त्यो झरना तर अन्तिम अवस्थासम्म उसलाइ थाहा हुँदैन उसले भिजाएका पहराहरु अनन्तकालसम्म त्यहिँ रहिरहनेछन् जव कि उ भाँसिदै जानेछ आफ्नै अन्तर्द्वन्दमा उसको भसाइ ति पहराहरु विचको रोजाइको अक्मक्याइ हो !!! प्रतिकलाइ म यो कुरा बुझाउन सक्दिन होला सन्ध्याको स्थान सन्ध्याको ठाउँमा छ उ जत्ति नै बौद्दिक देखोस् सन्ध्यावाट उसलाइ सन्ध्याबाट चाहिएको विचार हैन मात्र उसको भोकको लागि साध्य हो सन्ध्या जो प्रयोगको लागी बनेकी छे ।
थाहा छैन मलाइ प्रतिकले आफुलाइ कति धुवाँमा उडाएको छ । न उ सकिएको छ न उसका चुरोटका धुवाँ !!!!उसका कणकण हरु पातलिएका छन् यो कथा मलाइ सुनाउने क्रममा !!! मान्छेले आफूलाइ पोख्न सक्नु पनि सफलता हो ! कहिले मान्छेका भावनाहरु गाँठा पर्छन् , कहिले ठोस् हुने अडिग हुने प्रयास मा मान्छे आफै कसैले नदेख्ने डल्लो बन्छ । उसले पोखेको छ आफुलाइ !!!!
“ करिव त्यो दिन मैले झुट बोल्न मन नलागे नलागे पनि सतहि कुराहरु बोलेर सन्ध्याको मा करिव तिन बजे तिर पुगेँ !!!
सन्ध्याको कोठामा मेरो मुटुमा जस्तै ताला लागेको थियो ! मलाइ थाहा थियो उ पाँच बजे साँझमा मात्र आइपुग्छे तर मलाइ घडी हेर्न मन लागेन !! कहिलेकाहिँ मान्छेले सम्भावना दाँज्दैन , उसलाइ नहुने कुराहरु भइदिए हुन्थ्यो जस्तो लाग्छ ! मान्छेको कमन सेन्सलाइ बाध्यताले जित्छ ब्यग्रताले जित्छ ! म दुइ घण्टा उसको कोठा अघि उभिएँ !!!
करिव पाँच बजे , जिन्सको हाफ पाइन्ट जस्का झुत्राहरु उसका शरीर सँग जिस्कँदै थिए र केहि लेखेको आकाशे टिशर्ट , ठूलो झोलासहित उ प्यासेजको अर्को कुनामा देखिइ !!!
म मुस्कुराउने प्रयास गरेँ तर मन गह्नुन्गो थियो जसले मुस्कान लाइ निस्सासिने गरी दबाएको थियो !!!”
........................... ............................. ........................ .............................. ............................ .......................... .......................... .........................।
“उप्स , खबर गर्नु पर्दैन ?” सन्ध्याले ढोकामा लागेको ताल्चा खोल्न आफ्नो झोला भित्र चाबी खोज्दै भनेकी थिइ । सन्ध्याको झोला भित्र म जस्तै अस्तव्यस्तता थियो कहाँ के छन् , के का लागि छन् अष्पष्ट , अब्यवस्थित !!
“ के  आजको समय अरु कसैको लागि थियो !” मेरो मनमाँ त्यस्तै शंका पलाएको थियो ! मैले सोधेँ पनी सन्ध्या मुस्कुराइ ! दाइ उ एकदम गहिरो मुस्कुराउँछे ! उसको मुस्कानले रात नै वर्णन गर्न चाहे जस्तो !!!
त्यो दिन समय दिएकी रहिनछ !! मैले उसको मुस्कान उधारेर अर्थ निकालेँ !!
“ खाजा खान्छौ ?”
“ सन्ध्या मलाइ तिमीलाइ एउटा कथा सुनाउनु छ !!!” दाइ मैले तँपाइलाइ सुनाउने जस्तै कथाको शुरुवात गरेँ !!!
............................... ............................ ........................ .......................... ..................... ........................ ................................... ............................... ............................... .......

न म प्रतिकलाइ बुझ्छु अब न प्रतिकको कथालाइ !!! खोइ के हो के हो उसको कथा !!! उ पात्रलाइ नै कथा सुनाउँछ । पात्र त पात्र हो उसलाइ के थाहा कथा कतै बग्दैछ भनेर !! न उसले कथामा आधिपत्य जनाउन सक्छ न कथाका मोड हरुलाइ नियन्त्रणमा लिन सक्छ !! उ मात्र कथा सँग बाँधिन सक्छ कथा सँग बग्न सक्छ । सन्ध्यालाइ कथा सुनाउनुको के अर्थ र !!!
“त्यो रात केहि भएन त !” अब मेरो ब्यग्रताले सिमा नाघ्यो ! अघि मैले जुन सम्बन्धलाइ वानी नशा सँग जोडेको थिएँ गलत थियो । प्रतिकले कति चोटी गलत सावित गर्ने हो मलाइ यो कथा भरी न उसलाइ थाहा छ न मलाइ !!!
उसले टाउको हल्लायो !! अनि हाँस्यो
 “ हुन त धेरै भयो दाइ तर तँपाइले भनेको केहि भएन !! मलाइ खुशीको दाँजोमा आफूलाइ उभ्याउनु थियो !!!”
“ अनि !” मेरो सोचाइ थकित भइसकेको छ । मैले गलेको मुद्रामा उसलाइ सोधेँ !!
सन्ध्याले मलाइ हेरिरही अनि म अझै खुशिको लायक भएको घोषणा गरी अन्त्यमा !!! उसले मेरो टाउको सुम्सुम्याइ आँशु भरीएका आँखाले मलाइ हेरीरही !!
म विहानै फर्किएँ !!!!!!!!!!!!!
“ अनि ?” मैले आफ्नो नियमित शब्द दोहोर्याएँ !

हफ्ता बिते खोइ कसरी बित्यो भनौँ दाइ ती हफ्ताहरु पनि खुशी उत्तिकै राम्री थिइ , शालिनता यथावत थियो ! एउटा तलाउ जस्तो जस्को शालिनतामा तरंग उत्पन्न गर्न लाइ मेरो मन ढुंगा हुनु पर्नेछ । मलाइ खुशीको लागि ढुंगे बन्न मन लाग्न छोडेको थियो । म पहिलेकै अवस्थामा आएँ !!!! म मात्र खुशीलाइ नियाल्थेँ ।उसका भाका हरु बुझ्ने प्रयत्न गर्थेँ ।
अनि सन्ध्या जसका गुणहरु अलग थिए !!! भाषा अलग थियो ! उ वाध्यताहरुलाइ पनि बानेर राख्थी !!! लाग्थ्यो सम्पुर्ण विश्वलाइ उसले चाहेको भरमा नचाएकी छे !!! म पनि त्यसै विश्वमा नाच्न चाहन्छु !!! सन्ध्याको बौद्दिकतामा कायल भएर !!
तर म दुवै जना सँग जोडिदै गएँ अनौठो रुपमा !!!म खुशी सँग हुँदा मन सन्ध्या संग हुन थाल्यो अनि सन्ध्या सँग हुँदा मन खुशी सँग हुन थाल्यो !!! एक दिन खुशीले मलाइ हेरेर मुस्कुराउँदै आफूले घरमा साहस गरेर भनेको सुनाइ !!! अनि घर जाने कुरा भयो उसको !!!!!
मैले बेलुका सन्ध्यालाइ त्यो कुरा सुनाएँ !!! अब सन्ध्याको र मेरो सम्बन्धको अन्त्य भएको सुनाइ सन्ध्याले !!!!!!!
मेरो कथामा एउटा अध्याय अन्त्य भयो दाइ अर्को शुरु हुन्छ भन्ने आशमा !!!!
................... ...................... ........................ .............................. ................................ ................... ....................... .......................... .......................... ..........................
कथा त सुखद छ अहिले सम्म !!! अब अरु कति ओटा घुम्ति छन् आखिर !!!
“ तर दाइ झुटको आधारमा मैले साँचो माया पाउनु न्यायोचित थियो त ?”
के खाले प्रश्न हो यो ! मैले देखे अनुसार उसले एउटा गल्ति गर्यो यदि उ खुशिब्रता नै हुन चाहन्थ्यो नै भने पनि ! यो साँचो झुटो मान्छे आफु रमाउनलाइ बनाएको कुरा हो । मान्छे जे मा रमाएको हुन्छ त्यहि सात्विकता हो यो विश्वमा !!
“ के तिमीले खुशीलाइ भन्यौ ? तिम्रो लागि म सन्ध्याको मा गएँ भनेर ? ” मेरो मनमाँ शंका पलायो!
उसले फेरि टाउको हल्लायो !
“ दाइ सन्ध्या र मेरो सम्बन्धलाइ नाम दिन सक्नुहुन्छ ?” उसले फेरि मेरो आँखामा आँखा  जुधाउँदै सोध्यो !
के नाम दिउँ ? म त्यो सम्बन्धलाइ ! मैले अचानक प्रतिकलाइ आफुसँग दाँजे प्रतिक र सन्ध्याको सम्बन्ध लाइ म र संगिता सँग पनि त दाँज्न सक्दिन !!!
“ भयो दाइ मैले अहिले सम्म नबुझेको कुरा भयो छोडिदिनुहोस् !! खुशि सँगको त माया नै हो मलाइ अचानक सन्ध्यालाइ छोड्दै गर्दा ग्यान भएर आएको कुरा
मलाइ लाग्यो यी दुवै कथाहरु अब बेरिँदैछन् मेरो जीवनमा जसले जब घाँटी समाउनेछ म ति मध्ये एउटा पनि चुट्याउन सक्ने छैन !!!मेरो अन्त्य नजिकिँदै छ । अनि अचानक मैले कलम झिके खुशीलाइ एउटा लामो चिठ्ठि लेखेँ ! चिठ्ठिलाइ लुकाएँ , अनि मोबायल बाट एसएमएस गरेँ खुशिलाइ एउटा चिठ्ठी छ तिम्रो नाममा लुकाएर राखेको भनेर , मोबायल छोडेर !!!!!!!!!!!!! अनि हिँडे एउटा यात्रामा

म सँग शब्दहरु थिएनन् उसलाइ दिने ! प्रतिक ठिक भन्थ्यो जीवन रित्तो भए कति रमाइलो हुन्थ्यो सम्बन्ध माथी सम्बन्धका बोझ हुन्नथे !!
झ्याल फेरी खुल्यो , पहेँलो प्रकाश छिर्यो कोठामा !!!
मैले संगितालाइ बोलाएँ
“त्यो तेरो पल्लो गाउँको काले काले केटा सँगको हल्ला साँचो हो ?” उसले मलाइ अचम्म मानेर हेरी !!!!
“ चाँडो पढिसकेर बिहे गरीहाल त्यो सँग !!!”
मलाइ थाहा छैन मैले त्यस्तो किन भनेँ । प्रतिक ले मलाइ हेरिरह्यो ।मैले प्रतिकलाइ हेर्न सकिन । म उसको लागि भिँड बन्न चाहन्न उ रिक्तता चाहन्छ पुर्ण रिक्तता !!!!!!!
समाप्त !!!!!!!!!!!!!!!


Read Full Discussion Thread for this article