Posted by: fucheketo March 17, 2010
Login in to Rate this Post:
0
?
thanks to u all..........for such a lovely response...............
भाग-४
उ चुरोटमा भुलीरहेको बेला मैले सोचेँ प्रतिक खुशीलाइ मन पराउँथ्यो , खुशी पनि प्रतिकलाइ प्रतिक को घर बाट विरोध थिएन खासै कहाँ छ त यो कथामा दुर्घटना ? उसले भन्नेछ शायद अहिले।
छेवैको झ्यालको खापा एउटा वेगले खोलेर आवाज सहित फेरि बन्द गर्यो । बाहिर जोड बतास चलिरहेको छ , मलाइ थाहा छ त्यसमाथी त्यो झ्याल भएको पाटो खुल्ला छ । हावाले मनपरी गर्ने , मडारिने ठाउँ पाएको छ त्यता ! त्यति भएर होला हावा आवेग पोखिरहन्छ त्यो झ्यालमा । झ्याल छटपटिन्छ तर झ्यालको नियति उ त्यहि कटेरोमा जोडिएको छ । वर्षौँदेखी त्यो खापा मा चुकुल छैन मलाइ थाहा छ । त्यो क्रम भंग गर्ने एउटा साधन बनेको छ यो बाँसको कटेरोमा ! हुन त त्यो झ्यालको पछाडी पहरा मात्रै छ , धेरै पर त्यहि पनि ! तर पनि त्यो कोठामा अचानक छिर्ने बाहिरको उज्यालोले कसै कसैले मलाइ चिहाइरहे जस्तो लाग्छ । संगितासँग भुलीरहँदा जब जब त्यो झ्याल खुल्छ म मेरी श्रीमति सम्झिन्छु एक चोटी झस्किन्छु संगिता उठ्छे ।सकपकाउँदै , आफ्ना लुगाहरु मिलाउँदै अनि झ्याल लगाउँछे । उसलाइ पनि त्यति बेलाको उज्यालो मन पर्दैन ! म एक छिन संगितामा केन्द्रित हुन सक्दिन मेरो मन बाँडिन्छ त्यति खेर तर विस्तारै बिस्तारै तान्ने कला संगिता सँग छ । उ बिस्तारै बिस्तारै मेरो तन मन लाइ म तिर डोर्याउँछे । झ्याल को खापा पुरा बन्द भइसकेको जस्तो लाग्छ मलाइ त्यतिखेर !!!
प्रतिकले चुरोट सिध्यायो एष्ट्रे मा अर्को एउटा जलेको ठूटो थपियो !
“ अनि !” मलाइ प्रतिक अझै धेरैबेर रोकिएला भन्ने पिर थियो !
“ तँ आटी छैनस् ! “
एक दिन खुशी बाट छुट्टिने बित्तिकै मेरो मिल्ने साथीले नै मलाइ प्याच्च भन्यो ! म आज सम्म पनि केलाइरहन्छु कसरी मौनता र कायरता पर्याय हुन्छन्
“ किन ? “
मैले पनि उ सँग उत्तर मागेँ !
“त्यत्ति राम्री गर्लफ्रेण्ड तर पनि ................ “
मैले उसलाइ विचमैँ रोके ! उ झगडा हुने डरले चुप भयो । हरेक केटो भित्र एउटा अचम्मको मान्छे लुकेको हुन्छ दाइ जसले नाता बुझ्दैन जसले स्त्री सँगको सम्बन्धको सामिप्यता के हो बुझ्दैन जसले केवल भौतिकता बुझ्छ ,शरीरको आवश्यकता बुझ्छ , एकान्तमा पुरा नहुने इच्छाहरुको पोको बुझ्छ हो जीवनमा त्यो पनि अपरिहार्य होला दाइ शायद त्यसैलाइ हामी पुरुषत्व भन्छौँ , उसले मलाइ बुझ्ने भाषामा होस् नबुझ्ने भाषामा होस् नामर्द भन्यो ! जसको कारण खुशी सँगको सम्बन्ध थियो । उसलाइ मैले त्यो दिन सम्मका खुशीसँग बिताएका पलहरुको बारेमा बताएको थिएँ ! खुशी सँग साटेका शब्दहरुको बारेमा बताएको थिएँ अनि खुशी सँग साट्न नसकेका शब्दहरुको बारेमा बताएको थिएँ !त्यो दिन उसले मैले गरेका कुराहरुको आधारमा मलाइ नामर्द भन्यो !”
उसको कथाले अचानक एउटा प्रश्नचिन्ह खडा गर्यो । के उसले खुशीसँग............. ! उसले त चार वर्ष अघि देखिको सम्बन्ध भन्छ ,कसरी ? अघि वानी परेको भए पनि त उसलाइ सजिलो हुन्थ्यो होला उसको भनाइ अनुसारको मेरो पुरुष मनले मलाइ सुझाव दियो । मलाइ थाहा छ न म न मेरो पुरुष मन नै उसलाई यो सुझाव दिन सक्छ । म मात्र सोच्न सक्छु यस्तो भइदिएको भए ठिक हुन्थ्यो प्रतिकलाइ भनेर सम्म ! अहिलेसम्म त शब्द पनि साट्न नसकेका कुराहरु गर्दैछ !अरु कुरा साटोस् कसरी ! आखिर प्रतिक म पनि त होइन , जसले एउटा स्कुले केटीमा समेत यौवन देख्छ ।बिहान देख्दै गरेकी फुच्चे केटीलाइ अचानक राती राम्री वैँशालु देख्छ । अनि विहान फेरि उसको फुच्चे अनुहार हेर्नुपर्ला भनेर झिसमिसेमा हराउँछ उसको जीवनवाट !
“ तर उसका शब्दहरु मेरो मुटुमा गाडिए दाइ ! म राती पल्टिएर धेरै बेर सोचेँ ।त्यो दिन मलाइ लाग्यो मेरो मुटुमा आज एउटा धरहरा गाडीएको छ जसलाइ म पल प्रतिपल उखालेर फ्याल्न खोज्दैछु । म बिर्सिन्छु त्यो धरहरा हो जसको अघि म स्वयं को एउटा विन्दु वरावरको अस्तित्व छैन तै पनि उखाल्न खोज्छु प्रयासरत भएर !”
उसका शब्दहरु म बाट गुज्रिरहे ! बाहिरको रात आज जुनेली देखिएको मात्र हैन रात त आज निख्खर कालो छ ।
“ भोलिपल्ट त्यो साथी भेटिँदा मैले टाउको बटारेँ , उ नजिकै आएर माफि माग्यो ! उसलाइ कुन आधारमा म माफ गर्न सक्छु मलाइ थाहा थिएन । मलाइ थाहा छैन उसको दोष के हो ? मलाई थाहा छैन स्वयं म दोषी हुँ की हैन । मलाइ थाहा छैन मायाका आवश्यकताहरु के के हुन् ! उसका शब्दहरुले एउटा छुट्टै अस्तित्व बनाएर गए मेरो जीवनमा । उ मलाइ पर्खाल ठानेर पुछ्न खोज्छ । म भित्र उ छिरेर कसरी पुछोस् दाइ । कसरी उखालोस् त्यो धरहरालाई जसको लागि मै असिनपसिन भएको छु ! तै पनि मैले उसलाइ माफि दिएँ । ”
प्रतिक खिसिक्क हाँस्यो !
“अनि खुशीलाई थाहा भयो यो कुरा !” मैले कथावाट निष्कर्ष निकालेँ !
“ कथा सिद्दिएको छैन दाइ !”
मेरो निष्कर्ष प्रति प्रतिकले आपत्ति जनायो ! उ झ्यालको छेवैमा गयो अनि अघि बन्द गरेको झ्याल बिस्तारै खोल्यो । बाहिर आकाशमा तारा हरु थिए । चन्द्रमा सम्पुर्ण उपस्थिति जनाउन चाहन्थ्यो ! तर आजको रात निख्खर कालो छ । दिउँसो को निलो आकाश अँध्यारोले पोतेको छ । तारा हरु त्यो अँध्यारोमा लागेको दाग जस्तो । हावा सुसाइरह्यो , मानौँ उ झ्याल छेउमा गएको प्रतिकलाइ आफ्नो कथा सुनाउन चाहन्छ । प्रतिक बिस्तारी नै भए पनि हावालाइ पनि चुरोटपान गराइरह्यो !
“ बिस्तारै बिस्तारै म भित्रको पुरुष उसका शब्दहरु सहि सावित गर्न तिर लागे ! मैले एक दिन दुइ दिन गर्दै आफु भित्र युद्द छेडिएको थाहा पाइन ! उ म सँग माफि माग्दै थियो । अब मैँ सँगको युद्द तै पनि एकै कारणमा घरी म को सँग माफि माँगुम थाहा हुँदैनथ्यो । म भित्रको पुरुष सोच्थ्यो त्यो मायाको आवश्यकता हो । जब दुवै जना आत्माले एक अर्कालाई आफ्नो मानिसकेका छन् भने शरीर के हो र ? साटासाटै त हो !”
म मनमनै मख्ख परेँ । अब उ मलाई सहि सावित गर्दै थियो ! आखिर सत्य त त्यहि नै त रहेछ । उ पुरुषको नाम देओस् जे भनोस् । उसले अघि भनेका मायाका कुरा सबै बेक्कारनै त हुन् ! माया को प्रमाण भोगाइ हो मेरो विचारमा ! नभोगेका , नदेखेका ,नबोलेका कुराहरुको पनि संसार हुन्छ काहिँ । मान्छे कहिल्यै कल्पनामा बाँच्न सक्दैन । म घरमा हुँदा होली मेरी श्रीमती सर्वेसर्वा तर यहाँ संगिता वास्तविकता हो !!!
“ अनि !”
“ त्यसपछिका खुशिसँगका भेटहरुको बारेमा मैले कसैलाई केहि भनिन ! त्यो साथीलाई पनि ! खुशीलाइ मैले सुनाएँ हाम्रो कुरा मैले घरमा गरीसकेको छु भनेर ! अनि घरमा पारित पनि भयो भनेर ! तर त्यो खबर मैले उसलाई अब छुट छ भनेर बुझाउनलाई मात्र भनेको थिएँ होला जस्तो लाग्छ अहिले ! उ कुराहरु बुझ्दिन थीइ , मख्ख पर्थी ! म विवाह अघि तिमीसँग यो चाहन्छु भनेर भन्न सक्दिनथेँ , उसले त्यसपालीको मेरो मौनता बुझिन दाइ !”
मान्छे कहिलेकाहिँ कति निरिह हुन्छ । तर त्यो उसको मुर्खताको कारणले त हो ! हो उ खुलेर कुरा गर्न सक्दैन । जावो केटीलाइ रमाइलो गरौँ भन्न नसक्ने लाछि मोरो ! मलाइ मन मनै प्रतिकलाई यहि भन्न मन लाग्यो !
हिजो सम्म देखेको उसको शालिन अनुहार मलाइ कायर लाग्यो ! यो केटो भिँड सँग जुध्न नसकेर यहाँ आएको हो ! सामर्थ्यहिन यसको लक्षहिन जीवन त्यहि भएर यहाँ हल्लिरहेको छ । तर जब यसले संसार बुझ्नेछ ढिलो भइसकेको हुनेछ । अपशोच म उसलाइ बुझाउन पनि त सक्दिन ! उसले अघिको साथी जस्तै अहिले अधुरो रहेको कथा आधा मैँ छोड्यो भने ! उसको पुरा कथा सुन्नु मेरो लागी अत्यावश्यक छ !
“ टाढैबाट पनि उसलाइ महसुस गर्ने मनले पहिलो चोटी उसको स्पर्श चाह्यो दाइ ! मन त्यति तल झर्यो ! म उसको नजिक जान्थे उसका कपाल हरु सुम्सुम्याउँथे उसलाइ आपत्तिजनक नलागुन्जेल उ पनि प्रतिकृया देखाउदिनथीई ! तर जव उसलाई आपत्ति हुन्थ्यो उ मेरो आँखामा हेरिदिन्थी ! म उसलाइ त्यो अनजानमा भएको भनेर देखाउनलाई एउटा अबोध बालक जस्तो केहि थाहा नपाएको जस्तो वनीदिन्थे , उ सँग देखेका रातका सपनाहरु पनि स्वरुप बदलेर आउन थाले त्यतिबेला ! उ शालिन बाट मादक देखिइन थाली मेरा सपनाहरुमा पनि ! सपनामा जस्तै मेरो जीवनमा पनि त जोर थिएन यसपाली मेरो !”
हो ,पक्का हो उसको मुटु जलेको छ !मैले एशट्रे हेरिरहेँ ! त्यहाँ उसले फ्यालेका ठूटाहरु मात्र हैन शायद उ पनि खरानी भएको छ !
क्रमश: