Posted by: chanty399 March 16, 2010
Nepalese Army: A rapist Gang
Login in to Rate this Post:     0       ?        

नियन्त्रणमा लिएर हत्या: स्थलगत प्रतिवेदन

सुर्खेत र बर्दियाको सिमानामा पर्ने बर्दियाको बाँसपानीमा बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका नेपाली सेनाले चलाएको गोलीबाट गत फागुन २६ गते राति एकै परिवारका तीन जनाको मृत्यु भएको घटनाको स्थलगत अनुगमन प्रतिवेदन आज सार्वजनिक गरिएको छ। सेनाले आफ्नो आधिकारिक विज्ञप्तिमा शिकारीहरुको समूहले चेतावनी दिँदादिँदै पनि गोली चलाएकोले आत्मरक्षाका लागि गोली चलाउँदा तीन शिकारीको मृत्यु भएको बताएको थियो। तर स्थगलत प्रतिवेदनले भने सेना र वनरक्षकको टोलीले नियन्त्रणमा लिएर रहस्यमय तरिकाले हत्या गरिएको बताएको छ।

इन्सेक सुर्खेत प्रतिनिधि दुर्गा थापा र एडभोकेसी फोरम सुर्खेतका तेजबहादुर बोहराको टोली फागुन २८ गते स्थलगत अनुगमनका लागि घटनास्थल गएको थियो। टोलीले फागुन २८ र २९ गते घटनाको स्थलगत अध्ययन गरी अनुगमन प्रतिवेदन तयार पारेको हो। के के छ प्रतिवेदनमा ?

• सेनाले दावी गरे जस्तो सो घटना दोहोरो फायरिङ्ग वा उनीहरू भाग्दै गर्दा नभई लुकेर बसेकाहरूलाई नियन्त्रणमालिएर हत्या गरिएको हो।
• सेनाको गोलीबाट मृत्यु हुनेहरूमा सुर्खेत हरिहरपुर गाविस-२ की ३६ वर्षीया देविसरा विक, उनकी ३३ वर्षीया बहिनी अमृता विक र छोरी १३ वर्षीया चन्द्रकला विक । फागुन २६ गते राति करिब ८.३० बजे बर्दियाको ठाकुरद्वाराबाट गस्तीमा गएको ज्वालादल गणका नेपाली सेनाको टोलीले उनीहरूलाई गोली हानेको बुझिन आएको।
• मृतकहरूको कपडाहरू छरपस्ट अवस्थामा फेला पर्नु,
• उनीहरूको भित्री कपडा समेत घटनास्थलमा दिसा र रगत लागेको अवस्थामा पाइनु,
• मृतकहरूले प्रयोग गरेका विछ्यौनाहरू जलाइएको पाइनु,
• पोष्टमार्टमपूर्व तिनका आफन्तहरूलाई मृतकको लास हेर्न नदिइनु
• संचारकर्मीहरूलाई तस्विर लिन बञ्चित गरिनु,
• घटनाको सम्बन्धमा सेनाको फरक-फरक धारणा सार्वजनिक हुनु,
• २७ गते लाश लैजाँदै गर्दा आलो रगत चुहिएको पाइनु,
• घटनाबाट भागेर बचेकाहरूले मृतक बालिकाकोचित्कार सुनेको बताउनु,
• घटना भएको भोलिपल्ट दिउँसो पुनः गाउँलेले सो स्थानमा फायरिङ्गको आवाज आएको बताउनु आदिले घटनालाई रहस्यमय बनाएको छ।

राष्ट्रिय निकुञ्जभित्र अवैध प्रवेश गरेकाहरूलाई बलप्रयोग गर्न सक्ने सेनाको कानुनीअधिकार भएपनि नियन्त्रणमा लिन सकिने अवस्था हुँदाहुँदै सेनाले हदैसम्मको शक्तिको दुरूपयोगगरी निहत्था बालिका र महिलाहरूको हत्या गर्नु गैरन्यायिक भएको प्रतिवेदनमा जनाइएको छ।

त्यस्तै प्रतिवेदनमा नेपाल सरकारले घटनाको यथार्थ तुरून्त सार्वजनिक गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराई पीडकहरूलाई कानुनी कारबाही गर्नुपर्ने, नियन्त्रणमा लिइएका तुलाबहादुरलाई तुरून्त बिना शर्त रिहा गर्नुपर्ने र राष्ट्रिय मानवअधिकार आयोगको उपस्थितिमा मृतकहरूको पुनः पोष्टमार्टम गरिनुपर्ने माग पनि गरिएको छ।

Read Full Discussion Thread for this article