Posted by: chanty399 March 16, 2010
Nepalese Army: A rapist Gang
Login in to Rate this Post:     0       ?        

महिला र बालिकालाई सेनाले नियन्त्रणमा लिएर हत्याः प्रतिवेदन

    जे पाण्डे

    नेपालगन्ज, चैत्र ३ - अधिकारवादीहरुले सेना र वनरक्षकले एकसाता अघि बर्दिया राष्ट्रिय निकुञ्जको वाँसपानी कालिकास्थानको जंगलमा एक बालिका र दुईजना महिलालाई नियन्त्रणका लिइ हत्या गरेको ठहर गरेका छन्  ।

    घटनाको स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रिय कार्यालय र एड्भोकेसी फोरमले मंगलबार नेपालगन्जमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा एउटै परीवारका अमृता, देवीसरा र उनकी छोरी १२ वर्षिया चन्द्रा विकलाई नियन्त्रणमा लिई हत्या गरेको उल्लेख छ ।

    बर्दिया राष्ट्रिय निकुन्जका चारजना वनरक्षक र ज्वाला दल गणका १७ जना सेनाको टोलीले सुत्ने तयारी गरेका वेला करिव पाँच मिटर माथि ढीकबाट राति मुढा फ्याँकेको र टर्चलाईट बालेर 'भागिस् भने मर्छस्' भन्दै हवाई फायरिङ्ग गरेको पाइयो प्रतिवेदनमा जनाइएको छ । 

    'चारपटक हवाई फायरिङ्ग भयो । देवीसरा, चन्द्रा र अमृता बास बसेको स्थानको ओढारको ढुङ्गामा लुके,' प्रतिवेदन सार्वजनिक गर्दै ईन्सेकका क्षेत्रिय संयोजक भोला महतले भने- 'टर्चलाईट बाल्दै उक्त टोली महिलाहरू लुकेको स्थानलाई घेराहाली नियन्त्रणमा लिएर हत्या गरेको पाइयो ।'

    उक्त क्रममा १२ वर्षिया चन्द्राको चित्कार सुनिनु र  घटनास्थलमा मृतक बालिका र महिलाहरूको भित्री कपडाहरू छरपस्ट अवस्थामा फेला परेका छन् । एडभोकेसी फोरमका संयोजक तथा अधिबक्ता सुशिलकुमार लाखेले भने, 'घटना स्थलमा मृतकका कपडामा रगत र दिसा लागेको देखिनुले हत्या रहस्यमय भएको छ ।'   

    Read Full Discussion Thread for this article