Posted by: sanas March 14, 2010
बाबुरामद्वारा संविधानसभामा गयल दिनको भत्ता फिर्ता
Login in to Rate this Post:     0       ?        

बाबुरामद्वारा संविधानसभामा गयल दिनको भत्ता फिर्ता



    आइतबार जारी गरेको बिज्ञप्तीमा उनले भनेका छन् 'यसले सभासद्को आचरण शुद्धिमा सहयोग पुग्ने हाम्रोबिश्वास छ ।'



    कान्तिपुर संवाददाता




    काठमाडौ, चैत्र १ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभामा अनुपस्थित भएको भत्ता फिर्ता गरेका छन् ।

     भट्टराईले बिज्ञप्ती जारी गरी कात्तिक १० देखि मंसिर एक गतेसम्म संविधानसभामा अनुपस्थित भएको भत्ता फिर्ता गरेको जनाएका छन् । 'अवधिमा गयल २० दिनको संविधानसभाको बैठक भत्ता फिर्ता गरेको छु' आइतबार जारी गरेको बिज्ञप्तीमा उनले भनेका छन् 'यसले सभासद्को आचरण शुद्धिमा सहयोग पुग्ने हाम्रोबिश्वास छ ।'

     उनले आगामी दिनमा संविधानसभामा अनुस्थित भएमा त्यसको पारिश्रमिक कट्टागरी भुक्तानी दिन पनि संविधानसभा सचिवालयलाई आग्रह गरेका छन् ।

    उनका स्वकीय सचिब बिश्वदीप पाण्डेले सचिवालयको बैठक खातमा आइतबार चार हजार रुपैया जम्मा गरी अनुपस्ति दिनको रकम फिर्ता गरेका हुन् ।

    'आगामी दिनमा पनि उपस्थित नभएको दिनको संविधानसभाको बैठकभत्ता सचिवालयलेनै कट्टागरी उपलब्ध गरिदिनुभएमा म जस्ता सभासद्माथि नैतिक प्रश्न उठ्ने थिएन' भट्टराईले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

    Read Full Discussion Thread for this article