Posted by: Neal H March 13, 2010
महिला किन चाहन्छन् अँध्यारो
Login in to Rate this Post:     1       ?         Liked by

काठमाडौ, फाल्गुन २९ - कसैकसैको चाहना यौन सम्पर्कताका आफ्ना साथीले एक पटक आफूलाई हेरून् भन्ने हुन सक्छ । आँखामा आँखा जुधाउँदै प्रेम प्रकट गरून् र रमाइलो कुरासँगै चरम सुखतर्फ लैजाऊन् भन्ने पनि हुन सक्छ । धेरैजसो महिला यस्ता हुन्छन्, जसलाई आफ्ना पुरुष मित्रसँग अन्तरंग क्षण बिताउँदाताका अँध्यारै चाहिन्छ ।   

हालैको अनलाइन सर्वेक्षणले अँध्यारोमा यौन क्रियामा संलग्न हुनुको रहस्य खोतल्ने प्रयास गरेको छ । एमी स्मिथका निर्देशक जेनी क्रेगद्वारा आठ सय महिलामा

गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत महिला आफ्ना पार्टनरले नराम्रो जिउडाल (फिगर) नदेखून् भनेर यौन सम्पर्कताका बत्ती निभाउन चाहन्छन् । त्यो सर्वेक्षण प्रतिवेदन अनुसार त्यस्ता महिलामध्ये अधिकांश मोटा हुन्छन् ।

सर्वेक्षणमा ७३ प्रतिशत महिलाले के स्विकारे भने बढी तौल भएकाले उनीहरूले यौनको पूर्ण आनन्द लिन सकिरहेका छैनन् । ६९ प्रतिशत महिलाका अनुसार तौल बढेपछि उनीहरूमा यौनेच्छा धेरै कम भयो । त्यसैले सहवासका बेला बत्ती निभाइदिने गरेको तिनले उल्लेख गरे ।

त्यस्ता महिलालाई सर्वेक्षणले यौनजीवन राम्रो र सक्रिय राख्न नियमित रूपले व्यायाम गर्न, बढी पोषक आहार लिन र रगतमा चिनीको मात्रा नियन्त्रित राख्न सुझाव दिइएको छ ।

सन्तुष्टि १३ मिनेटमा

अमेरिकी र क्यानाडेली यौन विशेषज्ञहरूद्वारा गरिएको नयाँ सर्वेक्षण अनुसार 'श्रेष्ठतम यौन क्रिया' केही मिनेटको मात्र हुन्छ । 'जर्नल अफ सेक्सुअल मेडिसिन' को अगामी अंकमा प्रकाशित हुने सर्वेक्षणमा स्पष्ट रूपले के भनिएको छ भने लामो यौन क्रियाको दाबी गर्नेमध्ये अधिकांशले झूटो दाबी गरिरहेका हुन्छन् । पेन्न स्टेट विश्वविद्यालयका अनुसन्धाता एरिक कोर्टी र जिने गार्डियानीले 'सोसाइटी फर सेक्स थेरापी एन्ड रिसर्च' का सदस्यको समूहसँग कुराकानी गरेपछि यो नतिजा सार्वजनिक गरेका हुन् ।

समूहका सदस्यमा थुप्रै मनोविश्लेषक, चिकित्सक, समाजसेवी, विवाह एवं परिवार सल्लाहकार र नर्स छन्, जो दशकौंको अनुभव आधारमा यस्तो ठम्याइमा पुगेका हुन् ।

ती अनुसन्धाताका अनुसार सन्तोषप्रद यौन क्रिया ३ देखि १३ मिनेटबीच हुन्छ । समूहका ६८ प्रतिशत सदस्यले यौन क्रियाको सुरुवातदेखि अन्त्यसम्मको भिन्न समयावधि निर्धारित गरेका थिए । उनीहरूले सात मिनेटको अवधिलाई पर्याप्त, १३ मिनेटलाई सन्तोषप्रद, एकदेखि दुई मिनेटलाई निकै कम र १० देखि ३० मिनेटलाई 'बोरिङ' भने । आधुनिक समाजमा यौन क्रियाको समयबारे अनेक भ्रान्ति व्याप्त रहेको ती अनुसन्धाताले उल्लेख गरेका छन् । अनेक युवकयुवती लामो यौन क्रियाको 'फ्यान्टासी' रच्न थाल्छन् ।

Read Full Discussion Thread for this article