Posted by: hari_bahadur March 12, 2010
Nepalese Army: A rapist Gang
Login in to Rate this Post:     2       ?         Liked by

Who is worse, Maobadi or Nepal Army, this is not the important issue here. The issue is poor, innocent women are raped and killed including a 12 year old kid, by those who are responsible for protecting their lives. Come on, most of you must be living in developed world, you must know how sensible matter it is. It is so pathetic to see that some people are more interested in criticizing mysansar or maoist than raise up voice for justice.


From http://www.ekantipur.com/np/2066/11/29/full-news/308310/



बलात्कारपछि हत्या: पीडित




  • सेनाद्वारा अस्वीकार



मोती पौडेल





आफन्तको हत्याले शोकाकुल परिवार । तस्विरः मोती

सुर्खेत, फाल्गुन २९ - बाबुले काटेको काउलोको बोक्रा लिन बाँसपानी गएकी १२ वर्षीय चन्द्रकला विक घर फिरिनन् ।


छोरी चन्द्रकला मात्र होइन, काउलो बिक्री गरेर केही दिनको छाक टार्ने आशामा उनीसँगै गएकी आमा देवीसरा र कान्छी आमा अमृता पनि फर्किएनन् ।


पेट पाल्नैका लागि बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा काउलो काट्न गएका एकै परिवारका तीन महिलाको 'हत्या' को खबरले अहिले पूरै गाउँ शोकमा छ । निहत्थाको 'हत्या' भएको भन्दै उनीहरू आक्रोशित छन् ।


गाउँलेहरूले उनीहरूलाई सेनाले बलात्कारपछि हत्या गरेको आरोप लगाएका छन् । सँगै काउलो काट्न गएका दुर्गाबहादुर विकले उनीहरूलाई बलात्कार गरेर पक्राउ गरिएको दुई घन्टापछि मात्र हत्या गरेको बताए ।


बाँसपानीमा गस्तीको सेनाले पक्राउ गरेका कृष्ण विक उनका दाजु हुन् । त्यहाँ उनीलगायत ८ जना थिए । 'बुधबार राति ९ बजेको थियो, हामी सुत्न लागेका थियौं, त्यसैबेला पहिला सेनाले मुढा फाले अनि नजिकैबाट गोली चलाउन थाले, हामी भाग्यौं,' दुर्गाबहादुरले घटना विवरण सुनाए । उनीहरू काउलो काट्नैका लागि तीन दिनदेखि त्यहाँ बास बसेका थिए । 'दुई घन्टापछिसम्म ऐया भन्ने आवाज आएको थियो, म त्यहाँ जान सकिन र दाजु पनि छोरी रोएको सुनेर गएका थिए, उनलाई पक्राउ गरियो,' सेनाले गोली हानेको नजिकैबाट हेरिरहेको बताउने दुर्गाबहादुरले भने, 'सेनाले पाँच राउन्ड गोली चलाउँदासमेत कोही मरेको थिएन ।'


घटनाका अर्का प्रत्यक्षदर्शी बलदेव गिरीले पुरुषलाई भगाएर महिलालाई बलात्कार गरेको बताए । शारीरिक रूपमा अशक्त उनले भने, 'म जस्तो अपाङ बचेर आउने, महिलाहरू मारिने यस्तो पनि भिडन्त हुन्छ ।'


आफूहरूबाट बन्दुक बरामद भएको भन्ने कुरा गल्ती लुकाउने प्रचार मात्रै भएको उनले बताए । 'म जस्तो अपांगले बन्दुक चलाउने कुरै भएन, हामी तीन दिनदेखि काउलो काट्न गएका थियौं, कुनै चोरी सिकार गर्न होइन ।'


आफूहरू निकुञ्जभित्र जानु भूल भएको उल्लेख गर्दै उनले बिलौना गरे, 'काउलोको बोक्रा काटेर पेट पाल्नु नै हाम्रो गल्ती भयो ।' खानेपानी नजिकै पाउने भएकाले बाँसपानीमा बास बस्ने गरेको उनले सुनाए ।


निकुञ्जको गस्तीमा आएको सेनाले महिलालाई गोली हानी हत्या गरेको यो पहिलो घटना भएको स्थानीय जयराज गिरीले बताए । उनले पनि सेनाले भने जस्तो प्रतिकारमा नभई बलात्कारपछि हत्या गरेको दाबी गरे ।


काउलो काट्न सँगै गएका भूमिसार गिरी, भक्त गिरी, बलदेव र दुर्गबहादुरले सेनाले गोली चलाएपछि आफूहरू भागेर आएको बताए ।


'पुरुषलाई पक्राउ गर्ने महिलालाई मार्ने घटनाले नै बलात्कारपछि हत्या गरेको भन्ने पुष्टि भएको' मृतकका छिमेकी चन्द्रबहादुर विकको दाबी छ । 'घरमा एक छाक खाने अन्न छैन, रूखको बोक्रा काटेर पेट पाल्न गएका थिए,' मृतक देवीसराको घर देखाउँदै उनले प्रश्न गरे, 'के यो घर हतियार राख्ने जस्तो देखिन्छ ?'


बाँसपानीमा बुधबार राति गस्तीको सेनाले गोली चलाएको थियो । गोली लागी सुर्खेत हरिहरपुर २ कप्सेराका तीन जनाको मृत्यु भएको हो ।


यसअघि सेनाले निकुञ्जभित्र चोरी सिकार गर्न जानेलाई पनि पक्राउ गरी मुद्दा चलाउने गरेको थियो । त्यसैले यो पटक तीन जना महिलालाई पक्राउ गर्न सक्ने अवस्थामा पनि हत्या गरेको स्थानीय बासिन्दाको गुनासो छ ।


'पहिला त आरक्षमा जानेलाई समातिन्थ्यो, तर अहिले हत्या गरियो,' स्थानीय तुला भारतीले भने ।


मृतक दलित परिवारको घरमा अहिले ४ वर्षे छोरा धन, १० वर्षे हर्क, ६ वषर्ीया छोरी डिलसरा र छोराबुहारी देवीसरा रुँदै बसेका छन् । घरमा साँझ खाने अन्नसमेत छैन । दुई दिनदेखि बाँधिएका गाई-बाख्राको स्याहार सुसार परै जाओस् ।


निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले 'भ्यालीमा गोलीको आवाज सुनेपछि गस्तीमा खटिएका निकुञ्ज, निजी क्षेत्रबाट खटिएका युवा र सैनिकको टोली बाँसपानी पुग्दा एक्कासि फायर भएपछि गोली चलाएको' बताए ।


उनले ४/५ जना चोरी सिकारी भाग्न सफल भएको दाबी गरे । विकट भएकाले गस्ती टोलीसँग सम्पर्क हुन नसक्दा कति राउन्ड गोली चल्यो भन्ने यकिन नभएको उनले बताए ।


घटनास्थलमा अस्थायी टहरा, बन्दोबस्तीका सामान, तीन थान भरुवा बन्दुक, गोली ४ थान र बारुद फेला परेको दाबी निकुञ्जले गरेको छ । पक्राउ परेका कृष्णकी श्रीमती, बुहारी र छोरीको मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । सहायक संरक्षण अधिकृत भण्डरीले उनीहरू दोहोरो फायरिङमा मारिएको हुन सक्ने बताए ।



कमल पन्थी (बर्दियामा)


 

Read Full Discussion Thread for this article