Posted by: syanjali March 9, 2010
मोटर गुड्यो सोलुमा
Login in to Rate this Post:     0       ?        
कहाँ गुडेन मोटर त्यो सोध्नु पर्ने भएको छ ? तर गूड्ने मोटर् कस्ता छन ?

तुमिङ्टार बाट अक्करको बाटो हेर्दै जानु पर्‍यो भनी जिप मा चढियो, छोटो अनी Adventure सम्झी चढियो । १ माईल गुडेको थिएन , फ्यान बेल्ट टुट्यो , फेर्न त फेर्यो तर धेरै कसेकोले अलिकती अगाडि जाना साथ तुत्यो , आर्को चोटि पनि तेही गर्‍यो, जेन तेन् गरी केही माईल गुडेको थियो , कथा तेही दोहोरियो। '
अबत बेल्ट पनि नभए पछी डोरिले कस्न थाल्यो , starter काम नगर्ने भएकोले जती पल्ट बिग्रियो तेतिनै पल्ट धकेल्ने मा पारीयो । आर्कोले बेल्ट दियो अनी ग्रीज पनि हालिदिए पछी गाडी राम्रै सँग गूड्यो । हिले चड्ने उकालोमा ११ बर्से खलासी लाई पानी थप्न लागायो। बिचरा ड्राइभर हुने भविस्यको कल्पना गरी खलासी हुन आएको तेस्लाई के थाहा कती कसेर बिर्को बन्द गर्नु पर्छ भनी।
पानी भरेर १०० -२०० फिट पुग्न नपाउदै ड्यङ्-दुङ्को आवाज आयो , मोटर रोकी हेर्दा त Radiator  फ्यान पनि चैट अनी Radiator पनि व्हाको- फ्याङ भएछ । ४ घण्टा पर्खाइ पछी रातिको नौ बजे हिले पुगियो, रहल पहल भात र ठुस ठुस्ती गन्हाउने ओछ्यानमा सुतियो। अर्को गाडी को पनि तेही हाल थियो , flat tire, tire भने पुरै चिन्डे  (Bald) थियो , तर पनि गुडाउदै थिए ।

खुशी एही कुरामा छ , भित्तामा लिप्सेर हिंडेको अक्करको बाटो मा मोटर चढि हिडन पाउनु। त्यो फन फन्ति घुम्ने पानीको ठाउमा माटोले पुरिएछ।

अब सोध्नु पर्ने कुरा चाँही कहाँ पुगेन मोटर ?


Read Full Discussion Thread for this article