Posted by: lopchanlama March 3, 2010
great job by alabama nepali students
Login in to Rate this Post:     0       ?        

नमस्कार,
स्वदेश तथा बिदेशमा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपालीहरुमा म यो लोप्चन सलाम सिंह लामाको  कोटि-कोटी प्रणाम। प्रत्येक बर्ष   University Of South Alabama  ले  International Spring Festival को आयोजना गर्दै आएको छ जसमा  नेपालका साथै  India , Pakistan, Veitnam, Japan , South Africa लगायत अन्य देशहरुले पनि सहभागीता जनाउदै आएको छ। Alabama को Mobile शहरमा पर्ने  University of South Alabama मा जम्म-जम्मी १३० जनाको हाराहारीमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । आफ्नो पढाई, कामको ब्यस्तताको  बाबजुद  आफ्नो  अमुल्य समय खर्चेर हाम्रो देशको सन्क्रिती(culture) जल्काउने Dance, Fashion Show अनी Exhibition बितेको केही बर्ष देखी प्रस्तुत गर्दै आएको छ र साथै सहभागी देशहरु मध्ये सर्बोउत्क्रिट पनि हुँदै आएको छ।



गत बर्ष Fashion Show Choreograph गर्ने जिम्मेवारि मेरो काधँमा आई पर्‍यो। Ropai को theme बनाई बिभिन्न जन-जातिलाई झल्काउने भेष-भुषालाई मध्य-नजर राखेर जानि-नजानी  Fashion Show Choreograph गरे र सफलताको स्वाद पनि लिन पाएयो। म Fashion सम्बन्धी अनभिज्ञ छु, न त मैले कहिल्यै  Fashion Ramp मा हिंडेको छु, न त नजिकबाट नियाल्ले अबसर नै पाएको छु। तर पनि देश सम्झेर  मिहेनत गरे पहिलो पल्टको प्रयासमा म सफल भएँ।  


मित्र साथीहरु, यो बर्ष पनि Fashion Show Choreograph गर्नु पर्ने जिम्मेवारी मैले नै बहन गर्नु पर्ने भयो। म अनभिज्ञ छु, अब कसरी अगाडि बड्ने । अबको १ महिना पछी University of South Alabama  ले आयोजना गर्ने International Spring Festival मा सहभागीता जनाउनु पर्ने छ। 
तेसैले मित्र साथीहरु, म तपाईंहरुबाट अमुल्य सल्लाह र सुझावको अपेक्छ  गर्दछु।
                   धन्यवाद।



लोप्चन सलाम सिंह लामा

Read Full Discussion Thread for this article