Posted by: Rodiohead March 3, 2010
नेपालमा निडर भएर चन्दा, हतियार, हत्या गर्ने प्रब्रिती प्रचन्डले थालनी गरेको हैन र?
Login in to Rate this Post:     0       ?        

This is what I am talking about!


अहिलेको हिंशा माओवादी युद्धको प्रतिविम्ब


माओवादीले संवैधानिक बाटो हुँदाहुँदै पनि हतियार उठाएको कारण अहिले थुप्रै समूहले हतियार चलाइरहेको


विनोदबाबु रिजाल चितवन, १९ फागुन


एमाले नेता केपी शर्मा ओलीले मुलुकमा अहिले बढिरहेको हत्या हिंसाको श्रृंखला माओवादी युद्धको प्रतिबिम्ब भएको बताएका छन् । चितवनको भरतपुरमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा उनले माओवादीले संवैधानिक बाटो हुँदाहुँदै पनि हतियार उठाएको कारण अहिले थुप्रै समूहले हतियार चलाइरहेको बताए । "माओवादीले संवैधानिक बाटो छोडेर २०५२ सालमा हतियार उठायो त्यसबाट नै हिंशा फैलिएको हो", उनले भने-"जुन अहिले नियन्त्रण बाहिर गएको छ ।" तर, सरकार शान्ति सुरक्षाको मामलामा गम्भीर रहेको उनको दावी छ । विस्तारै शान्ति सुरक्षा सुध्रिदै गएको उनले बताए ।
अर्को प्रसंगमा उनले माओवादी लडाकुहरुको समायोजन संविधान निर्माण अघि नै टुंग्याइनुपर्ने बताए । "लडाकु र हतियार सहित संविधान बन्न सक्दैन, त्यसैले यसको ठेगान लगाएपछि मात्र नयाँ संविधान बन्ने हो", उनले भने । माओवादीले एकातर्फजनयुद्ध र अर्कातर्फशान्ति प्रक्रियाको कुरा गरिरहेको भन्दै उनले पार्टी स्पष्ट लाइन के हो सो स्पष्ट पार्न अनुरोध गरे । उनले शान्ति र जनयुद्ध एकैपटक जान नसक्ने भन्दै दुइवटा कुरो नगर्नं माओवादीलाई चेतावनी पनि दिए ।
माओवादीले सरकारको नेतृत्वको कुरा गरिरहेको छ नि भन्ने जिज्ञाशामा उनले भने-"बहुमत पुर्‍याए विना र्सत दिन्छौं ।" तर, त्यसका लागि माओवादीको नीति, दृष्टिकोण र व्यवहार मुख्य आधार हुने उनले बताए । माओवादीसँग सहकार्य गर्नका लागि ओलीले तीनवटा सर्त अघि सारेका छन् । माओवादीले सरकारको नेतृत्व गर्नका लागि हिंशाको राजनीति त्यागेर शान्तिपुर्ण नीति लिनुपर्ने, व्रिरोध र बलजफ्ती गरेर सरकार आफै्लाई चाहिन्छ भन्ने अडान छाड्नुपर्ने र सशस्त्र व्यक्तिहरुको झुण्ड नभई निशस्त्र नागरिकको पार्टी बन्नुपर्ने तीन र्सत उनले सो क्रममा र्सार्वजनिक गरे । उनले माओवादी यही सरकारमा आउन चाहे हरदम स्वागत गर्न आफूहरु तयार रहेको बताए ।

Read Full Discussion Thread for this article