Posted by: निशान्त March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

 बुढाको फोटोको चर्चा, अपडेट-


बाटुलो अनुहारमा रहेको सफा चश्मा र चश्मा भित्रका दयनिय आँखा र अरु कुराहरु हेर्दा यो थाहा हुन्छ कि बुडालाई रंग चश्मा खोलेको मौकामा पोतिएको थियो। बुडाको थकित आँखा वरपर समेत रंग लागेको देखिन्छ परन्तु चश्मा भने सफा देखिन्छ। बुडाको ओठ प्रदेश भने रंगरोगन बाट टाढा देखिन्छ जसले गर्दा उनको ओठ स्पष्ट देखिन्छ र ओठ भन्दा पनि ओठबाट निस्कन खोजेको तर नसकेको चिच्याहट दबिएको पनि महशुस गर्न सकिन्छ। अलिकता बटारिएको अनुहारमा बायाँ तर्फको कान मुनिको मांसपेषि हेर्दा बुडाले पटक पटक जिम जाने र ज्यान घटाऊने कुरा गर्दै आएको पूर्णतया झुटो भएको पनि साबित हुन्छ। करिब एक धार्निको हाराहारिमा रहेको उक्त मांशपेसि बुडाले लुकाऊने अथक प्रयास गर्दा पनि बटारिएर देखिन पुगेको छ। रंग छनौट गर्दा पनि कसैले हेर्दा थुतुनो जीवन्त देखियोस भन्नाका लागि बुडाले केवल प्राइमरि रंग (रातो, निलो र हरियो) मात्र प्रयोग गरेको देखिन्छ तर रंगको सहि अनुपात नमिल्दा, बुडाको दायाँ खन्ड खडेरि परेको आकाश जस्तो, बायाँ खन्ड खोलामा जमेको लेऊ जस्तो र च्यापु प्रदेश कुनै दैत्यको मुख जस्तो रंगहरुमा रंगिएको छ। अब जाउँ बुडाको नाक तिर; नियालेर हेर्ने हो बने बुढाको दुईवटा नाकको प्वालहरु अत्यन्तै गजब को देखिएको छ। बिहान उठे देखि बेलुका नसुते सम्म काम नभएको बेलामा बुडाले गर्ने च्याट, साउटबक्सको सयर र मुख छोडाईको प्रमाण कुनै स्माईलि जस्तै देखिने नाकका दुई प्वालले वर्णन गर्दछ।

Read Full Discussion Thread for this article