Posted by: Birkhe_Maila March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

लोल! लोल गर्न पर्ने सबै ठाउँमा इन्क्लुडिङ पुन्टे बुडाको ऐतिहासिक फोटो!


आज बिहानै देखुन सानदाईले साझा होमपेज खेलिरहनु भा रेछ कहिले के कहिले के गर्दै हुनुहुन्छ!


अब जाउँ पुन्टे बुढाको फोटोको चर्चातिर-


माथि खुसी नानी द्वारा प्रस्तुत गरिएको डरलाग्दो आच्या हाँसोउठ्दो आच्या रिसउठ्दो फोटो हो श्री पुन्टेन्द्र प्यारा परियारको। हजूर आफ्नो सम्पूर्ण लाईफ नै ब्लाक एन्ड ह्वाइट होला भन्ने डरले होलिको मौका पारेर कुल जम्मा २५ ग्राम रंग पुन्टे बुडाले आफ्नो घाँटि प्रदेशबाट माथितिर पोखेर जिन्दगीलाई रंगिन बनाऊन प्रयास गरेका छन्। उनको बाटुलो अनुहारमा जम्मा भएको रंग करिव १० ग्राम छ भने बाँकि पन्ध्र ग्राम रंग उनको तालुमा कतै हराऊन पुगेको छ। उनको मुखाकृती भावबिहिन छ, अर्थात न त त्यहाँ कुनै रौनक छ न त कुनै रोमांच नै! बुडाको अनुहारको भावले बताइरहेको छ कि रंग लगाउन बुडालाई कुनै ईच्छा थिएन। जबरजस्ति रंगिन बनाऊन खोजिएको बुडाको थुतुनो रंग भएर पनि रंगहिन देखिन पुगेको छ!

Read Full Discussion Thread for this article