Posted by: BKMailo February 28, 2010
BHOJPUR
Login in to Rate this Post:     0       ?        

नयाँ
पत्रिका



राजनीतिमा
सक्रिय नेताहरूको दिनचर्या सभा-सम्मेलन, मिटिङ, भाषण, आन्दोलनआदि मात्र
होइन, उनीहरूको व्यक्तिगत जीवन पनि हुन्छ, जहाँ जहान-परिवार र घरायसी
व्यवहारका 'झमेला' ले पछ्याउने गर्छन् । यद्यपि, कतिपय नेताहरूले
जीवनको यस पाटोलाई उपेक्षा गर्दै अविवाहित जीवन बिताइरहेका छन् 

जयन्ती
राई


कयौँको
जोडी बाँध्न मुख्य भूमिकासमेत खेलेकी एमाले केन्द्रीय सदस्य जयन्ती राई
आफैँ भने अविवाहित छिन् । विवाहप्रति मोह नै नभएर
जीवनभर अविवाहित बस्ने सोच बनाएकी हुन् उनले । एमाले
नेतृ राईकै पहलमा ६ जोडीले घरजम गरिसकेका छन् 


'मलाई
बिहे गर्ने इच्छा लागेन, तर अरूका लागि जोडी खोजिदिने काम गर्दै आएकी छु,'
उनले नयाँ पत्रिकासँग भनिन् । बालबच्चाको च्याँच्याँ र
म्याँम्याँ झेल्दै राजनीतिक र सामाजिक भूमिका निर्वाह गर्न अप्ठेरो
होलाजस्तो लागेर बिहे नगरेको उनको भनाइ छ । ४६
वर्षीया राईले भनिन्, 'मैले जीवनभर बिहे नगर्ने पक्का गरिसकेकी छु ।'



बिहे
नगरी बस्दा पनि उनलाई कुनै अप्ठेरो लागेको छैन । 'केको
अप्ठेरो हुनु नि ? आफ्नो काम आफैँ गरिहाल्छु, बाँकी समय राजनीतिक कामका
लागि दिएकी छु,' उनले भनिन् । भोजपुर जिल्ला विकास
समितिको पूर्वसभापतिसमेत रहेकी राई भोजपुर सदरमुकाममा भदिनीसँगै बस्छिन् 
भदिनी कलेज जाने भएकाले बिहानबेलुकाको खाना उनीहरू मिलेर पकाउँछन् 
एमाले नेतृ राई आफ्नो लुगा आफैँ धुन्छिन् 
सदरमुकाममा भदिनी तथा गाउँको घरमा बाबुआमा र दाजु-भाउजू उनका परिवार हुन् 
पतिका बारेमा त उनले जीवनमा कल्पना पनि गरेकी छैनन् रे 
'बिहे नै गर्दिनँ भन्ने निधो भएपछि कस्तो पति होला भनेर के कल्पना गर्नु
?' उनले भनिन् 

Source: http://www.nayapatrika.com/newsportal/permalink/11552.html

Read Full Discussion Thread for this article