Posted by: Geology Tiger February 27, 2010
Decaying Sajha
Login in to Rate this Post:     3       ?         Liked by

राजु१६१,


साझा प्रति तिम्रो चिन्ता र चासो प्रसंशनीय छ। जहाँसम्म साझामा वाहियात र अनावस्यक लेखहरुको मात्रा बढी हुन थाल्यो भन्ने तिम्रो भनाई छ त्योसँग म सहमत छु। तर म साझामा यस्ता लेखहरुको ओइरो लाग्ने प्रकृयालाई चाँही सामान्य नै ठान्छु। मलाई लाग्छ एक किसिमले साझाले हाम्रो समाजमा भएको वैचारिक विविधतालाई प्रतिनिधत्व गर्छ र यो तितो सत्य हो कि हाम्रो समाजमा राम्रो विचार भएका भन्दा नराम्रा विचार भएकाहरुकै संख्या बढी छ, उनीहरुकै बोलबाला छ। होइन भने नेपालमा सिद्दान्तबादी नेताहरु सतालोलुप नेताहरु भन्दा पछाडि पर्ने थिएनन् होला, इमान्दर र कर्मठ कर्मचारीहरु कामचोर कर्मचारी भन्दा पछाडि पर्ने थिएनन् होला, मिहेनती किसानहरु ठग ब्यापारी भन्दा पछाडि पर्ने थिएनन् होला। तर हामी पढेकालेखेका र जानेसुनेका भनाउँदा ब्यक्तिहरु, देशलाई माया गर्ने भनाउँदाहरु देश बिग्रिएकोमा चिन्ता त गर्न सक्छौ, तर यथार्थमा केही पनि गर्न सक्दैनौ। तर विचारको मन्थन गर्ने यो थलो साझामा भने स्थिती त्यस्तो छैन कारण यो हाम्रो देश जस्तो हल्लाको पछाडि दौडनेहरुको जमातबाट सन्चालित छैन। यो केवल एक ब्यक्ति(सान दाई)वाट  नियन्त्रित सन्जाल हो। हामी साझामा आफ्नो विचार पोख्न र अरुको विचारमा बहस गर्न रुचाउँछौ किनकी हामीलाई लाग्छ यो हामी सबैको लागि लाभदायाक छ। यहाँवाट हामी केही नयाँ कुरा सिक्छौ, केही आफुले सिकेको कुरा सारा समाजलाई बाढ्छौ र आजसम्म हामीले साझामा नै यो सबै गर्दै आउनुको पछाडिको कारण चाँही सान दाईबाट पटक पटक साझाको उद्देस्य र संचालक सिद्दान्तहरुको बारेमा दिइएको आश्वासननै हो। जबसम्म सान दाई साझालाई सिद्दान्त र बिचारको मन्थन गर्ने साझा थलोको रूपमा बिकसित गर्न चाहनुहुन्छ तबसम्म हामीहरु आफ्नो बिचारहरु यहाँ पोखी नै रहन्छौ। तर यदी साझामा जथाभावी सामाग्रीहरुको बाढी आउँदा पनि त्यसमाथी केही कारबाही हुँदैन भने चाँही हामीले साझालाई पछ्छाई रहनुपर्ने केही आवश्यकता रहँदैन। तर साझाप्रति अथवा साझा व्यवस्थापनप्रति कुनै पनि अन्तिम निर्णयमा पुग्नु भन्दा पहिले साझामा आइरहेको नराम्रा सामाग्रीहरुको बाढिको बिषयमा साझा व्यवस्थापनलाई सचेत बनाउनु, घच्घचाउनु हाम्रो कर्तब्य हो र मलाई लाग्छ तिम्रो यो थ्रेडले पनि गरिरहेको छ। साझामा वेलाबखत ओइरिने विकृत मानसिकताहरुलाई हामी सबैले नै मिलेर सफा गर्नु पर्छ। बिशेष गरी जातभातमा आधारित भेदभावलाई प्रश्रय दिने लेखहरु, कसैको ब्यक्तिगत चरित्रलाई हमला गर्ने लेखरु र अश्लील यौन वर्णनले भरिएका लेखहरुमा नियन्त्रण गर्ने कार्यमा भने सान दाईले पनि बिशेष चासो राख्नुपर्ने अवस्था देखिन्छ साझामा। आशा छ सान दाईले राजुको कुरा सुन्नुहुने छ। 
साझामा देखापर्ने अनुहारहरुहरुको बिषयमा भन्नु पर्दा समय अनुसार चेहरा बिस्तारै बदलिदै जानु एउटा नियमित प्रकृया नै होला। पुरानाहरु जान्छन् अनी नयाँ आउनेहरु अझ बढी प्रतिभशाली हुन्छन्। तर मेरो कुरा गर्नु पर्दा चाँही मैले साझालाई माया मारेको छैन।   

Last edited: 27-Feb-10 10:46 PM
Read Full Discussion Thread for this article