Posted by: Deep February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे ब्रो -- ब्रो पूर्ब तिरको हो क्यारे -- त्यसैले पूर्बेली कुरो सम्झे एउटा--तिहारमा हाउजी खेल्दा रे छन तेता--"हाउजी खेल्न जाने होईन? जुम जुम" भनें -- के हो हाउजी भन्या फेरी--नाम सुन्दै तर्साउने हो कि जस्तो -- खेलको बारेमा सोध्या--उनीहरुले बुझाए मैले बुझिन--साँझ परीसक्या थ्यो तै पनि मनग्गे न्यानो थ्यो--त्यसमाथि लामखुट्टे झुण्ड झुण्डमा ह्याङ्ग आउट गर्दै डस्ने गर्ने बेला भा रे छ--त्यसैले यत्तिकै डसीएर बस्नु सट्टा हाउजी खेल्दिम न त भनेर चल्देँ।


 रिक्सामा सरर गैयो--सुन्दरीहरु देखिईयो जता ततै--बाहिर आएर राम्रै गरीयो जस्तो लाग्यो-- -- जाँदै रमाईलो भो। वहाँ पुगेसी हाउजीमा हारीयो। लम्बर काटदैको हैरान, केई नी जितिएन। तर जति हारे नी -- छेवैमा अलि कस्सेकी ठीटीले दुई चार चोटी हेरी--अनि हाँसी पनि--यसैले असुल्यो मैले हार्या भनेर चित्त बुझाएँ। भरे त म उस्लाई हेर्ने सुराँ लम्बर काटन बिर्सिंदो रछु -- त्यो उस्लाई घत परेछ। तर म चै हार्या हारेई भो - पैसा हाउजीमा -- मन कस्सेकीमा --


ल अब बाटो लागियो आजलाई---बिनाबित्थामा जिन्दगीलाई एकदिन बुढो पारेर गयो यो दिन पनि।

Read Full Discussion Thread for this article