Posted by: Deep February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

जिम्माल,


एक दिन त्यो बीर अस्पताल अगाडी टोकरीमा हाल्या भाले किनेर महाभुत (महाबौद्ध)मा स्तुपको दखिन तिर के -- डडममा हालेर कुखुरा चोपथ्य्पो नी--हो त्याँ लगेर कुखुरालाई परमधाम एस्प्रेसको टिकस कटाईदिए पछी त्यो कुखुरो बोकेर घर हिनियो--जमलाँ पुगेर ट्याम्पु चढीयो -- ट्यारररर गर्दै पीरो ध्वाँ छोडेर बाटो लाग्या ट्याम्पु बाट तमासा हेर्दै गैयो--टङ्गाल् गणेशथानमा छ्याक सर्को तान्दै रे छ --मलाई देख्ना साथ ओर्ली ओर्ली भन्न थाल्यो --लौ त भनेर ट्याम्पु ड्राईभरको काँध यसो कन्याईदिएँ-- रोक्यो ट्याम्पु-- ओर्लें -- छ्याक र म अनि सुसेल्दै चुरोस तान्दै गफ ठोक्दै हिनियो-- गहनापोखरीमा पुगे पछी पो झल्याँस्स भएँ --पोको त ट्याम्पुमै परेछ।


माथी कुखुराको फोटो देखेर सम्झेको नी --


त्यसपछीको कथा त के भनाई भो र ---


अनि रामे ब्रो -- कथा त लेख्न पर्ने हो -- तर खै जेठको घाम जस्तो भो जिन्दगी-- बिरगन्जको छत जस्तो भो यो साझा--अनि त्यस्मा राख्या नौनी जस्ता भए तरुनीहरु --के गर्नु --

Read Full Discussion Thread for this article