Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

आफू त जुंगाको रेखि बसे देखुन नै कुनै षोडसिको लोला खान पाइन्छ कि भनेर सुकिलो लुगा लगा'र फउपुर्नेको दिन सडकमा हिँडिन्थ्यो र बेलुका सुकिलै घर फर्किइन्थ्यो। कसैले झुक्किएर पनि लोला हानेनन्। एक पटक एउटा लोला घुँडामा लागेर फुटो, यसो माथि हेरेको झलमल्ल बलेकि षोडसीले तल हेर्दै 'सरि' भनिन्। तरुनिले लोला हानिन् भनेर खुसि भैया थ्यो, पछि सरि भनेसि पल्लोपट्टि कौसीमा हेरेको त एउटा सलमान खान जस्तो रेछ, कौसी लभको लोला आदान प्रदानमा षोडसिको बल नपुगेर मेरो घुडामा बज्रिएको रेछ। हुन त त्यसको एक महिना जति सम्म पनि साथि-भाईलाई "यस्ति राम्री तरुनिको लोला खाईयो" भनेर भन्न छाडिएन, तर आफ्नो पिर आफैँसित थ्यो।

Read Full Discussion Thread for this article