फागु भने सि भागुं जस्तो आफु लाई । बिहान चिया खाए सि कोठामा चुकुल लागेर सुकुलमा बस्थेम। कोइ छुल्याहा आएर रङ दल्देला भनेर । रङ भने सि जिउ सिरङ हुन्छ आफ्नो। चिसो पानीमा १०८ चोटि साबुन दल्दा नि नजाने।
अनी सांझ परे सि घुम्न निस्कन्थेम, यसो खुल्ला हावा खाने बहनामा कौसी कौसी चियाउन । साँझ साढे पांच बजे हुंदो हो, महाबौद्धको प्रख्यात म: म: एक पिलेट भजाएर म र ज्ञान लाल आफ्नो बिरादरिको लरकिहरुको टोल हुंदै घर जान महाबौद्धबाट असन आउने साँघुरो गल्ली छिर्न के लाग्याथेम, मज्जाले नाटोको पिलेन ले अफ्गानिस्तानमा बम बर्षाए जस्तो लोलाको गोला बर्षिए। तर्सें। माथि तिर हेरेको त कौसिमा लरकिहरु अट्टाहास हाँसो हासी राख्या । केही भनेनौ, हामी पनि हास्दिएम ।
त्यस बेला देखी लाग्यो , ठुलदाई बडा ह्याण्सम रहेछ, नत्र त्यो गल्ली भेर जाने लाखौं मान्छेहरुलाई न हानी ठुलदाइ लाई किन हान्थे? त्यो पनि बिहे गरुं गरुं उमेरका स-बिरादरी लरकिहरु। मखुला ??