Posted by: Deep February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

फाउपुर्ने पनि हेर्दा हेर्दै आभा जस्तै  देखिन थाल्यो गाँठे अब त।


उ बेलाँ आभाको जगजगी थ्यो। दिउँसो घाम उस्को अगाडी मैनबत्ती जस्तो हुन्थ्यो, राती हुँदी त त्यस्तो देखिन्न थ्यो उस्लाई (हाम्ले गरेर त हुँदो हो नी --गुण्डाहरु पशपतीमा मकै जसरी छरीया छन टोलाँ रात बिरात निस्कीने होईन छोरी भन्थे रे हुन नसकेका ससुराले --भन्ने जानकारीमा आएको थ्यो--के गर्नु र --)--तर कुनै रात उस्लाई छ्यास्स देखिईहालियो भने नी आँखै तिरमिर हुन्थे। सपनामा पनि आएर आफ्ना रहरहरु दाईँ गरेर जान्थी। भाङ्गको त निहुँ मात्रै नशा त उस्कै हुन्थ्यो।


अचेल त आभा पनि लोडशेडिङ्ग जस्ती भै रे भन्ने खबर सुनिन्छ। दिक्क लाग्ने।


हुन त अरुलाई मात्रै के भन्नु ---आफ्नै गुलुप उड्ला जस्तो भै सक्यो।


नयाँ बजार भन्दा पनि अलि परै पुगेर एउटी रायमाझीलाई लोलार्पण गरेर आईया थ्यो कुनै दिन। हाँडीगाउबाट नया बजार नजिकै त छैन नी-- त्यस्तो डेडीकेशन थ्यो आफ्नो, बुझ्नेले नबुझे पछी के लाग्छ? भागाभाग गरेर आउनु पर्यो।


कुनै बेलाँ फाउपुर्ने--आहा! कस्तो थ्यो -- अचेल? थुक्क!!!


 


 


 

Read Full Discussion Thread for this article