Posted by: Rahuldai February 26, 2010
Decaying Sajha
Login in to Rate this Post:     2       ?         Liked by

असली हीरा पहाड खन्ने बित्तिकै भेटिने भए त्यती महंगो हुने थिएन र त्यती महत्वपूर्ण पनि।  अनेक अमुल्य हिराहरु थिए, छन र भेटिने छन । तर कुडाकर्कटहरु धेरै भेटिने छन त्यो भन्दा पहिले । यो प्राकृतिक नियम हो ।



साझाको ख्याती दिन प्रती दिन बढ्दै छ, कुनै शंका छैन । त्यसैले धेरै धागोहरु अर्थहिन र आपत्तिजनक हुनु अस्वाभाबिक छैन। थोरै तर आबश्यक सूचनामुलक धागोहरु पनि छन, धेरै लाई बहुमुल्य सहयोगि साबित भएका छन । अध्यागमन, अधययन, हावाइ टिकेट , कम्प्युटर समस्या बारे तुरन्तै समस्या हल गर्ने सुझाव शायद नै कतै भेटिन्छ होला।


नेपाली साहित्यका गुमनाम प्रतिभाहरु धेरै झुल्केका छन , अझै नयाँ प्रतिभाका रत्नहरु टल्किने छन । नेपाली साहित्यको अध्ययन गर्न थालेको झन्डै ३० बर्ष भयो। यसमाने मा साझाका स्तरिय लेखकहरुको स्तर औसत नेपाली साहित्यकारहरु भन्दा माथि नै भएको मेरो अनुमान छ ।


अझ नेपाली माटो को सुगन्ध, स्वस्थ र ग्रामीण कुराकानी गर्न साझा चौतारी १७८ अंक मा शान्दार चलिराख्या  छ । यसमानेमा साझा मरेको छैन र मर्ने छैन पनि ।

Read Full Discussion Thread for this article