Posted by: Birkhe_Maila February 26, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

लोल!


कुरो यस्तो हो पुरेकेटा। हाम्रो जमानामा पत्रिका भन्नु एउटा गोरखापत्र मात्रै थियो। त्यसैले पछि जति पत्रिका आउँछन्, जुन भाषामा आउँछन् त्यो सबैलाई गोरखापत्र भन्ने बानि लाग्यो। त्यस्तै, हाम्रो जमानामा मोटरसाइकल भनेको के जाति 'होन्डा'को देखिन्थ्यो कतै कतै, अनि त के थियो पछि जुन मोटरसाइकल आए नि "होन्डा आयो, होन्डा आयो" भनिन्थ्यो। हाम्रो जमानामा तो के जाति मोटरको इन्जिनमा हाल्ने तेल 'मोबिल' को थियो। अनि त के थियो, जुन बिरान्डको इन्जिन आयल हाले नि "मोबिल हालियो" भन्न थालियो हुँदा हुँदा बाटोमा मेसिनलाई चिप्लो बनाऊने जुन तेल पोखिए नि मोबिल पोखियो भनिन्थ्यो। हामि त मेरि बास्सै होलि मा पनि कालो रंगमा मोबिल आच्या इन्जिन आयल हालेर थुतुनोमा दलेर होलि खेल्थेम।


हैन गोठाले तो प्याँलो लड्डुमा भित्र भाङ भर्या रेछ भन्या, "मोतियाचुरको लडु हो हुजुर" भनेर मरो बजिया मदनवाले, आफूले नि मजाले गोडा एक दर्जन बजाएँ पछि त भित्र भाङ रेछ जतिभनेपनि, पछि घर ग'र माइलि बुडि जस्तो चाउरि बुडि  हेर्दा पनि खुसि नानी जस्ति तरुनि पो देखिन्छे त ए बा! बरु तो सेतो पेय पदार्थमा मरमसला र गाँजाले ड्रेसिङ गरेको जिनिस सिनित्त पार्न पाए चाइँ हुन्तो कि त?


 

Last edited: 26-Feb-10 10:53 AM
Read Full Discussion Thread for this article