Posted by: crazy_love February 24, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

भाग-६


हरेक आमा र बच्चाको जस्तो सम्बन्ध हुन्छ, त्यस्तै हाम्रो पनि भयो। कहिले मनमुटाब, कहिले सम्झौता, कहिले घुर्की, कहिले मेलमिलाप। तर यी सबै कुरा हुँदाहुँदै पनि जसरी माँले मलाइ बिशेष माया दिनु भयो, अरुहरुले सधैं इर्ष्या गरे। माँ बिहानै मलाइ "तातो चिया" भन्दै बेड टी ल्याइदिनु हुन्थ्यो, म चिया आएको धेरै बेरपछि ब्युँझन्थे। माँ फेरि अर्को चिया बनाइदिनुहुन्थ्यो, त्यतिखेर म ठुली भैसकेकी थिँए। दिदीहरु माँलाइ गाली गर्नु हुन्थ्यो मलाइ बिगार्नु भयो भनेर। आजकाल जब म कसैले आफ्नो हुर्किसकेको बच्चाको लागि चिया बनाएको देख्छु, माँ को याद आँउछ। तरकारी मिठो छैन भने म खाना खाँदिन थिँए, त्यसैले माँ हत्त न पत्त मेरो लागि अर्को तरकारी पकाइदिनु हुन्थ्यो। आज त्यो दिनहरुको सम्झना आँउछ, मलाइ फेरि एकचोटि त्यो समय फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर बिगत जति सुन्दर होस्, बर्तमान हुन सक्दैन। हामीलाइ नपाउने चिजको लोभ लागि रहन्छ।
 


मा र मेरो सम्बन्ध सामान्य हुँदै केहि बर्ष अघि असामान्य हुन पुग्यो। कारण ठुलो पनि हैन तर सानो पनि भन्न मिल्दैन। त्यो कुरालाइ म यहाँ खोतल्न चाहन्न। माँको मायामा अरु कसैले धेरै अधिकरण गर्न थाल्यो, जसले यो सबै गर्‍यो, उ माँको सन्तानमध्येको सबै भन्दा बिशेष हुन गयो। स्वाभाबैले हरेक आमा आफ्नो निर्बल सन्तानलाइ अलि धेरै संरक्षण गर्छन्। माँको बिचार र निर्णय शक्तिलाइ शायद त्यही प्राणीले परिबर्तन गर्न थाल्यो। घरेलु कुराहरुमा बिबाद हुन थाल्यो। शक्ति संघर्ष शुरु भयो। हामी बाबा र माँ को पक्षमा उभिन थाँल्यौ। अन्तत: माँ र मेरो अहंको द्वन्द यति नराम्रो भयो कि मेरो माँ सङ केहि बर्ष अघि बोलचाल बन्द भयो। पहिला मैले शुरु गरेको त्यो लडाँइमा मेरो जीत भयो। म बेला बेलामा उसको बारेमा अरुबाट कुरा सुन्थे। उ मेरो बारेमा कसैसङ केहि भन्दैनथ्यो, न त केहि सोध्थ्यो। शायद अब उ मलाइ मन पराँउदैन, अथवा माया गर्दैन मलाइ यस्तै लाग्थ्यो।


म सपनामा बिस्वाश गर्ने मान्छे हैन, तर पनि कुनै कुनै सपनाले मलाइ बारम्बार पछ्याँउछ। बिगत केहि महिना म जहिले नेपाल पुगेको सपना देख्थेँ। सपनामा माँ मलाइ बोलाउनु हुन्थ्यो, म उसङ  कुरा गर्थेँ। ब्युझेपछि फेरि नराम्रो लाग्थ्यो। माँसङ त मेरो बोल्चाल नै नभएको धेरै भैसकेको थ्यो। कहिलेकहि म पर्सबाट माको फोटो झिक्थे र सोधि रहन्थे। "माँ तिमी पहिला त्यस्तो थिएनौ, अहिले किन परिबर्तन भयौ?" म घमन्डमा यति चुर थिएकी माँ हैन समयले मलाइ परिबर्तन गरेको छ भन्ने कुरा बिर्सिन्थे। मेरो भित्रि मनमा जहिले पनि केहि हराएको जस्तो महशुस हुन्थ्यो। शायद यो मेरो माँको माया थियो वा मैले देख्न नसकेको मेरो माँ को प्रतिबिम्ब थियो। जब कोही आफ्नो आमाको मायाको कुरा गर्थ्यो म तड्पिन्थे, मलाइ माँको स्पर्श मिस हुन्थ्यो। कहिले कहि म "फेसियल" को लागि पार्लर जान्थे, जब त्यहाकी केटी मेरो अनुहार बिस्तारै धुन थाल्थी, मलाइ माँ को याद आँउथ्यो र म रुन्थे। उ सङ नबोले पनि म खुशी थिँन, शायद उ पनि मलाइ मिस गर्थ्यो। त्यसैले मैले उसलाइ सपनमा लागातार देख्न थालेको थिए।


मेरो मनलाइ यस्तै पीडाले चिमोटि रहन्थ्यो, मलाइ केहि कुरामा रमाइलो लाग्थेन। मन उदास हुन्थ्यो, पानी परोस् वा घाम लागोस्। म यो बेलामा मीलीलाइ भेट्न चाहन्छु। उसले मलाइ कहिल्यै पनि निराश गर्दिन। उ सुनिरहन्थी, मेरो दुखहरु, मौन संबाद हुन्थ्यो हामीबिच। धेरै कुरा आँखामा झल्किन्थे, त्यही पग्लिन्थे र परेलीको बार हुँदै बग्थेँ। उ केहि भन्दिनथी, न त म केहि बोल्थेँ। हामी यसरी मनलाइ माझ्ने काम गर्थ्यौँ। उसको हातको त्यो देखिने दाग अनि मेरो मनको नदेखिने घाउ दुबै दुख्थे। तर हामीसङ त्यो दुखाइलाइ ब्यक्त गर्ने शब्द हुँदैनथे। दुखाइ मापन गर्ने यन्त्र कतै भए शायाद मेरो मन धेरै दुख्थ्यो, तर पनि मीली "हैन" भन्न सक्दैनथी शायद। उ मलाइ जित्न दिन्छे, उ आफुलाइ हराउन सक्छे।


"मेरो कोठा कता छ?" मिस जोन्स मेरो अगाडी उभिएकी थी, मलाइ बर्तमानमा फर्काउदैँ थी। उनको अनुहारमा मेरो माँ को जति मुजाहरु छैनन्, हेर्दाखेरि शारिरिक रुपमा बलियै देखिन्छिन्। तर पनि उ आफ्नो कोठा बिर्सिरहन्छे। डिनर शुरु भैसकेको रहेछ, मिस जोन्स त्यति खान सक्दिनन्। अब उसलाइ कोठासम्म पुर्‍याउने मान्छे खोज्नु पर्छ। म कोहि देख्दिन, र उनलाइ सजिलो तरिकाले बताइदिन्छु।


"यहाँबाट सिधा जानुस र दाहिने मोड्नुस्, दाहिने मोड्नासाथै पहिलो ढोका तपाइको कोठा हो।"। मिस जोन्स "धन्यबाद" भन्दै "वाकर" लिएर जान्छिन्।


म अहिले काममा छु, मेरो जिबिकोपार्जनको माध्यम यही हो। त्यसैले मैले मेरो भावनाको पखेटाहरुलाइ उड्न रोक्दै जिम्मेबारी बहन गर्न सक्नु पर्छ। म डाइनिङ् रुमको निरीक्षण गर्दै छु। पाँचवटा टेबलमा आफ्नो आफ्नो ठाँउमा सबै जना बसेर खाँदै छ। उनिहरुलाइ चाहिएको कुरा थप्ने नियम छैन। तर पानी, चिया र कफी भने पाइन्छ। खाना मिठो छैन भन्नेहरु धेरै छन्, २५% खाने मात्रै पनि छन्, ५०% खाने पनि र १००% खाने अलि कम छन्। यसरी हेर्दाहेर्दै मेरो आँखा तेस्रो टेबुलको दोस्रो खालि कुर्सीमा पर्न जान्छ। त्यो मिस्टर बर्माको कुर्सी हो। तर उहाँ अब कहिल्यै पनि त्यहाँ बसेर खाना खान आउनु हुन्न। उहाँ दुइ दिन अगाडी मात्रै संसारबाट बिदा हुनु भएको छ। एक चोटि मेरो आँखा फेरि धमिलिन खोज्छ। सरल स्वभाबको कहिल्यै गुनासो नगर्ने मिस्टर बर्मा बितेको क्षण म कहिल्यै बिर्सङ सक्दिन। पहेंलो टिसर्ट र सेतो पाइजामा लगाएको मिस्टर बर्मालाइ मैले त्यो दिन धेरै बेरसम्म बोलाइरहेको थिँए।


"मिस्टर बर्मा, उठ्नुस्।" उनि खाट र व्हीलचेयरको बिचमा ढलेका थिए। यसो हेर्दा सुतेको जस्तो देखिन्थ्यो, उनको मुखबाट चक्लेट रङको पदार्थ निस्किएर सुकिसकेका थियो। म उनलाइ हरेक प्रयासमा ब्युँझाउन खोजिरहेको थिए, उनको शरीरलाइ झकझकाइरहेकी थिँए। "मिस्टर बर्मा, मिस्टर बर्मा।" उनि उठेनन्।


"उ मरिसकेको छ।" अर्की साथी आएर मलाइ भनी।


"यो कसरी हुन सक्छ? अघि भर्खर मैले उसलाइ दुइ गिलास पानी दिएकी, उसले बिस्तारै
पिउँछु भनेको थियो।" म साथीको कुरा सुन्न तयार छैन। मैले मिस्टर बर्माको नाकमा हेरेँ, उनले साँच्चिकै स्वाश फेरिरहेका थिएनन्। मैले उनको छातीमा दुबै हातले थिचेर मुटु चलाउन मात्र के खोजीकी थिए, टिना आएर मलाइ रोकी।


"उसले मरिसकेपछि बचाँउने उपाय नगर्नु भन्ने कागज साइन गरेको छ। तिमी CPR दिन सक्दैनौ।" टिनालाइ देखेर म छक्क परेँ।


उसले मलाइ उठाइ, अरु स्टाफहरु आए र मिस्टर बर्मालाइ खाटमा राखे।


"म एउटा कामको लागि एकछिन आएकी, यहाँ यस्तो भैसकेछ।" टिनाले बताइ।


म टाउको हल्लाउदैँ थिँए, मिस्टर बर्मा मरिसक्यो भन्ने कुरा मलाइ अझै बिस्वास लागिरहेको थिएन।


"अब तिमीले मिस्टर बर्मालाइ आज के के गर्‍यौ र उनी कति बजे मरे, मर्दा उनि कुन पोजिसनमा कस्तो देखिन्थे, सबै लेख्न शुरु गर।" टिनाले मलाइ अर्हाइ।


मैले लेख्न थाँले, लेख्दा लेख्दै मेरा आँखा फेरि उनलाइ सम्झेर सजल हुन थाले। बिचमा म बाथरुम गएर रोँए। टिनाले बुझी क्यारे एकछिन रेस्ट गरेँ।


"संसार यस्तै हो, उमेर पुगेपछि, समय भएपछि सबै मर्छन्।" अब झन् मलाइ मिस्टर बर्मा फर्केर नआउने पक्का भयो, म झन डाँको छोडेर रोएँ। मिस्टर बर्मा न मेरो आफन्त न मेरो साथी, तर पनि उनलाइ सम्झँदा मेरो मुटु चिस्सिन्छ र आँखा भरिन थाल्छ।


"यति संबेदनशिल मान्छे कसरी काम गर्छौ?" टिनाले मलाइ त्यो दिन सोधेकी थिइ।

यो संबेदनशिलता अरु सबैको दुखमा चस्किदिन्छ, तर आफ्नै मा सङको सबन्धमा किन उदार हुन सक्दैन भनेर म सोचिरहेकी थिँए।

क्रमश:

Last edited: 24-Feb-10 02:42 AM
Read Full Discussion Thread for this article