Posted by: Deep February 23, 2010
Login in to Rate this Post:
0
?
*******
डबलीमा एक चोटी के भो भने ज्वाईँ र जेठानको पर्यो ड्याङ्डुङग। त्यति बेला वुई, पिलेईस्टेशन, यौस्बस केई नाई। मनोरन्जन सडकाँ आएर जे देखिन्छ, सुनिन्छ, गरीन्छ, भेटीन्छ त्यस्तैले गर्नु पर्थ्यो। अनि त्यो दिनको खुराक साँझ तिर डबलीमा भेटीयो।
ज्वाईँ चै ले अर्की ठीटीको पनि आगो ताप्न थालेको देखेर जेठान रन्केको रे छ। नेपथ्यमा सम्झाएर पार नलागेकोले होला, मन्चमै कार्यक्रम देखाउने सुरमा रेछ जेठान। हामी पुग्दा धुम्रपान मनाही छ, बिको बज्रदन्तीमा स्याउ टोक्ने, आदि सक्किएर कास्टीङ्ग पनि सकिसकेको रे छ। मेन फाईटको सिन चल्दै थ्यो।
जेठानले ज्वाईलाई जाँतो झै घुमाएर कडकिदै सम्बाद बोल्यो "तैले गर्न खोज्या के?"
ज्वाईँले नी सोच्यो होला अब यसै बेज्जत उसै बेज्जत अनि भन्यो "मैले गर्न खोज्या त गरी सकें। बरु तिम्ले गर्न खोज्या के?"
******
स्वस्ती गरें है।
Last edited: 23-Feb-10 09:43 AM