Posted by: Deep February 23, 2010
माया
Login in to Rate this Post:     1       ?         Liked by

प्रस्तुती सधै झै सुन्दर छ। फुच्चे प्रभो र सोमे प्रभोको साहित्यिक जोडी घनघोरको लाग्छ मलाई।


राती रुख र दिउँसो बादल नियाल्नेको कल्पनाका प्रतिबिम्ब भए झैं लाग्यो मलाई यो प्रस्तुती। हुन त अचेल साझा बिचरणमा त्यति मग्न हुन नपाएर आफुलाई परेको नोक्सान खेप्दैछु। तै पनि आज मौकैमा बसेछु यो साझा फलैचामा जस्तै लाग्यो।


प्रभो, एउटा अर्को कुरा पनि थ्यो। प्रस्तुतीमा शब्दहरु के कति कारणले यसरी किर्तीपुर जाने मिनिबसमा यात्रुहरु पोखिने हुन कि झै देखिने दृश्य सम्झाउने गरी खाँदीएका हुन, बुझिएन।


बस्या ठाममा झै जीबन जाडोमा पनि न्यानो होस। शुभ-कामना।

Read Full Discussion Thread for this article