Posted by: BKMailo February 23, 2010
BHOJPUR
Login in to Rate this Post:     0       ?        



परम्परा जोगाउन फेरी












लोपोन्मुख फेरी
बजाउदै भोजपुरको याङपाङ गाबिस ५ मैनपुरका भलमान जोगी ।


उनी स-साना झोलाको झुप्पो बोकेर बिहान सिधा संकलन गर्दै आए । तर रातभर
फेरी बजाएकाले तन्द्रासरी डुलिरहेका थिए ।


आँखा चिमचिम गर्दै सदरमुकाममा आइपुगेका भलामान जोगीले पुख्र्यौली पेशालाई
निरन्तरता दिएको बताए । परम्परा लोपोन्मुख भएपछि आफूपनि लोप हुनै लागेको
महसुस हुन थालेको बताउँदै कान्तिपुरसित उनले भने, 'पुख्र्यौली पेशा धान्न
आएको हु ।'


करिब डेढ दशकदेखि जोगी समुदायले गाउँघरमा फेरी बजाउन छाडिसके । गाउँघरमा
फेरी बजाउन छाडेपछि भूतप्रेत धपाउने परम्परा लोपोन्मुख छ । तर यहाँका
भलामान जोगीले भने निरन्तरता दिने प्रयत्न गरेका छन् । भोजपुरको याङपाङ
गाबिस -५ मैनपुरका भलामान जोगी पाँच बर्षको अन्तरालमा फेरी बजाउँदै
सदरमुकाम आएका हुन् । बटारिएको जरायोको एउटा सिङ झोलाबाट निकालेर देखाउँदै
उनले थपे, 'यो बाबुले दिएको अंश हो ।'


जोगी समुदायले फेरी बजाउने पेशा पुख्र्यौली ठानेका छन् । समयको
परिवर्तनसँगै अन्य पेशामा लाग्न थालेपछि फेरीवाला जोगी गाउँघर डुल्न छाडेको
उनी बताउछन् । आफ्ना छोराहरुलाई एक एक थान फेरी (जरायोको सिङ) र फेरी
बजाएर सिधा संकलन गर्ने भौगोलिक क्षेत्र अंशको दिने जोगी समुदायको चलन
हराएको छ । भोजपुरको दक्षिण मानेभन्ज्याङदेखि पश्चिम सेराखोला, पूर्वमा
जरायोटार हुदै उतरमा हेलौंछासम्म र तराईमा फत्तेपुर गाईघाटसम्म बाजेको
पालामा अंश पाएको जोगी भलामानले बताए ।


अचेलका जोगीहरु फेरी बजाउने पेशा अन्धविश्वास ठान्छन् । जोगीका
पूर्खाहरुले फेरी बजाएवापत गाउँघरबाट नुन, तेल, दाल, चामल, खुर्सानी लगायत
बिभिन्न सामाग्री र पैसा समेत संकलन गर्दै आएका थिए । यसबाट पूर्खाले
जीवीकोपार्जन गरेकाले परम्परालाई निरन्तरता दिने प्रयत्न गरेका छन् ।
जिल्लाको बोया, याङपाङ, सिद्धेस्वर गाबिसमा जोगीको बस्ती छ ।
Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=307286
Read Full Discussion Thread for this article