Posted by: highvoltage February 19, 2010
दोस्रो प्रेम
Login in to Rate this Post:     0       ?        
यस्ता कथाहरु नपढेको होइन।कथाको बिषयवस्तु पनि कुनै नौलो होइन तर पनि जसरी परिप्रेक्ष्यलाई उद्ध्रित गरिएको छ त्यो ज्यादै नै सरहनिय छ।भावनालाई बिश्लेशन गरेर तन र मनको मिलन गराउन सक्नु लेखकको विषेशता हो।सरल र संक्षिप्त वाक्यहरुले कथाका सन्दर्भहरुको राम्रो सम्प्रेशण गर्न सकेको छ।जस्तै: "उसको हास्ने शैली पनि गजब थियो। ओठ बिग्रेलान् झैं बिस्तारै तन्काउँथी।" कथाको अन्त्य पनि साह्रै राम्रै प्रस्तुत गरिएको छ।मिठो वाक्यले :"ऊ अलि अगाडि बढी, एकछिन सोची र फर्केर हाँसी, 'ल, राम्रो प्रगति गर्दै जानू। मेरो उमेर पनि तिमीलाई नै लागोस्।'

ऊ हतारमा हिँडी र भीडमा हराई। पछाडिबाट आएको बाइकले बेस्मारी हर्न बजायो। म उसले उपहार दिएको उमेर जोगाउन पेटीतिर उक्लिएँ।" ANSजी लाई कथाको लागि धन्यवाद अनी शुभकामना!

अस्तु:



Read Full Discussion Thread for this article