Posted by: Birkhe_Maila February 16, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

नमस्ते!


"यो समय मुना चियाको हो"


आजका मूख्य समाचार-


ठूल्दाई भनिने राहुलभाई रायमाझीको शहरमा आएको हिमपातले गर्दा सम्पूर्ण जनजीवन हल्का प्रभावीत भएता पनि ठूल्दाई स्वयँको जीवन भने अत्यन्त प्रभावित भएको खबर प्राप्त भएको छ। प्रेमदीवसमा आऊनु तथा पाऊनु पर्ने न्यानो लहरलाई समेत चिसो बनाउँदै बर्षिएको हिउँले हिजो ठुल्दाईको ईन्टरनेटलाई समेत असर पार्दै आज उनको औँलामा प्रभाव पारेको छ। ईन्टरनेटबाट औँलामा उक्त चिसो भाईरस कसरि फैलियो भन्ने विषयमा व्यापक अनुषंधान चलिरहेको कुरा हाम्रा संवाददाता बताउँदछन्।


रिट्ठे भनि रिठाराम रायमाझीमा तीनदिन अघि सेवन गरेको मादक पदार्थको असर अझसम्म रहिरहँदा उनको हँसिलो मुहारमा तुषारापात हुन पुगेको छ। यो असरले उनको टाउकोमा हुँदैगरेको मरुभूमिकरणमा सकारात्मक प्रभाव पर्न जाँदा उनी हिजो राति सपनीमा कहिले पुन्टे बुडा त कहिले बैरेलाई देख्दै बर्बराउँदै गरेको अपुष्ट समाचार प्राप्त भएको छ।


रामे भनिने राम्पुरे राईले यसपटकको प्रेमदीवसमा समेत प्रेमिका नभेटेको साधारण खबर प्राप्त भएको छ। आँखाको भाकाले द्रुतगतीमा तानेर आफूनजिक आइपुगेका षोडशिहरु समेत उनको छुच्चो बोलिको भाकाले तितरबितर हुने वर्षौँ देखि चलिआएको संसकृती यस वर्ष पनि कायमै रहेको कुरा अस्ति बेलुका उनले खपत गरेको ज्याक ड्यानियलका बोतलहरुले जनाएका छन्।


पुरे भनिने पुरेन्द्र प्यारा प्याकुर्यालको सप्ताहन्त सधैँ झैँ उनले प्रयोग गर्ने नानाथरीका पँहेटा टाउकाहरु तथा रात्रीकालीन गीत-गजलहरु संग बित्यो। "माल पाइस केटा तर चाल पाइनस" भनेझैँ कयौँ सुन्तलीहरुको मुटुको धडकन आफू बनेता पनि, प्रेमदीवस चिसो हिउँमा एक्लै बिताइदिँदा  आफ्नो डम्म परेको जिऊडाल, चिटिक्क परेको अनुहार र अल्लारे उमेरको डिएलएलमा कुनै बग आएको निधो गरि सप्ताहन्त भरि डिबग गर्दै बसेका थिए।


बाँकि समाचार अनिश्चितकाल पछि....

Read Full Discussion Thread for this article