Posted by: shirish February 14, 2010
भ्यालेन्टाईन डे गजल
Login in to Rate this Post:     2       ?         Liked by

तिमीले ल्यायौ कस्ता रसिक लहरहरु !
कटान हुंदा पनि रमेका बगरहरु !

तहल्का मार्दै डुल्छौ स्बर्गका शहरहरु
पृथ्वीमा ब्यर्थै बाँचें भन्दैछ अमरहरु !

गलत पुष्टी भए तापनि खबरहरु
तैपनि दुख्नु कस्तो सबल असरहरु ?

पाउमा कष्ट होला छुन ति सगरहरु 
ओर्लन राजी भए अग्ला ति शिखरहरु !

खोज्दैछौ मेरो जस्तै देखिने अधरहरु
अधुरा ठान्दो हौ म बिनाका सफरहरु !

जंहा नि तिमी देख्छ पागल नजरहरु
सल्बलि उठे खाँदी राखेका रहरहरु !
Read Full Discussion Thread for this article