Posted by: Mt.Madness February 12, 2010
How sad for good student!!!
Login in to Rate this Post:     0       ?        
यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हो कि नबुझ्ने जस्तै बन्छौ रु



एकताका निकै लोकपि्रय बनेको कर्णदासको स्वरको यो गीत देश बनाउन भनेर हिँडेका नेपाली राजनीतिक नेताहरूको सन्दर्भमा हेर्ने हो भने ठ्याक्कै विपरीतजस्तो लाग्छ । देश बनाउने कुरा गर्ने नेताहरू आफ्ना शाखा-सन्तानको मायाले पथविमुख भइरहेका छन् । कतिपय नेताहरूले यस गीतलाई ुकलर रङि् ब्याक टोनु बनाएका पनि थिए । तर, यथार्थ कस्तो भने गायक कर्णदास देशको माया मारेर अमेरकिा भासिए भने नेताहरू सन्ततिलाई स्थापित गर्न युरोप र अमेरकिातर्फ धपाउँदै छन् ।

सुरूआत उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाबाटै गरौँ । उनका छोरा आन्द्रे हास जोस्टको बसोबास जर्मनीमा छ । छोरी मेलानी जोस्टले बंगलादेशी नागरकि रुबेल चौधरीसँग बिहे गरेकी छन् । विश्वविद्यालय शिक्षाका लागि लन्डन पुगेकी उनी आमा सुजाता मन्त्री भएयता पतिसहित काठमाडौँमा रहे पनि सिंगापुरमा व्यापार व्यवसाय गर्ने चाँजापाँजो मिलाउँदै छिन् । सुजाता मात्रै होइन, नेपाली राजनीतिमा लामो समयदेखि केन्द्रीय भूमिकामा रहेका कोइराला परविारका सदस्यहरू धेरैले आफ्ना छोराछोरीलाई विदेशमै शिक्षादीक्षा दिलाएका छन् । कतिपयको काम-व्यापार उतै छ भने केहीले बाहिरै लगनगाँठो पनि कसिसकेका छन् ।

कोइराला परविारको मात्रै के कुरा रु नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय समितिका सदस्यहरूको नामावली हेर्ने हो भने अधिकांशले आफ्ना छोराछोरीलाई शिक्षादीक्षाका लागि मुलुकबाहिर पठाएका छन् । माओवादी नेताहरू पनि विस्तारै गाउँबाट सदरमुकाम, सदरमुकामबाट सहर र क्रमशः काठमाडौँका महँगा निजी विद्यालयतर्फ आकषिर्त हुँदै छन् । उनीहरूमध्ये केहीले त विदेश पठाउन पनि थालिसकेका छन् । यसले नेताहरू राम्रो शिक्षादीक्षाको अवसर मुलुकभित्रै सिर्जना गरी अवस्था सुधार्न तत्पर छैनन् भन्ने देखाउँछ ।



नरोकिँदो प्रवाह


समाजशास्त्रीहरूका अनुसार, अहिले सम्पन्न र सुखद जीवनको आधार स्तरीय शिक्षालाई मान्न थालिएको छ । आजका हरेक बाबुआमाको चाहना पनि सन्तानको राम्रो शिक्षादीक्षा भएको छ । शिक्षालाई उन्नति र सुखद जीवनको प्रमुख आधारका रूपमा लिन थालिएकै कारण गाउँबाट सदरमुकाम, सदरमुकामबाट सहर, सहरबाट विदेशतिर लाग्ने प्रवाह चलेको छ । यसको अगुवाइ समाजमा हुनेखाने वर्गले गररिहेको छ । राजनीतिक अगुवाहरू पनि त्यही वर्गमा आफूलाई स्थापित गर्दै छन् ।

खास गरी राजनीतिक नेतृत्वमा बसेकाहरूको जीवनस्तर आमनागरकिको भन्दा फरक बन्दै गएको छ । राजनीतिलाई आर्थिक लाभको माध्यम वा पेसाका रूपमा लिन थालिएकाले पनि राजनेताहरूको ुवर्ग उत्थानु भइरहेको एकथरीको विश्लेषण छ । राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालका भनाइमा नेताहरू सन्तानसुखको ुमिसनुमा लाग्नु नै यसको प्रमुख कारण हो । उनका अनुसार, अपवाद नेताबाहेक सबैजसो पारविारकि स्वार्थमा केन्दि्रत भएका छन् । यही कारण उनीहरूले आफ्ना विचार र व्यवहारमा तालमेल कायम गर्न सकेका छैनन् । ूराजनीतिमा यसलाई स्वाभाविक प्रवृत्ति भन्न मिल्दैन,ू उनी भन्छन्, ूयो आचरणको कुरा हो ।ू

नेताहरूको आर्थिक र राजनीतिक हैसियत उपल्लो स्थानमा पुग्नेबित्तिकै सन्तानलाई राम्रो ठाउँमा पढाउने, राम्रो अवसर दिने र सकेसम्म मुलुकको दुरावस्थाबाट टाढा राख्न चाहने प्रवृत्तिको परण्िाामस्वरूप अन्य वर्ग पनि त्यतै लम्किएका छन् । यस प्रवाहले खान पुग्ने अवस्थामा मात्रै रहेको वर्गसम्मलाई छोइसकेको छ । शिक्षाको निहुँमा रोजगारका लागि विदेशिने क्रम पनि बढ्दै गइरहेको छ ।



सामाजिक खाडलको कारक

समाजको वर्गीय संरचना फेरनिे क्रममा नेताहरू आमनागरकिको हैसियत र जीवनशैलीबाट टाढिँदै गएको प्रतिनिधि उदाहरण हुन पुगेको छ, नेताका सन्ततिहरूको विदेश अध्ययन । नेताहरूको जीवनशैली र वर्गीय स्वभावमा आउने परविर्तनका कारण समाज स्पष्ट दुई अनुहारमा बाँडिएको छ । विज्ञहरूका अनुसार, अहिले शिक्षा एवं अवसरहरूले समाजको वर्गीय संरचना नै फेर्ने काम गररिहेका छन् । शैक्षिक अवसरकै कारण उच्च-मध्यम वर्गको निर्माण छिटोछिटो भइरहेको छ । विकसित मुलुकमा पुगेपछि त्यहाँको सुविधासम्पन्न जीवनशैली, रोजगार तथा उच्च आयका कारण कतिपय उतै स्थापित भएका छन् ।

खास गरी कामका लागि विदेश जाने चलन बि्रटिस सरकारले भारतका विभिन्न भूभागमा खोरयिा फाँडेर व्यावसायिक चिया खेती गराउन थालेपछि सुरु भएको मानिन्छ । त्यस क्रममा कतिपय नेपाली पूर्वी नेपालको सीमापार िगएर उतै पनि बसे । दक्षिण र पश्चिमतिर अर्थात् वनारस, हरद्विारलगायतका धामतिर जानेहरू भने संस्कृत शिक्षाप्रति आकषिर्त भए । त्यहीँ गएर धेरैले संस्कृत शिक्षा लिए । नगण्यले अंग्रेजी शिक्षाको अवसर पनि भारतमै पुगेर पाए ।

हिजो जीवनको आधार जमिनलाई मानिन्थ्यो । भरपर्दो एक मात्र व्यवसाय कृषि थियो । मानिसहरू जंगल मास्थे, जग्गा बढाउँथे, खेती विस्तार गर्थे । नयाँ जमिनको खोजीमा पहाडका मानिस तराई र्झन थाले । समाजशास्त्री चैतन्य मिश्रका भनाइमा बसाइसराइँको यो प्रवृत्ति नयाँ जमिन मात्रै होइन, नयाँ जीवनकै खोजी थियो । अब जमिन पनि त्यसरी भेटिन छाड्यो । साथै, जमिनमाथि दाबी गर्ने, जंगल अतिक्रमण गर्ने झीनामसिना घटनाबाहेक प्रवृत्तिकै रूपमा अघि बढ्ने त्यो युगको अन्त्य भइसकेको छ । ूबाबुआमाले आर्जेको दुई फोकटा जमिनले अब खान पुग्नेवाला छैन । जनसंख्या बढे पनि जमिन बढ्दैन,ू समाजशास्त्री मिश्र भन्छन् ।



प्रश्न नैतिकताको

कुनै पनि नागरकि आफ्ना सन्तानलाई विश्वको जुनसुकै शिक्षालयमा पढाउन स्वतन्त्र छ । तर, समाजका अगुवाहरूले समाजलाई छलेर आफ्ना छोराछोरीलाई टाढा राख्न चाहने प्रवृत्तिलाई स्वाभाविक मान्न सकिँदैन । समाजशास्त्री डिल्लीराम दाहाल भन्छन्, ूयो नैतिकताको सवाल हो ।ू उनका अनुसार, आदर्श र नैतिकतालाई अलग राखेर हेर्ने हो भने नेताहरूले छोराछोरीलाई विदेश पढाउने प्रवृत्तिलाई स्वाभाविक मान्न सकिन्छ तर नैतिकता नै नरहेपछि त यस्ता प्रश्न फिक्का भइहाल्छन् ।

हुन पनि नेताहरूले आफ्नो परविार र आमनागरकिप्रति विरोधाभासपूर्ण नीति अपनाउने गरेका छन् । कार्यकर्ता र समाजका सामु एक प्रकारको भाषण वा प्रतिबद्धता जनाउने तर त्यस अनुसार आफू चल्न हिचकिचाउने प्रवृत्ति हावी छ । नेकपा एमालेले झापा आन्दोलनदेखि विभिन्न चरणका संघर्षका कार्यक्रममा ुबर्जुवा शिक्षाु बहिष्कारको लहर चलायो । निजी शिक्षाको विरोध गर्दै जनवादी शिक्षाको वकालत गर्‍यो । एमालेको भ्रातृसंगठन अनेरास्ववियुले अहिले पनि जनवादी शिक्षाको नारा बोकिरहेकै छ । तर, यसमा उसका नेताहरू नै टिक्न सकेका छैनन् । केन्द्रदेखि जिल्ला तहका धेरै नेताहरूले निजी विद्यालय सञ्चालन गरेका छन् । यसैगरी आफ्ना छोराछोरीलाई सकेसम्म विदेश पठाउने र पढाउने होड नेताहरूमा चलेको छ । यो कुरा अनेरास्ववियुकै नेता-कार्यकर्तालाई चित्त बुझेको छैन । अनेरास्ववियुका महासचिव माधव ढुंगेल भन्छन्, ूहाम्रा नेताले जनताप्रति उत्तरदायी हुने चरत्रि देखाउनै सकेनन् ।ू

एमालेको राजनीतिक आदर्श, नीति र नेताहरूका व्यवहारमा दोहोरोपन कुन हदसम्म छ भने हरेक सरकारी विद्यालय र क्याम्पसहरूमा अनेरास्ववियुका प्रारम्भिक कमिटी खोल्ने, स्ववियुका नाममा राजनीतिक गतिविधि गर्ने उसले आफ्नै पार्टीका नाममा सञ्चालित स्कुलरकलेजहरूमा अनेरास्ववियुको संगठन खोल्न दिएको छैन । काठमाडौँको मदन भण्डारी मेमोरयिल कलेज यसको उदाहरण हो । १० वर्षभित्र विश्वविद्यालयका रूपमा विस्तार गर्ने लक्ष्यका साथ सुरु गरएिको उक्त कलेजमा राजनीतिक गतिविधि प्रतिबन्धित छन् ।

माओवादीले पनि जनवादी शिक्षाका चर्का नारा लगाउँदै दुर्गम क्षेत्रका निजी विद्यालय बन्द गरायो । सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई बुर्जुवा शिक्षा बहिष्कार भन्दै सशस्त्र आन्दोलनमा हिँडायो । तर, उसका केन्द्रीय नेताहरूले आफ्ना छोराछोरीलाई सकेसम्म विदेश पढाए । माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले ८ देखि १२ कक्षासम्म भारतको जालन्धरमा पढे भने अर्का नेता बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मानुषीले पनि भारतमै पढिन् । माओवादी युद्धकालमा दिल्ली विश्वविद्यालयमा स्नातक पढेकी मानुषी अहिले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दै छिन् । रामबहादुर थापा ुबादलुका छोरा प्रतीकले पनि द्वन्द्वकालमा भारतमै बसेर पढेका थिए ।

समाजशास्त्री मिश्रका भनाइमा नेताका छोराछोरी विदेश पढ्नु र उतै स्थापित हुनुलाई नकारात्मक रूपमा मात्रै बुझ्नुहुँदैन । ूकम्तीमा नेताहरूले पनि शिक्षाको महत्त्व बुझ्दै छन्,ू उनी भन्छन्, ूस्तरीय शिक्षाप्रतिको लगाव आमरूपमा बढ्दै छ । यस हिसाबले नेताहरूलाई मात्रै छुट्टै दायित्व बोकाउनुहँुदैन ।ू बरु आयको वैधानिकतामा प्रश्न उठाउन सकिने उनको तर्क छ । उनका अनुसार, राजनीति नाफामूलक व्यवसाय भएको छ, त्योचाहिँ रोक्नुपर्छ ।

प्रा खनाल भने छोराछोरीलाई राम्रो शिक्षा दिन खोज्नु बाबुआमाको स्वाभाविक कर्तव्य भए पनि राजनीतिक नेताहरूका लागि यो नै प्रमुख कमजोरी रहेको बताउँछन् । ूसर्वसाधारणलाई मुलुकभित्र एक खालका स्कुलरकलेज खोलिदिने, आफ्ना छोराछोरीलाई भने विदेश पठाउने रुू उनी भन्छन्, ूसमाजलाई बाटो देखाउनेले आफँै उदाहरण बन्न सक्नुपर्छ ।





छात्रवृत्तिमा प्रभाव



विदेशीले दिएका राम्रा अवसरमा नेताहरूकै हालीमुहाली हुने गरेको छ । अझ, कतिपयले आफ्नो राजनीतिक परचिय र उचाइका आधारमा यस्ता अवसर छोप्ने गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालका छोरा सौरभ र छोरी सुमन दुवैले भारतमा पढ्ने मौका पाए । सुमनले भारतीय दूताबासको छात्रवृत्तिमा अल इन्डिया इन्स्िटच्युट अफ मेडिकल साइन्सेजमा पढ्ने अवसर पाइन् । उनको आईएस्सीमा प्रथम श्रेणीको अंक पनि थिएन । त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट भएका विद्यार्थीले नपाएर सुमनले पाएको उक्त अवसरबारे सार्वजनिक रूपमै प्रश्न उठाइएको थियो । एमाले उपाध्यक्ष वामदेव गौतमका छोरा हरशिदेव गौतमको कथा पनि उस्तै छ । ०५१ सालमा पार्टीका लागि प्राप्त छात्रवृत्ति कोटामा उनलाई राखियो । सहिदका छोराछोरीलाई प्राथमिकता दिने पार्टीको नीतिविपरीत उनलाई चीन पठाइएकामा पार्टीभित्र विरोध पनि भएको थियो । चिकित्साशास्त्र पढ्न चीन गएका हरशि र्फकंदा भने इन्जिनियर भएर आए र काठमाडौँ महानगरपालिकामा जागिरे भए । हाल उनी उपत्यका नगर विकास समितिमा इन्जिनियर छन् ।

कतिपय नेताका छोराछोरीलाई दूताबासहरूले पढाइदिने गरेका छन् । ूनेपालजस्तो देशमा जहाँ लगातार हङ् पार्लियामेन्ट छ, सरकार टिकाउने कि गिराउनेमा यस्ता कुराले काम गर्दैनन् भन्ने के ग्यारेन्टी रुू प्रा कृष्ण खनाल भन्छन्, ूकेटाकेटीको मायाले सबैलाई प्रभाव पार्छ । सार्वजनिक जिम्मेवारीमा जाने व्यक्तिले सार्वजनिक र निजी जीवनको व्यवहार र भूमिका छुट्याउनुपर्छ ।ू

दूताबासहरूकै सौजन्यमा सीपी मैनालीले छोरालाई अमेरकिा र छोरीलाई चीन पठाएका छन् भने विद्या भण्डारीका दुवै छोरी भारत पढ्न गए । अमिक शेरचनका एउटा छोरा छात्रवृत्तिमै अमेरकिा पढ्न गएका छन् । आफ्नो राजनीतिक शक्तिकै कारण छोराछोरीलाई दूताबासको सहयोगमा छात्रवृत्ति दिलाउनेमा रामशरण महत, प्रकाशचन्द्र लोहनी, अर्जुननरसिंह केसी, भरतमोहन अधिकारी, चक्रप्रसाद बाँस्तोलासमेत पर्छन् ।

धेरैजसो देशका दूताबासहरूले दिने छात्रवृत्तिको प्रक्रिया पारदर्शी छैन । छनोट प्रक्रियामा नेपाली प्रतिनिधिलाई सामेल गराइएको पनि हुँदैन । पाकिस्तान, बंगलादेश र भारत यस मामलामा बढी आलोचित छन् । उनीहरूका छात्रवृत्तिका लागि स्वतन्त्र छानबिन समिति हुनुपर्ने माग विभिन्न तहबाट भइरहेको छ । तर, राजनीतिक र प्रशासनिक नेतृत्वले आफ्नो मौका गुम्न नदिन त्यसतिर ध्यान दिएका छैनन् । ूदूताबासका कोठाभित्र निर्णय गर्ने परपिाटीलाई बन्द गर्न सक्नुपर्छ,ू त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खनाल भन्छन् ।





कसका सन्तान कहाँ ?




नेकपा एमाले

एमाले अध्यक्ष झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल अमेरकिामा पढ्दै छन् । उपाध्यक्ष वामदेव गौतमकी छोरी अजिता अमेरकिामै विवाह गरी बसेकी छन् । गौतमका ज्वाइँ प्रकाश भेटवाल पनि एमाले नेता जागृत भेटवालका छोरा हुन् । अर्का उपाध्यक्ष अशोक राईका एक छोरा अमेरकिामै छन् ।

अर्की उपाध्यक्ष एवं रक्षामन्त्री विद्या भण्डारीकी छोरी उषाकिरण जवाहरलाल नेहरू विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेर हालै काठमाडौँ आएकी छन् भने अर्की छोरी निशाकुसुम भारतमै एमबीबीएस पढ्दै छन् । महासचिव ईश्वर पोखरेलका छोरा सिर्जन अमेरकिा पढ्न गएका छन् भने सचिव विष्णु पौडेलकी छोरी थाइल्यान्डमा एसियन टेक्निकल इन्स्िटच्युट -एटीआई)मा वाणिज्यशास्त्रमा स्नातकोत्तर पढ्दै छिन् । उनका छोरा विवेक पनि अध्ययनका लागि हालसालै बेलायत गएका छन् ।

अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्यका छोरा विश्वास अमेरकिाबाट भर्खरै फर्केका छन् भने राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डेका एक-एक छोरा अस्ट्रेलियामा छन् । राजेन्द्रका तीन छोरामध्ये एउटा मात्र नेपालमा छन् । उनी पनि काठमाडौँमा शैक्षिक परामर्श संस्था खोली विदेशी कलेजहरूलाई विद्यार्थी निकासी गर्दै छन् । प्रकाश ज्वालाका छोरा पनि भर्खर बेलायत पढ्न गएका छन् भने रघु पन्तले भाइलाई अमेरकिा पठाएका छन् । उनका दुई छोरी सानै छन् । महेन्द्र पाण्डेकी छोरी अमेरकिामा छन् । कणर्ालीका एमाले नेता गोरख बोगटीले आफ्ना छोरालाई बूढानीलकण्ठ स्कुलमा विद्यालय शिक्षा दिलाएर उच्च शिक्षाका लागि बेलायत पठाए भने सुदूरपश्चिमका नेता भीम रावलले पनि जेठो छोरा प्रभातलाई छात्रवृत्तिमा भारतमै पढाए । बाबु गृहमन्त्री भएकै बेला उनले हालै सशस्त्र प्रहरीमा चिकित्सकको जागिर सुरु गरेका छन् ।



नेपाली कांग्रेस

कांग्रेस उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलका छोरा चिरन बेलायतको रेडिङ् सहरमा इन्जिनियर छन् भने एक छोरी अमेरकिामा चिकित्साशास्त्र पढ्दै छिन् । कांग्रेसकै अर्का नेता तारण्िाीदत्त चटौतका छोरा हेमप्रकाश बेलायतमा छन् । उनी चिकित्सा विज्ञानमा स्नातकोत्तर पढ्दै छन् ।

अर्जुननरसिंह केसीका छोरा ओमश्री केसी अमेरकिामा व्यवस्थापनमा स्नातक गर्दै छन् भने छोरी अनुजा नेपाली इन्जिनियरसँग विवाह गरी अमेरकिामा बसेकी छन् । उनका दुई छोरी भने यतै छन् । एउटीसित गगन थापाले विवाह गरेका छन् ।

कांग्रेसका तर्फबाट पटकपटक अर्थमन्त्री भएका रामशरण महतका दुवै छोरा अमेरकिामा छन् । तीमध्ये एक रक्षक महत कर्पोरेट कानुन व्यवसायीका रूपमा काम गररिहेका छन् । उनी पनि उच्च शिक्षाकै खोजीमा अमेरकिा पुगेका थिए । गोविन्दराज जोशीका छोरा दीपक जोशी १४ वर्षदेखि अमेरकिामा छन् । उनी त्यहाँको सियाटल सहरमा कम्युनिकेसन डिपार्टमेन्टमा काम गर्छन् । कान्छो छोरा दिनेश र उनकी श्रमती रक्षा कहिले अस्ट्रेलिया त कहिले अमेरकिा गररिहेका छन् । ती देशमा उनको आफ्नै व्यापार छ । छोरी रमा भट्टराई पनि अमेरकिामै एक विद्यालयमा शिक्षिका छिन् ।

अर्का नेता लक्ष्मण घिमिरेका दुई छोरी अस्ट्रेलियामा छन् । चक्र बाँस्तोलाकी छोरी गरमिा बेलायत र सुम्निमा चीनमा छन् । त्यसअघि उनीहरू अमेरकिामा थिए । पूर्वअर्थमन्त्री महेश आचार्यका पनि एक छोरा अमेरकिा र अर्का चीनमा छन् । नरहर िआचार्यकी एक छोरी पनि अस्ट्रेलियामा छिन् । आमोदप्रसाद उपाध्यायका छोरा राजीव क्यानाडामा छन् भने दीपकुमार उपाध्यायकी एक छोरी देशबाहिरै छिन् । विनयध्वज चन्दकी एक छोरी अमेरकिामा छिन् । प्रकाशमान सिंहका एउटा छोरा दिल्लीमा स्नातक पढ्दै छन् । कांग्रेस नेतृ उमा अधिकारीका छोरा अमेरकिामा छन् । प्रकाशमान गणेशमानका छोरा हुन् ।



एकीकृत नेकपा माओवादी

आफ्ना छोराछोरीलाई सकेसम्म मुुलुकको दुरावस्थाबाट टाढा राख्ने प्रवृत्ति माओवादी नेताहरूमा पनि सर्दै छ । हरभिक्त कँडेलका छोरा प्रशान्त बंगलादेशमा एमबीबीएस पढ्दै छन् भने लीलामणि पोखरेलका छोरा विप्लव चीनमा । घनश्याम शर्मा पौड्यालका कान्छा छोरा बेलायतमा छन् । अमिक शेरचनका दुई छोरा श्रमिक र क्रमिश अनि छोरी अमृता परविारसहित विदेशमा बस्छन् । श्रमिक अमेरकिा, क्रमिश जापान र अमृता बेलायतमा छन् ।

अधिकांश माओवादी नेताका छोराछोरी काठमाडौँका महँगा स्कुलमा पढिरहेको माओवादीकै भ्रातृसंगठन अनेरास्ववियु -क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् । क्रान्तिकारीको अध्ययन अनुसार, टोपबहादुर रायमाझीका छोरा सन्दीप विदेश जाने तयारीमा भाषा पढ्दै छन् । उनी बुटवलस्िथत मणिमुकुन्द उच्च माविबाट १२ पढेका हुन् । छोरी सन्ध्या पनि त्यहीँ पढ्दै छिन् । देव गुरुङका जेठा छोरा विजयले सरकारी छात्रवृत्तिमा तानसेनको लुम्बिनी मेडिकल कलेजमा एमबीबीएस पढ््ने मौका पाएका छन् भने कान्छा विशाल ललितपुर, पुलचोकस्िथत त्रिपद्म माविमा १० कक्षा पढ्दै छन् । माओवादी सभासद् खिमलाल देवकोटाका दुई छोरा सिद्धार्थ वनस्थली स्कुलमा पढ्छन् भने नन्दकुमार प्रसाईंले छोरा विजय र छोरी ऐश्वर्यलाई ललितपुरकै लिटिल एन्जल्समा पढाएका छन् । यसैगरी, वर्षमान पुनका छोरा सेन्ट जेभियर्समा पढ्दै छन् भने हितमान शाक्य, हेमन्तप्रकाश ओली र जनार्दन शर्माले ज्ञानकुञ्ज स्कुलमा पढाइरहेका छन् । शक्तिबहादुर बस्नेतकी छोरी संगम ललितपुरकै लुभुस्िथत डनबस्को स्कुलमा पढिरहेकी छन् भने नारायण शर्माका छोरा कान्तिपुर इन्जिनियरङि् कलेजमा पढ्दै छन् । कुलप्रसाद केसीकी छोरी शंखमूलस्िथत प्यासिफिक एकेडेमीमा छन् भने पोस्टबहादुर बोगटीकी छोरी प्रभा श्वेत सदन स्कुलमा पढ्छिन् । हरबिोल गजुरेलकी छोरी भारतमा पढेर फर्केकी छन् ।



अन्य

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लका एक छोरा अमेरकिाको बोस्टनमा छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा सुरुमा अमेरकिा  गए । त्यहाँ अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक पढ्न थालेका उनी पढाइ सन्तोषजनक नभएपछि बीचमा बेलायत पुगेका थिए । पछिल्लोपल्ट फेर िअमेरकिा हान्निएका छन् । पशुपतिशमशेर राणाकी दुई छोरीमध्ये एक रुसी नागरकिसँग विवाहित छिन् भने अर्की देवयानीले भारतीय नागरकिसँग दाम्पत्य अपनाएकी छन् ।

जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनीकी छोरी अमेरकिामा छिन् भने कमल थापाका चार सन्तानमध्ये जेठी छोरी प्रसिद्धि थाइल्यान्डमा छिन् । सद्भावना नेतृ सरतिा गिरीकी छोरी इतिशा लन्डनमा छिन् । नेकपा मालेका महासचिव सीपी मैनालीका छोरा सरोज अमेरकिामा इन्जिनियरङि् पढ्दै छन् भने छोरी प्रभा चीनमा चिकित्सा विज्ञान ।

-यसबाहेक पनि उपर्युक्त सबै पार्टीका अरू नेताका सन्तति पनि विदेश या नेपालमै महँगो पढाइ गररिहेका छन् ।)











अर्थतन्त्रमा असर



शैक्षिक सत्र २००७/८ मा उच्च शिक्षाका लागि अमेरकिी शैक्षिक संस्थाहरूमा नेपाली विद्यार्थीहरूको भर्ना हुने संख्यामा २९.६ प्रतिशतले वृद्धि भई ११ हजार ५ सय ८१ पुग्यो । अमेरकिी विदेश मन्त्रालयको सहयोगमा इन्स्िटच्युट अफ इन्टरनेसनल एजुकेसनद्वारा प्रकाशित अन्तर्राष्ट्रिय शैक्षिक गतिशीलतासम्बन्धी ओपन डोर्स-२००९ नामक वाषिर्क प्रतिवेदनले जनाए अनुसार, अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरकिा जाने प्रमुख देशका रूपमा नेपाल एघारौँ स्थानमा छ । यसैगरी बेलायत, अमेरकिापछि स्वीडेन, नर्वे, जर्मनी पनि नेपाली विद्यार्थीहरूका लागि आकर्षक गन्तव्य हुन् । "केही घरजग्गा बेचेर जाने विद्यार्थीबाहेक यसमा उच्च आय हुने व्यवसायी र घूस खानेहरूले मात्रै यसरी पढाउन सकेका छन्," समाजशास्त्री चैतन्य मिश्र भन्छन् । औसतभन्दा कम प्रतिव्यक्ति आय, न्यून शिक्षा र साक्षरता भएको मुलुकबाट यत्रो ठूलो संख्याको जमात उच्च शिक्षाको खोजीमा विदेशिएको तथ्यांक कुनै पनि बेला मुलुकका लागि भारी हुनसक्ने अर्थशास्त्रीहरूको चेतावनी छ ।

अर्को तथ्यांक अनुसार, विदेश पढ्न जाने विद्यार्थीहरूका कारण गएको पाँच महिनामा मात्रै २० अर्ब रुपियाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट बाहिरएिको छ । हालै व्यवस्थापिका संसद्को अर्थ र श्रम सम्बन्ध समितिमा राष्ट्र ब्यांकका गभर्नर विजयनाथ भट्टराईले विदेश गएका विद्यार्थीसँगै ठूलो रकम पलायन भएकामा चिन्ता व्यक्त गरेका थिए । यसलाई उनले मुलुकको अर्थतन्त्रका लागि गम्भीर स्िथति भन्दै सच्याउनुपर्ने बताए । विदेश पढ्न गएर नफर्किने प्रवृत्तिले पनि राष्ट्रिय अर्थतन्त्रको भविष्य सुखद नरहेको उनको भनाइ थियो ।

आय उच्च हुन सक्ने उद्योग वा रोजगारका क्षेत्र पहिचान गर्ने, ज्याला नै उच्च दर नभए पनि कर थोरै तिर्नुपर्ने र उपभोग्य खर्च कम हुने अवस्थाप्रति उनीहरूलाई आकषिर्त गर्न सकिने विज्ञहरूको भनाइ छ । राजनीतिक अस्िथरता, निरन्तरको बन्द, हडताल तथा मुलुकभित्र शैक्षिक/प्राज्ञिक वातावरण बनाउनेतिर नलाग्ने, मुलुकको अवस्थाबाट आफ्ना छोराछोरीलाई मात्रै टाढा राख्न खोज्ने परपिाटीले युवा राजनीतिकर्मीहरूको पनि चित्त दुखाएको छ । कांग्रेसका युवा नेता गगन थापाको प्रश्न छ, "आफ्ना छोराछोरी विदेश पठाउने, जनताका छोराछोरीलाई ढुंगा हान्न लगाउने ?"

केही समययता मुलुकको अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्स बनेको छ । समाजको तल्लो वर्गका युवा खाडी मुलुकहरूमा गई श्रम गरेबापत उल्लेख्य रेमिट्यान्स भित्रिइरहेको छ । तर, नेता र समाजका हुनेखाने वर्गले आफ्ना छोराछोरीसँगै त्यो रकम राष्ट्रिय अर्थतन्त्रबाट बाहिर्‍याउँदै छन् । "दैनिक ज्याला मजदुरी गरी अरबको खाडीमा रगतपसिना बगाएर जोडेको पैसा यहाँका मध्यमवर्गीयका छोराछोरी विदेश पढाउन खर्च भइरहेको छ," प्रा कृष्ण खनाल भन्छन्, "यो कस्तो न्याय हो ? एउटा वर्गले कमाउने, अर्को वर्गले मोज गर्ने ।

Read Full Discussion Thread for this article