Posted by: no_quiero February 12, 2010
prachanda kamina darayo
Login in to Rate this Post:     0       ?        



माओवादीको आन्दोलन भारत विरोधी होइनः दाहाल












इटहरी, माघ २९ (नागरिक)- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफनो
राष्ट्रिय स्वाधिनताको आन्दोलन भारतविरोधी नभएको प्रस्टिकरण दिएका छन्।
गलत सन्देशले भारत-नेपालका नागरिकबीचको सम्बन्ध धुमिल्याउने प्रयास
भइरहेको उनले बताएका छन्।


शुक्रवार सुनसरीको बराहक्षेत्र, चतरामा स्वास्थ्य साधना शिविरको उदघाटन
गर्दै अध्यक्ष दाहालले भारत-नेपालबीचको पुरानो पारस्परिक सम्बन्ध सजिलै
नतोडिने पनि जिकिर गरे।

भारतीय झण्डा तिरंगा र अशोक स्तम्भ जुक्तामा
अंकित गरिएको पोष्टर माओवादीले आफ्नो राष्ट्रिय स्वाधिनताको आन्दोलनमा
प्रचारमा ल्याएपछि भारतीय नागरिकले त्यसविरुद्ध कडा प्रतिक्रिया जनाएका
थिए। उनीहरुले आफ्नो संवेदनशीलतामा चोट पुगेको भन्दै सीमावती क्षेत्रमा
केही दिनअघि अध्यक्ष दाहालविरुद्ध नाराबाजी गरेका थिए।

भारतीय सन्त तथा चिकित्सक सहभागी कार्यक्रमको उदघाटन गर्न आइपुगेका
दाहालले आफ्नो पार्टी भारतविरोधी नभएको सन्देश प्रवाह गरिदिन आयोजकसँग
आग्रह गरे।


स्वास्थ्य शिविरमा ग्रह, योग, मन्त्र र आयुर्वेद चिकित्सा पद्धतिबाट
उपचार गरिनेछ। १० दिनसम्म चल्ने शिविरमा नेपालका ४० र भारतका १२ जना
चिकित्सकले विरामीको उपचार गर्नेछन्। शिविरमा १० हजारको उपचार गरिने
जनाइएको छ।

Read Full Discussion Thread for this article