Posted by: ritthe February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

शिव रात्री को पुर्व सन्ध्यामा फेरी पनि एक फेर सबैलाई रिट्ठे को न्यानो जदौ तथा तारेमाम !


ठुल्दाइ हिउ त कुरै छोड्दिउन ! हिजो झन्डै पुरिन ला' भनिहाले नि ! धन्न ज्यान अली अग्लै छ र हत्तपत्त हिउ ले नि आँट गरिहाल्दैन ! हर्के भा' भे त के भ्याउथ्यो मोरा ले !


भोली अब शिवरात्री को प्लान तेइ त हो नि ठुल्दाइ आफु त अब पक्का शिवभक्त, शिव को प्रशाद खाएन भने त बाबा रिसाएर चौपट ! यसो शिव बुटी सुटी र भाङ साङ् हल्का त दिनै पर्ला नि ! बरु त्यो मदने कता गो?  तेल्ले काइदा को भाङ बनाउथ्यो !


हन हो रामे, चाइन्जो यस्तो चिसो दिनमा नि आनन्द ले चौतारीमा गफ गाफ गरेर नबसेर कत्ती काम गर्छौ ए असत्ती?


लोल जिम्माल !


मलाई नि त्यो यु यस् बि को दुलो बाट एक डोज नाइकुइल हुलो भन्देखुन भाईरस मर्च जस्तो लाउछ ! मैले त अस्ती भाईरस लाग्दा यु यस बि को दुलो बाट त होइन सि.डि रोम मा हल्का नाइकुइल दलेर हुल्देको थिए ! भाईरस त चट्टै भो ! अन्खेरुन कम्पुटर खोलेको त मैले राखेको वाल्पेपर चेन्ज भएर "योर सिस्टम इज अन्डर नाइकुइल प्रोटेक्सन, प्लिज डु नट इन्टर योर क्रेडिट कार्ड इन्फर्मेसन अर एनी फाइनानसियल डिटेल" पो भन्छ त !


 


 

Read Full Discussion Thread for this article