Posted by: Rahuldai February 10, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

म्यानेजर बाट वर्कर भाको होइन गोठाले , वर्करबाट प्रमोशन भेर म्यानेजर स्यानेजर भाका हुन गाम्लेहरु । ब्यस्त नभे नि बिजी देखाउनु पर्‍यो नि भनेर अली कम आउन थालेका हुन ।


जस्तो हाम्रो हाकिम साहेब । ट्यान्टर्म्यान्टर गरेर परमोशन भए। डेस्क मा कम्पुटर चाहियो। बुढालाई कम्पुटर चलाऊन न आउने । नयाँ कम्पुटर डेस्क मा । खोल सहित् । जिन्दगी मा त्यो खोल हटेन । कहिले काही मिटिङ हुंदा हाकिम साहेब को कोठामा , कसैले हाछ्यूँ SSSSSSSSSSSSSSSSSSSS  गर्‍यो भने हाकिम साहेब भन्नु हुन्थ्यो - बाहिर गएर हाछ्यूँ गर्नुस् , कम्पुटर मा भाईरस सर्छ ।
 

Read Full Discussion Thread for this article