Posted by: KAledai February 10, 2010
Login in to Rate this Post:
0
?
यो मन एक्लै छ।
तिमीलाई सजाई राख्ने मनको धोको
मेरो बेग्लै छ।
कति पिर सजाइ बसे तिम्रो पर्खाइमा
कति आँसु रित्याइ सके तिम्रो भर खाइ म
फुल भनी सजाइ राखे माया तिमीलाई
कति पोखौ मनको धोको ब्यर्थै मलाई।
यो मन एक्लै छ.........
खुशी दिन्छु भन्नेले केवल आँसु दिएछ।
जिवन भरिको बाचा मेरो सागर भएछ।
आफ्नै सम्झि कल्पनामा आधार परेको
मनको पिडा जे भएनि सबै सँग हास्नु परेको।
यो मन एक्लै छ.........
कालेदाइ
Last edited: 10-Feb-10 01:21 PM