Posted by: UNN February 9, 2010
१९९० को संविधानको स्वागत गर्न जारी जरिएको अपील
Login in to Rate this Post:     1       ?         Liked by
देशमा व्याप्त हत्या, हिंसा, अन्याय,
अत्याचार, भ्रष्टाचार र कुशासनबाट बिद्रोहीहरुलाई पनि मुलधारमा ल्याएर
मुक्ती दिलाई शान्ति, अमनचैन कायम गर्दै सुन्दर र संमृद्ध नेपालको स्थापना
गर्नका निमित्त राष्ट्रिय एकताका प्रतिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र
वीर विक्रम शाहदेवबाट शाही घोषणा मार्फत २०६२ बैशाख ११ गते राजकीय सत्ता ७
दललाई सुम्पिएको हो। तर, नया नेपाल बनाउने नाममा मुलुकमा खुलेआम हत्या
हिंसा भईरहेको छ। अन्याय, अत्याचारले सिमा नाघेको छ। बेहिसावरुपले
भ्रष्टाचार मौलाउदो छ। मुलुकको स्वतन्त्राको साटो प्रधानमन्त्री अर्कै
मुलुकको मुख्य मन्त्री बरावरको हैसियतमा देखिन थालेका छन।
 
मुलुकमा
दूई सेना, दूई सरकार प्रष्टसंग देखा परेका छन, जसलाई राजनितिक सहमतीको
नाममा वैधता प्रदान गरिदैछ। २ सय चालीस बर्षदेखिको मुलुकको एकता अखण्डता
तथा सनातनदेखिको हिन्दू धर्मको मूल्य मान्यतालाई ध्वस्त बनाईएको छ। जातियता
र संघियताको बहानामा मुलुकको टुत्र््कयाउने काम हुदै छ। लोकतन्त्रको
आबरणमा निरंकुशता हावी गराईदैछ। अपुताली सुमर्न हानथाप गरे झै नेपाली
भूमिको प्रगोग गरेर आआङ्खनो स्वार्थ साधना गर्न विदेशी कुटनितिज्ञ तथा
प्रतिनिधिहरुको निर्लज्ज दौडधुप जारी छ। राष्ट्र पूर्णरुपमा असफल मात्र
नभएर सार्वभौम सत्ता नै हाम्रो हातबाट चिप्लदैछ , यसरी मुलुक अधोषित
तरिकाले सिक्किमीकरण वा भुटानीकरण भएको छ। निहित स्व्ाार्थ तथा
सत्तालिप्साले वशिभूत भएका प्रमुख दलहरुको यहि लिप्साले गर्दा नया बन्ने
संविधान जनचाहना अनुसार नबन्ने लगभग पक्का भएको छ। यो मुलुकमा गृहयूद्धलाई
निम्तो सरह हो।
 
राजकीय सत्ता दलहरुलाई बोकाको मुखमा कुभिण्डो सरह
भएको छ। मुलुकमा शान्ति, अमनचैन कायम गरेर पुनःः मुलुकको सार्वभौसत्ता र
अखण्डता कायम गर्नु र सुन्दर विकसित संमृद्ध नेपालको स्थापना गर्ने भारा
प्रमुख दलहरुको निमित्त अगम्य भएको छ। तसर्थ यो अभिभारा पूरा गर्न
सर्वपक्षीय सम्मेलन मार्फत २०४७ सालको संविधान सकृय गर्न र “संवैधानिक
राजतन्त्र तथा बहुदलिय प्रजातन्त्र”को पुर्नस्थापना गर्न सबै पक्षसंग
“संयुक्त राष्ट्रवादी नेपाली” अपिल गर्दछ। विवादरहित नया संविधान अन्तरिम
संविधानले तोकेको समयमा जारी गर्न नसकेको अबस्थामा स्वत २०४७ सालको संविधान
सकृय हुने र त्यसलाई सबै पक्षले स्विकार गर्ने एकमात्र विकल्प हाम्रो सामु
रहेको छ। अन्तिम दिनसम्म पनि विवादरहित अन्तरिम संविधानको घोषणा हुने
अबस्था नरहेकोले मुलुक “संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य”मा परिणत
हुने ऐतिहासिक दिनलाई  हर्षउल्लासका साथ स्वागत गर्ने तैयारीको निमित्त
एकताबद्ध हुन सम्पूर्ण नेपाली जनतामा “संयुक्त राष्ट्रवादी नेपाली” आव्हान
समेत गर्दछ।

United Nationalist Nepalese
Read Full Discussion Thread for this article