Posted by: Birkhe_Maila February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

दुई जागरुक युवा


बिगत केहि दिन देखि चौतारीनगरको ढल जाम हुनगई, बाटो बाटोमा उम्लिएर बगेको तथा उक्त गन्धले सम्पूर्ण नगरलाई नै दुर्गन्धित बनाएको अवष्थामा केहि घिन नमानि मजाले सोहोरेर तथा जाम खोलेर सफा सुग्घर पार्न स्वस्फुर्त: रुपमा चौतारीका दुई युवा; श्री पुरेन्द्र प्याकुर्याल र श्री रिठाराम रायमाझी खालि हातले आफ्नो जागरुकता देखाई चौतारी नगरलाई सफा सुग्घर पारेकोमा सम्पूर्ण चौतारी कृतज्ञ छ।


दुई सहयोगी युवा


दुई जागरुक युवाहरुले सफा बनाएको चौतारी निकै नयाँ र रमाईलो देखिएकोले हाम्रा अन्य दुई जागरुक युवाहरु; श्री रामपुरे परियार र लहरेकान्त लाकौलले बिभिन्न परीकार तथा पेय पदार्थहरु आफ्नै खर्च र परीश्रमले तयार बनाएका छन्। खानेकुराको सुगन्धले दुई युवाहरुद्वारा सफा बनाईएको चौतारीमा अझ रौनक थपिएको छ। यी युवाहरुमा सम्पूर्ण चौतारी कृतज्ञ छ।

दुई रमाईला युवती

सफासुग्घर बनेको तथा व्यंजन पाकेको चौतारीमा बिभिन्न तरिकाको आकर्षक नृत्यहरु नाचि चौतारीमा रौनक थपेकोमा दुई युवतीहरु; सुश्री किरेजि कार्की र सुश्री खुसिनानि खतिवडाप्रती चौतारी कृतज्ञ छ।


दुई महा-सहयोगी वृद्ध


सफासुग्घर बनेको चौतारी र यहाँ पकाईएका बिभिन्न परीकार तथा पेय पदार्थहरु, चौतारीको डिलमा आनन्दले बसेर संतुष्ट नहोउन्जेल, पेटभरि खाएर अडेस लाएर तमाखु तान्दै, युवतीका नृत्य हेरिदिँदै चौतारीमा व्यापक रमाईलो थपिदिनुभएकोमा चौतारीका दुई महा-सहयोगी वृद्धहरु; श्री बिर्ख बहादूर बोगटी र श्री राहुलभाई रायमाझीमा चौतारी सबैभन्दा बढि कृतज्ञ छ।


धन्यवाद्


 

Last edited: 09-Feb-10 10:08 AM
Read Full Discussion Thread for this article