Posted by: rajankoirala February 7, 2010
!! तिमीविना !!
Login in to Rate this Post:     1       ?         Liked by
!! तिमीविना !!

नसोध तिमीविना कसरी कटे यी रातहरु 
नसोध तिमीविना किन अधुरा रहे बातहरु !

ख़ुशीमा पियें दु:खमा पियें, पिउँदा पिउँदै त्येही ढलेछु 
नसोध तिमीविना किन उर्लिये मातहरू !
नसोध तिमीविना किन अधुरा रहे बातहरु !

जिन्दगीको गोरेटोमा दुस्मन साथी भए, साथीहरु दुस्मन
नसोध तिमीविना किन अपराधी भए हातहरु !
नसोध तिमीविना किन अधुरा रहे बातहरु !

तिमी थियौ बहार आयो, छैनौ मेरो संसार उजाड
नसोध तिमीविना किन सुके त्यी पातहरु !
नसोध तिमीविना किन अधुरा रहे बातहरु !

नसोध तिमीविना कसरी कटे यी रातहरु 
नसोध तिमीविना किन अधुरा रहे बातहरु !
Read Full Discussion Thread for this article