Posted by: BKMailo February 5, 2010
BHOJPUR
Login in to Rate this Post:     0       ?        


भोजपुरको भौतिक पूर्वाधार विकाशमा भारतीय
सहयोग

भारत सरकारले पूर्वी पहाडी जिल्ला भोजपुरको बिभिन्न बिद्यालय, अस्पताल भवन
निर्माण र सौर्य बिद्युतीकरणको लागि ८ करोड रुपैयाँ भन्दा बढी आर्थिक
सहयोग उपलब्ध गराएको छ ।


पूर्वी पहाडी जिल्ला भोजपुरमा भारत सरकारले दुई वटा बिद्यालय, एक अस्पताल
भवन निर्माण गर्न र एक सय ५१ घरपरिवार, नौ वटा संघसंस्थालाई सौर्य बिद्युत
जडान गर्न सहयोग गरेको छ । भारतीय राजदुताबासमार्फत भोजपुर सदरमुकामस्थित
बिद्योदय उच्च मावि र देउराली गाबिसको भmयाउपोखरीस्थित शारदा उच्च मावि भवन
एक बर्षदेखि निर्माणाधिन छन् । हेलौंछा गाबिसको वडा नं ८ र ९ मा सौर्य
बिद्युत बितरण गरिसकेको छ । स्थानीय नौ वटा संघसंस्थाले समेत सौर्य बिद्युत
पाएका छन् ।


सदरमुकामस्थित बिद्योदय उच्च मावि र देउरालीको शारदा उच्च मावि भवन दुई
बर्षअघि तत्कालिन जलश्रोतमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय
राजदुत शिवशंकर मुखर्जीद्वारा संयुक्त रुपमा शिलन्यास गरिएको थियो । भारतले
बिद्योदयलाई एक करोड ११ लाख, शारदा उच्च माविलाई एक करोड ९१ लाख रुपैंयाँ
उपलब्ध गराएको छ । हेलौंछा गाबिसका बासिन्दालाई दुई करोड ३१ लाख रुपैंयाँ
बराबरको सौर्य प्यानल र ब्याट्री बितरण गरेको छ ।


सदरमुकामदेखि १२ कोस उतर दिंला बजारमा १५ शैयाको अस्पताल भवन निर्माण हुन
लागेको छ । त्यसको लागि भारत सरकारले तीन करोड रुपैंयाँ सहयोग गर्ने भएको छ
। अस्पतालको निम्ति जग्गा प्राप्त भएपछि भवन शुरु हुने भूपूमन्त्री
ज्ञानेन्द्रबहादुर कार्कीले बताए । स्थानीय दिलकुमार राईले अस्पताल
निर्माणको लागि दिंलाबजारमा दश रोपनी जग्गा निःशुल्क उपलब्ध गराइदिने
प्रतिबद्धता गरेका छन् । दुर्गम गाउँका बासिन्दाको निम्ति निर्माण हुने
अस्पतालको निम्ति बिभिन्न व्यक्तिहरुले निःशुल्क जग्गा दिन चासो देखाएका
छन् ।


भौतिक संरचना निर्माण बाहेक भारत सरकारले भोजपुरबाट भोजपुर, खोटाङ र
संखुवासभा जिल्लाका भारतीय भूतपूर्व गोर्खा सैनिकलाई निबृतिभरण बितरण गर्दै
आएको छ ।

Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=306378
Read Full Discussion Thread for this article