Posted by: बैरे February 3, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

म कुन लक्ष्मी को पहिलो पूजा गरु भन्ने दुभिदा मा परेको थिए ।


पूजा गर्दा पनि आफुले उसको बारे मा पहीले कस्तो चाहिने नचाहिने कुरा सोचे भन्दै पछुतो गर्दै थिए । आखिर उसले मलाई अप्नाएको थियो , मैले कसरी उ माथि संका गरे । आफ्नो माया आफै लाई बोझ कसरी हुन पुग्यो त्यो थाहा नै पाईन । आफु ले आफु लाई कोश्दै थिए ।


पूजा सकेर हामी खाना खान लाग्यौ । किन हो कुनी आज कुरा को श्री गणेश गर्न ठीक हुन्छ लागेर होला


- " आज त अच्चम्म भयो नी , कहीले यस्तो तयारी गर्न भ्याको ? अरु बेला त म बिना डेक कुरा चल्न गाह्रो हुन्थ्यो ?"


उ - "तिमीलाई मेरो बारे धेरै कुरा थाहा छैन " फेरी आँखा झिम्काइ


- " तिमी सँग एउटा कुरा गर्नु थियो "


उ - "के कुरा ?"


- " I think its time we take things to the next level , घरमा कुरा गर्नु पर्ला , what do you say ?"


उ - "घरमा त सब थाहा भई सक्यो , अब के inform गर्ने "


- " होईन अब एउटा परिवार लाई अर्को परिवार सँग भेट घाट गराउनु पर्ला जस्तो छ , के भन्छौ ?"


उ - " तिमी लाई थाहा हुँदा हुँदै पनि , दुबै परिवार को सोचाइ पुरानो छ ......  खै झन कुरा बिग्रेला भन्ने डर लाग्छ "


- " तर जिन्दगी यसरी त बिताउन भएन नी , की त्यहि बिचार छ ?"


उ - "त्यस्तो होईन , I think we should let things cool down a bit , what do you say ?"


- "ठिकै छ , तर कुरेर कुरा झन बिग्रिन्छ की भन्ने डर मात्रै हो "


उ - " होईन , Let's wait few more months "


- "As you say, It was worth a try "


उ केही बोलिन, खाना तिर नै ध्यान थियो उसको ।
.............


केटी हरु को मन बुझ्न सक्न त दैबिय शक्ति नै चाहिन्छ जस्तो छ । हामी मेरो साथी को घरमा Thanks Giving को Dinner को लागि गएका थियौ । त्यहाँ साथी का परिवार हरु थिए , बच्चा देखि बुढा हरु सब खुशी का साथ रमाउदै थिए,  हाम्रो दशैं तिहार मा परिवार भेला भए झै ।


(घर फर्किदा  गाडीमा , )


उ - "आज कस्तो घर को याद आयो "


- " किन नी ?"


उ - "त्यहाँ सब जना कस्तो रमाइलो गरेर बसेका , नेपाल मा नी त्यस्तै रमाइलो हुन्थ्यो परिवार संगै हुँदा "


- "त्यो त हो , नेपाल घुम्न गए भई, हाल्यो नी "


उ - "होइन परिवार लाई नै यही बोलाउनु पर्ला जस्तो छ "


- " अनी कहाँ राख्ने बिचार छ ? उसै त संगै बस्या छ भन्दै मा बी पी high भाछ , झन ज्वाँई कै घर मा बसे त ........"
 
उ - " छ्छयाssssss कस्तो बोल्छ भने , बरु यही झ्याइ कुटी गर्न को लागि बोलाउने की "


गाडी को ह्यान्डल बेसरी समाते (हिउँमा गाडी अन्तै जाला भन्ने डर ले ) , उ तर्फ हेरे , उ मलाई हेर्दै मुस्कुराई अनी फेरी आँखा झिम्काइ ,


- "Are you Serious? "


उ - "Yes why not !!"


- " अनी भन्न कुरा चाँही कता बाट सुरु गर्ने ? यता की उता ?"


उ - " छोरा दिने भए यता बाट , छोरी लिन मन छ भने उता बाट "


सिधै कुरा गर्या भए हुन्थ्यो , किन तिर हान्नु पर्ने होला , मन मनै सोचे ।


घर पुगेर , नेपाल फोन गरे , आमा सँग सब कुरा भयो , उसले पनि आफ्नो घर मा कुरा गरि । छोरा छोरी को खुशी को अगाडि कसको के लाग्छ , दुई परिवार को भेट हुने निर्णय भयो ।


शायद , its a man thing भन्या झै होला , आफु लाई त्यो कुरा ले पिरलेको थिएन , तर मैले याद गरेको थिए उसलाई त्यो कुरा ले निकै पिरोल्दै थियो । पहीले त मैले ठीक भई हाल्छे नी भनेर वास्ता गरिन तर २-३ सम्म उसको हालत देखेर ..


- "Are you Ok , anything bothering you ?"


उ - " हेरन घर बाट केही खबर आको छैन , के कुरा भयो केही थाहा छैन "


- " कुरा गर्छु, भन्दै मा अरु काम छोडेर सिधै कुरा गर्न जानु हुन्छ त ? "


उ - " के गर्ने कस्तो डर लागि रहा छ "


- "डराउनु पर्ने केही कुरा छैन , Take it easy "


केही दिन बित्दै गए .......


शनिबार को दिन अली ढिला सम्म सुतु भन्या एका बिहानै फोन बज्यो । आफ्नो फोन हो की भनेर उथ्दा उसको रहेछ घच घचाएर उथाए । उसले फोन उथाउने बित्तिकै मलाई चुप हुने ईशारा गर्‍यो । नेपाल बाट रहेछ , उ कोठा बाट बाहिर गई । आफु लाई सुत्न सँग मत्लब थियो सुते ।


एकै छिन पछि उ भित्र आइ । उ निराश देखिन्थी , कुरा के भयो , त्यो थाहा नभए पनि त्यसले के रूप लियो त्यो थाहा भयो ।


सोध्नु त पर्‍यो - "के भयो "


उ - "कुरा सब , बिग्र्यो "


- " किन के भन्नु भयो "


उ - " तिमी पहिला फ्रेश भएर आउ , म नी यो बिषय लाई सोच्छु "


म उठेर बाहिर निस्के , के गर्नु बच्चै देखि लागेको बानी , उठ्ने बित्तिकै एक सर्को लगाउनु नै पर्ने थियो ।


December महिना ले डेन्वर लाई सेताएको थियो । जता ततै हिउँ को थुप्रो थुप्रेको थियो , उराठ लाग्दो त्यो ठाउँमा रोपे को हाम्रो माया को बिझ पलाउनु अगाडी नै फक्रिने भयो की भन्ने डर ले मन आत्तिन थाल्यो । मनमा कुरा हरु अनेक खेल्न थाले , हात मुख धुदा नी के भयो के गर्ने भदै सोच्दै बाहिर निस्के । कुरा पूरा नबुझी त्यसको निस्कर्श निकाल्न नी भएन त्यसै ले रिया सँग कुरा बुझ्न पर्‍यो भनि चिया पान नै नगरी उ भए ठाउँ मा पुगे ।


- " ल भन के भयो ?"
 
उ - "के हुनु नी , हुनु नहुनु भयो !! तिम्रो घर बाट मेरो घर मा कुरा गर्न जानु भाको रे , झन कुरा सप्रिन्छ भनेको त झनै बिग्र्यो "


- "किन के भयो ? " (कुरा भन्या त खुलस्त गर्नु नी - मन मनै सोचे )


उ - " खै तिम्रो घर बाट के भन्नु भयो त्यो चाँही थाहा भएन तर बुवा एक दम रिस्सौनु भयो रे , "हाम्रो छोरी कसरी अर्का को छोरी हुन सक्छ " भन्नु भयो रे आमा लाई "


कुरा त बुझिन , एक तर्फी कुरा कसरी बुझ्ने, त्यहि पनि सोधे - " अनी के भन्नु भयो ?"


उ - " त्यस्तो घरमा त कसरी नाता जोड्न सक्छस , तैले आज मलाई मरेको तुल्य बनाइस भन्नु भयो । ल छोरी को माया को लागि भनेर हामी ले जात भात को कुरै नहेरी नाता गास्न खोज्यौ तर भन्न पाए जे पनि भन्न पाहिन्छ ? त अब पनि त्यो केटा सँग बसिस भने हामी सँग नाता तोडे हुन्छ भन्नु भयो "


जात भात को कुरा निस्केर फेरी दिमाग तात्यो , तर उसको आँखा मा आँशु नदेखेको ले म झस्केको थिए । उसले मलाई पहिला उसको घर को कुरा सुनाउदा हाम्रो बिछोड हुन्छ भनेर रोएकी थीइ , तर अहीले म सँग नबस भन्दा पनि नरुनु  को कारण के हो त ? के उसले पनि अब छुटिनै लेख्या छ भनेर अडान राकेकी थीई त ?


के भन्या हो , कसरी मेरा परिवार ले  उसको परिवार को बेज्जत गर्‍यो त्यो त पत्तो नै लगाउनु पर्‍यो । यदि गल्ती मेरो घर बाट भएको भए त्यसो हुन त दिनु भएन , त्यसैले उ सँग झगडा गर्नु भन्दा श्रोत बाटै थाहा पाउनु उचित हुन्छ भनेर घर मा फोन घुमाए


घर मा केही कुरा सोध्नु अघि नै मल्टबारा पड्क्या झै पड्के , " घर मा बोलाएर बेज्जत गर्ने ? हामी ले त छोरो को मन राख्न जातै नमिल्ने घरमा गएर नाता लाउन खोज्यौ , आफ्नै बिरादरी ले के भन्ला भनेर केही सोचेनौ , तर यसरी अरुले सुन्दा नी लाजै पचाएर त बस्न सक्दैनम "


अब परियो धर्म संकटमा.... उसलाई उसको घर ठुलो मलाई आफ्नो । अब यो तनाब मा बलिदान भने हाम्रो माया को हुने देखे मैले ।


उ - " के कुरा भयो ?"
 
- "तिम्रो घर मा जे कुरा भयो त्यहि भयो "


उ मौन थियो


- "अब के त ? "


उ - "खै !"


- " Does this mean its the end of our relationship "


उ - "किन तिमीलाई त्यस्तो होस् लाग्छ ?"


- "होइन, तर तिमीले घर बाट हुन्न भन्यो भन्ने हुन्न भन्या थियौ नी पहीले "


उ - " हो , भनेको त हो , तर I am not willing to let you go "


- " तिम्रो घर ले त म सँग बसिस भने नाता तोड भन्या छ नी त फेरी ?"


उ - " म त्यहि कुरा सोच्दै छु । म जिन्दगी को तराजु मा एक तर्फ तिमी लाई अर्को तर्फ मेरो परिवार लाई जोख्न सक्दिन , बैरे "
 
- " तिमी के भन्न खोजी रहा छौ , खुलस्त सित भन , म सँग please कुरा नघुमाइ भन "


उ - " घर मा कुरा नमीले सम्म , म तिमी सँग बस्न सक्दिन "


उसको यो शब्द मेरो कान मा चट्याङ्ग परे झै पर्‍यो , उसले आफ्नो निर्ण्य गरि सक्या भए मैले आफ्नो कम्जोरी देखाउनु पर्ने जरुरी मलाई लागेन ।


- "ठिक छ त्यसो भए , Let me know, what I need to do "


उ - " तिमीले कुरा सजिलो पार्या छैनौ , Please don't act like its the end of our relationship. I just don't want to lose my parents, thats it "


- " मैले के नै भने र , मैले के गर्नु पर्छ भनेर पो सोधे को हुँ "


उ - " बैरे , तिमी मेरो ठाउँ मा भाको भए के गर्थ्यौ ? तिमी लाई पाउने आशा ले म मेरो परिवार छोड्न सक्दिन । बलिदान मैले नै गर्नु पर्छ भन्ने छैन , तिमीले बलिदान गर्न सक्दैनौ भने please साथ मात्रै देउ , That's all I am asking for "


- " तिम्रो घर बाट पछि पनि हुन्न भन्नु भयो भने नी ?"


उ - "You know what, I am sick and tired of you !!! Yes I am sick and tired of you and your future plans. पछि जे हुन्छ त्यती बेला नै tackle गरुला ,Lets think about the present , that is all I can control now "


म केही बोलिन । त्यो दिन पछि न त हामीले भविश्यमा के हुन्छ के हुदैन कुरा गरेनौ ! हप्ता दिन पछि उसले मलाई एउटा अपार्टमेन्ट  रेन्ट गरेको जानकारी गराइ ।


उ आफ्नो समान हरु बाध्न थाली , शनिबार को दिन पारेर समान हरु उसको अपार्टमेन्टमा सारियो । त्यो दिन उस्कै अपार्टमेन्टमा बसे । बिहान निस्कनु अगाडी उसले मलाई आफ्नो अंगालोमा बाधी


उ - "बैरे, यो दुरी ले हाम्रो जीवन मा फेरी दुरी नलेर आवोश "


- "आउदैन "


त्यती भनि म , त्यहाँ बाट निस्के , डेन्भर को त्यो उराठ लाग्दो जाडो मा म फेरी एक्लो भएको थिए ।


बसन्तले खुसियाली संगै मेरो रिया लाई कहीले लिएर आउछ भन्ने आश मा पर्खि रहेको थिए ..............


समाप्त



 

Read Full Discussion Thread for this article