Posted by: rajankoirala February 3, 2010
म नेपाल !!
Login in to Rate this Post:     0       ?        


इतिहासमा नमेटिने नौलो कागजको पाना भएको छू 
जति टालेपनि चुहिरहने गरीबको छाना भएको छू !

चुस्न सम्म चुसीसके अब खोक्रो शरीर बोकर 
चराचुरुन्गीले पनि मतलब नगर्ने रसविहीन दाना भएको छू !

एउटा कुहिएको आलुले बोरा नै कुहाये जस्तो 
चोर, गुंडा अनि लुटेराहरुको पुलिशथाना भएको छू !

जता कोट्टाएपनि भड्खारो सिवाये केहि भेटिन्न
रित्तिएको ढुकुटीमाँझ आज निम्ठो माना भएको छू !

प्राण उहिले त्यागीसकेँ लादी पनि छोड़ेनन मेरो 
स्वार्थले भरिएको भ्रस्टाचारी अगुवाको स्वादिलो खाना भएको छू !

गज्रने आकाश, उर्लने खोला, नैराश्य प्रकृतिको दुख खेप्दै 
विवशतामा संगीतविनाको उराठलाग्दो गाना भएको छू !

इतिहासमा नमेटिने नौलो कागजको पाना भएको छू 
जति टालेपनि चुहिरहने गरीबको छाना भएको छू !
Read Full Discussion Thread for this article