Posted by: Birkhe_Maila February 1, 2010
आज यो मुटु
Login in to Rate this Post:     2       ?         Liked by

कपीराईट:


सन्तेको छोरि जन्मिँदा,


न्वारनमा गाह्रो पर्यो।


एउटा जाबो नाम दिन खोज्दा,


न्वारनको दिन त्यसै टर्यो।


'सुजाता' नाम राखौँ जजमान;


भन्न थाले पण्डित बा!


गिरीजाको पत्र आयो,


मलाई भाग दे अनि त्यो नाम खा!


त्यो नाममा त कठै,


गिरिजाको हक लाग्ने,


उनले राखेको नाम ,


हामिले फोकटमा कसरि माग्ने?


सोच्दा सोच्दै सन्ते बहुलायो।


नाम लेखेको यतिठूलो बहिखाता पल्टायो।


'निरा' बिस्नेकी छोरीको नाम,


"सिता' रामकि बुढिको नाम,


'रमिता' नेताहरुको पेवा,


'सुनिता' माडसापको भर्खरको दोश्रो मेवा!


 जे नाम राखे नि कपिराइट लाग्ने।


सबैले आफ्नो भाग माग्ने।


बल्ल बल्ल एउटा नाम फुर्यो,


न्वारनको आखिर साइत जुर्यो,


सन्तेले छोरिको नाम राख्यो 'कविता'!


गजक्क परेर कम्प्युटर खोल्यो,


बल्ल ठिक भयो मनमनै बोल्यो,


साझा खोल्यो तर बिचराको छाति पोल्यो।


न्वारन गर्न नभ्याउँदै छोरिको,


'मेरो हो' भनि जिम्मा लिन आएछन,


'कविता'लाई त कपिराइट पो लाएछन्!!


Read Full Discussion Thread for this article