Posted by: Birkhe_Maila January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

के तिमी क्लोजअप गर्दछौ


दुनियासंग डर्दछौ


क्लोज अप किन गर्दछौँ



 


टिम्बा सिरक! टिम्बा सिरक!


यो टिम्बा सिरक भनेको के हो?


कपासलाई जालि बुनेको कपास नसर्ने सिरक हो


अनि कहाँ पाइन्छ नि?


पर्दर्शनीमार्गको पद्ध्मोदय हाइस्कुल संगै मात्र पाइन्छ



 


दोश्रो बच्चा कहिले पहिलो गाँजा तान्छ जहिले


पीवार नियोजनको अस्थायि साधन छाल


समुन्द्र समुन्द्रमा पाइन्छ 



 -----------------------------------------------------------------------------------------------------


  नमस्कार! क्लोज अप टुथब्रस, क्लोज अप तुथपेस्ट, क्लोज अप माउथवास, क्लोज अप नक्कलि दाँत, क्लोज अप नक्कलि गिजा, क्लोज अप फलानो तथा क्लोज अप ढिस्कानो द्वारा संचालीत चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ता कार्यक्रममा यहाँहरुलाई यो संवाददाताको न्यानो अभिवादन्। श्रोताहरु सधैँ झैँ आज पनि हामि तपाइँ समक्ष प्रस्तुत भएका छौँ हाम्रा पहुनाहरुका साथ। हजुर! हामिले हिजो बिचमै छाड्न बाध्य भएको अन्तरवार्ताको बाँकि भाग लिएर हामि प्रस्तुत भएका छौँ, आउनुहोस कार्यक्रम शुरु गरौँ!


 


संवाददाता- हैन के भन्दै हुनुहुन्छ मदनवाजी, तपाइँको कास्टिङ काउच भयो रे? कसरि?


रिठाराम- यो हुँदै नभएको मनगढन्त कुरा हो! मदनवाले मलाई बदनाम गर्न खोज्दै छ!


मदनवा- कथि बात करनुहुन्छ रिठे दाजु? हँ? सला हमरो भएथियो त भएथियो हमि भन्छ कि कैसन भएथियो, सला योमा बदनामीको बाइत किधरसे आयो?


निशान्त- खित् खित् खित् म्याड सोमले लास्टै हँसायो हौ, आबो उसैलाई बदनामिको कुरा छैन भन्छन्त खित् खित् खित्! सोम ठिक त छ होइन तिमि? कतै?.....”


खुसि- उफ् छ्या कस्तो कस्तो कुरा गर्छन!


रिठाराम- हे भगवान्!


संवाददाता- ट्वाँSSS परिङ


मदनवा- अरे निशान्त भैया कइबसे सुसरा बाइत करनेको खोज्दे छ हमि। हँ? सला अपने आप बाइत बुईझके कानकलुजन निकाल्छ तपाइँ? हँ? हमरो कैरक्टरको बाइत निकाल्छ? हँ? सला हमि भि सुध् गायको दूध पि पिके गबरु जवान भएछ, सला चरस गंजाको बदनिया छेन हम्रो, हमरो कैरक्टरको बाइत कर्छ त सला पुरे बदन निचोडके निम्बु जैसन करदिन्छ हमि! हँ? थोडै सुसरा जउन बाइत पे भि सहेर बस्छ हमि? हँ? सला सइबके सइबके हड्डि पस्लि एक करिदिन्छ हमि, एक शब्द जो छ हमरो कैरक्टरियाको या खुसिया सुन्द्रिको कैरक्टरियाको बात आवँछ त!


निशान्त- (अलि डराउँदै)चिल्याक्स सोम! मोइले क्यारेक्टरको कुरा गरेको हैन हौ रेला पो गरेकोन्त। आबो कसरि भयो भनन त कास्टिङ काउच!


रिठाराम- मदनवा खुसिको कुरा बिचमा कसरि आयो?


संवाददाता- फेरि ट्वाँ (मनमनै) यता त नयाँ नयाँ रहस्य खुल्छ जस्तो छ!


खुसि मदनवा चुप लाग न भन्या!


मदनवा- हमि चुप बस्देन खुसिया सुन्द्री, सला डाइरेक्टर छ त जो ऊ सुसरा चाहन्छ वहि होनेको छ? हँ? संवाददाता दाजु, यो रिठे दाजु जो छ, सला अफ्नो मुनाफाके लागि हमि सइबको युज किएछ, सुसरा खुसिया जैसन सिधा लरकिको भन्यो कि सला ऐटिच्युड दिखाईके बाइत करनेको। ऊ बेचारि ऐटिच्युड दिखाईके बाइत कियो। कभि हाथको उंगलि दिखावनेको भि शरम मानने वालि लरकिके फेस गनापे दिखायो और दुर से बदनिया दुसर लरकिके दिखायो। हमि फिर भि चुप बस्यो। हँ? फिर भि खुसिया को बोल्छ कि इन्टरभु जो छ ऊ मा ऐटिच्युड दिखावने। सइब सला अफ्नो नाफाके लागि करेछ। जइब खुसिया ऐटिच्युड दिखावँछ त पब्लिकलोग सोच्छ कि गनापे जो बदनिया छ ऊ खुसियाके छ। और फिलमके मुनाफा जो छ रिठे दाजु खान्छ। हमि बोलनेवाला थिएन पर सुसरा हियाँ हमलाई बदनाम करनेको आरोप लगायो।


संवाददाता- रिठारामजी, मदनवाको कुरा ठिक हो? लाखौँ श्रोताले सुन्दैछन् ध्यान दिएर बोल्नुहोस है?


रिठाराम- कुरा नाफाको हैन, अब कथाको माग अनुसार गर्या हो खुसि रेडि भइन गर्न त पर्यो नि!


खुसि-(अलि हिम्मतिलो बन्दै) अनि संसारलाई त्यो नाच्ने केटि मै हो भन्ने किन पार्न पर्यो नि! थ्याङ्क्यु मदनवा!


निशान्त- मोइले त पहिले नै भन्न खोजेको थियो खुसि, आबो भन्छु भनेको मदनवाले थाहा पाएर भन्यो!


मदनवा- चुप् रे निशान्त चुप्! कुछ करनेको सक्तेन लरकिको लागि त सुसरा बडे बडे गप मारनेको पर्देन। तपाइँ भि मिले छ रिठे दाजुके संग! तपाइँ भि भन्दे थियो कि सनिमामा जो देख्छ बिलकुल खुसियाके बदनिया जैसन लगनेको पर्छ!


निशान्त-


रिठाराम-"उफ्!"


संवाददाता- ओहो! यो त धोका भएन र रिठाराम ज्यू? अनि साँच्चै कुरा मदनवाजिको कास्टिङ काउचको हुँदेथ्यो, के भएको थियो हाम्रा श्रोताहरुलाई भनिदिनु पर्यो?


रिठाराम- (झण्डै रुँदै) रामोराम केहि भएको थिएन, मैले त्यस्तो कास्टिङ काउच साउच केहि गर्या छैन यसपालि, धरोधर्म!


संवाददाता- श्रोताहरु! सुन्नुभयो? कुनै कुरा नोट गर्नुभयो? भर्खरै डाइरेक्टरज्यूले भन्नुभयो कि यसपाली, भनेपछि पहिले पनि पटक पटक कास्टिंकाउच गर्दै आऊनुभएको रहेछ!


रिठाराम- थुक्क!


खुसि- आबुईsss! हे भगवान्!..थ्याङ्क्यू मदनवा!


मदनवा- युर् वेलकम खुसिया सुन्द्री! त संवाददाता दाजु, हमि सुसरा रिठारामले हमिलाई किएको युज देखनेको सकेन, खुसिया सुन्द्रीलाई किएको अपमान देखनेको सकेन त्यसैले हमि कास्टिङ काऊचको बात लियायो। पर हमि झुठ भि बोलेछेन, हमरो संग भए थियो!


रिठाराम- हे प्रभु! हुँदै नभाको कुरा ल्याएर भएको कुरा पानि बिगारिदियो, पहिलेको कुरा पनि फुस्काईदियो, यसपाली केहि नगर्दा मदनवा तिमिले किन फँसायौ मलाई झुठ बोलेर?


संवाददाता- (मदनवा तिर हेर्छन)


मदनवा- बोलेँ त हमि झुठ भि बोलेछेन, हमि बतावँछ कि कैसन सुसरा हमरो कास्टिकाआउच भयो। हमि जिन्दगीके पहले सुटिङपे गियो कास्टिङपे। खुसिया सुन्द्री थियो बगलमा, रिठे दाजु डायरैक्टर थियो और निशान्त भैया विलनवा थियो। हमि कास्टिङ सिन कर्दे थियो निशान्त भैयाको लात घुँसा मार्दे पछारि हटदे थियो कि अचानक हमरो कोहनि जो छ ऊ खुसिया सुन्द्रीको लग्यो और खुसिया सुन्द्री आउच कियो। सुसरा हम्रो कास्टिङ थियो और खुसिया आउच कियो, ऊ हमरो कास्टिङ का आऊच थियो खेँ खेँ खेँयो सब बाइत त यो रिठे दाजु और निशान्त भैयाके शैतानी रुप दिखावनेको खातिर कियो हमि खेँ खेँ खै!


रिठाराम-


निशान्त-


खुसि- ईँखि ईखि मदनवा!


संवाददाता- हाहा हा हा हा जे होस तपाइँले केहि नराम्रा व्यक्तिहरुको सहि अनुहार देखाईदिनुभयो हाम्रा श्रोताहरुलाई! धन्यवाद् छ स्टुडियोमा पाल्नुभएकोमा!


मदनवा- खेँ खेँ खेँ धन्वाद्


खुसि- थैङ्क्यू


रिठाराम-


निशान्त-


खुसि- (रिठाराम तिर फर्कँदै) ल रिठ्ठे डाइरेक्टरसाप, तपाइँको कारमा तपाइँनै जानुहोस म त्यो कारमा जान्न!


मदनवा- खुसिया सुन्द्री, हमि हमरो हिरो साइकिलवापे एकस्ट्रा सिट लगाएछु, घइर तक छारिदिउँ?


खुसि- हुन्छ मदनवा जाउँ! बाई अल!


मदनवा- (गुन्गुनाउँदै निस्कन्छ) हे चलत मुसाफिर आइदियो ले मुहल्ले वारि रसिया!”


संवाददाता- श्रोताहरु, भनिन्छ कुनै कुरो खोज्दा हिँड्दा अर्को कुरा भेटिन्छ रे, यस्तै भयो आजको कार्यक्रममा पनि। आजलाई  यहिँ बिट मार्दै छौँ फेरि अर्को पटक अर्को अतिथीहरुसंग आउँला, तब सम्मको लागि बिदा दिनुहोस। नमस्ते! हे हे हे चलत मुसाफि…..”


 


के तिमी क्लोजअप गर्दछौ


दुनियासंग डर्दछौ


क्लोज अप किन गर्दछौँ


 

Read Full Discussion Thread for this article