Posted by: crazy_boi January 28, 2010
माथिका हरफहरू सम्भावित भूकम्पपछि सञ्चारमाध्यममा आउने समाचारको नाटकीय कल्पना हो
Login in to Rate this Post:     0       ?        
परदिृश्य तयार गरी अनुमान गर्न सकिन्छ । काठमाडौँस्िथत भूकम्प प्रविधि समाजले झन्डै एक दशकअघि गरेको एउटा अध्ययनले भनेको छ, '९० सालको जस्तै भूकम्प गएमा २२ हजार काठमाडौँबासीले ज्यान गुमाउने छन् । विगत १० वर्षमा अनियन्त्रित सहरीकरणले काठमाडौँ असुरक्षित र कुरूप पारेको छ । नयाँ अनुमान कस्तो होला ? त्यो विपदाको नयाँ परदिृश्य यस्तो हुन सक्छ ः

'लामो द्वन्द्व, हिंसा र राजनीतिक अन्योलको जँघार काट्दै गरेको नेपालले चुनौती भोग्दैछ । ५ जनवरीको चिसो बिहान आएको आठ रेक्टर स्केलको कम्पनले नेपालका सहरी र ग्रामीण क्षेत्रका घरहरू ढलेर रोटीका चाङसरह बनेका छन् । राजधानी काठमाडौँमा मात्रै दुई लाख घर भत्किएको अनुमान छ । मापदण्ड नपुर्‍याई बनाइएका घरहरू भत्किएको डुँगुरले स-साना बाटोमा उद्धारका लागि आवतजावत गर्न ठूलो कठिनाइ पारेको छ । सहरको बीचमा रहेको टुँडिखेलमा मानिसहरू सिरक र राडी ओढेर बास बसेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको धावनमार्ग पाँच स्थानमा चिरएिको हुँदा राहत लैजान विमानहरू अवतरण गर्न सकेका छैनन्, बाटो पनि ठूलठूला भूस्खलनका कारण अवरुद्ध छन् । अस्पतालमा घाइतेहरूको घुइँचो छ । दाउराको अभावले काजकिरिया हुन सकिरहेको छैन । लोडसेडिङ् भोगिरहेको काठमाडौँमा बिजुलीको आपूर्ति पूरै बन्द छ । पानीका पाइप फुटेका छन्, पिउने पानी छैन । अमेरकिी, भारतीय र चिनियाँ सरकारले सहयोगको वचन दिएका छन् । लुटपाट र अपराधका घटनाहरू बढ्ने सम्भावना छ । हिजो संयुक्त राष्ट्रका महासचिवले यस अप्ठ्यारो स्िथतिमा सबै नेपालीलाई संयमित रहन आह्वान गरेका छन् ।'

 तर, त्यस्तो हुँदै हुँदैन भन्ने कसैले पनि ठोकुवा गर्न सक्दैन । सन् २००५ को भूकम्पपश्चात् कश्मीरमा गरएिको एउटा अध्ययनले सरकारी निर्देशनमा बनेका १७ हजार स्कुल र अस्पताल भत्किएको बताएको थियो । स्कुल भत्केर मृत्यु हुनेमध्ये ५५ प्रतिशत पाँचदेखि २४ वर्षका पुरुषहरू थिए 
Read Full Discussion Thread for this article