Posted by: perfectionist January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
प्रणाम, हैन म त गा छैन है बङ्लामुखी तिर, अब बैरे नि जान्नन रे, हिजो मार कुचो खाएछ केरे केटोले आज चौतारी सम्म नि आउन सक्ला नसक्ला। रियाको फेला परेछ मुर्दार, दिन सकिगो नि, घराँ तेस्ती राम्री लक्ष्मी हुँदा हुँदै अन्त आँखा डुलाउनेको यस्तै हविगत हुनी रेछ, जिम्मालबा लगायत अरु बिवाहितहरुलाई चेतना भया।

केटो हिजो महँगो नेक्लेस खोज्देन यार भन्दै आ थ्यो मेरोमा। अब म बिचरो बालखले के जान्नु त्येस्तो नेक्लेस सेक्लेस, खाली हात गयो केरे, हाम्रा घर सम्म सुनिया थियो, बैरे चुटाइ। त्यो नभा कपाल नि उखेली सक्यो भन्ने अपुस्ट समाचार सुन्नमा आको छ। सत्य तथ्य उसैले बताउलान भनेर कुरेर बस्या छु। हुन त याँ नसुनाउला, केटोको कहानीको नयाँ खुराक नि हुन सक्छ।

जे होस् बैरेका दिन सके अब, ऐलेलाई एत्ती बुझी राखुम!
Read Full Discussion Thread for this article