Posted by: chanaa_tarkaari January 25, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     0       ?        
जिटिजु,

संघियता हुनेबित्तिकै सबै आफ से आफ ठीक हुने होइन, यसले अहिले बिग्रेर भताभुङ्ग भएको देशलाइ बिस्तारै बनाउने प्रक्रियामा हुल्ने छ, त्यसको निमित्त अपनत्त्वको भावना एकदम जरुरी छ । खोक्रो आदर्श छाँटेर समग्र नेपाल मेरो हो भन्नु पर्छ, क्षेत्र र जाती नभनी सिङगो देशको भलाइ हेर्नु पर्छ, परीवार र समाज हैन सम्पूर्ण जनताको लागि मर्नु पर्छ भनेर भन्नेहरु धेरै देखियो, तर खोइ त नतीजा ? नेपाल बिग्रेको खोक्रो आदर्शले गर्दा हो । त्यसैले यस्ता आदर्शका कुराहरु सुन्नलाइ मिठो मात्रै हो - मैले त्यस्ता फोस्रा कुराहरुको पछि लाग्न छोडिसके ।

संघियता देश बनाउनलाइ चाहिएको हो, बिगार्नलाइ हैन । तर अपनत्त्वको भावना नहुने संघियताले बनाउने हैन बिगार्ने छ । संघियतालाइ बिद्रुप बनाएर बिगार्न चाहनेहरु शायद आफ्नो पकड गुम्ला भनेर अनेक अस्वाभाविक कदम चालीराखेका छन । त्यसको पहिलो कडी नामांकन र सिमांकनकि घनचक्करमा यसलाइ फसाउन खोज्नु हो । त्यो बेठीक छ भन्ने मेरो बिचार हो । करीव ५.६% जनसंख्या भएको नेवारलाइ टापु जस्तो ०.१५% क्षेत्र, र उत्ति नै ५.६% जनसंख्या भइको तामाङलाइ १२रु% भन्दा बढी क्षेत्र, यो कसरी कुन हिसाबले जायज भयो? म अचम्ममा पर्छु, किन देश बिकासमा इमान्दार प्रयास गर्ने, अग्रणि सहभागिता जनाउने, तथा देशको अर्थतन्त्रमा उच्च योगदान पुर्याउने नेवार समुदायलाइ शासक बर्ग सँधै थिचोमिचो नै गर्न चाहन्छ ? 

"तर म भन्छु जब तपाईं अपनत्वको लागि सिमांकन र नामांकन भएको जातिय राज्य चाहनु हुन्छ, तपाईंमा नेपालको अरु जातीप्रती मात्र होइन तपाईंको जातिय राज्यमा नपर्ने देशको अरु भुगोल प्रती पनि सद्भाब रहेनछ भन्ने कुरा प्रस्ट देखिन्छ, यो त जातिबाद भन्दा पनि एक कदम अझ अगाडि......."
अब नीजि विचारमा टेकेर आरोप प्रत्यारोप लगाउनाको काम छैन । सद्भाव के कति छ भन्ने कुरा बोलीको भरमा तौलिने कुरा पनि हैन । भोको पेटले डाँडावारी खाँउ अघाएको पेटले डाँडापारी खाँऊ भन्छ भन्ने त हाम्रो उखानै छ, त्यसैले तपाइलाइ गैर-खसको पीडा र मर्का जति नै ब्याख्या गरेपनि बुझ्नुहुन्न । एउटा कुरा चै सच्याउनोस, नेवार जात हैन, त्यसैले नेवारले खोजेको संघीय राज्य जातीय आधारको राज्य चै हैन ।

Think Global Act Local  भन्छौ नि हामी । हाइटीको बिनाशको थुप्रोमाथि बसेर ग्लोबल वार्मिङ वा ग्रीनहाउस ग्यास वा नानोटेकको कुरा गर्न किमार्थ सकिन्न । जुम्लाको अभाव मेट्न जुम्लीलाइ ने सर्वेसर्वा नबनाइ बनाएको योजनाले कुनै काम गर्दैन, संघीयता नेवारलाइ मात्र चाहिएको हैन, पिछडिएको सबैलाइ अगाडि आउन चाहिएको हो । संघियता  Act Local  को निम्ति हो । जुम्लाको बिकासको निम्ति जुम्लीलाइ अधिकार दिनु पर्छ भन्नु उनीहरुप्रति सद्भाव नहुनु हुन्छ ? संघियताको बिरोध गर्नु भनेको जुम्लाको बिकास पनि मैले भनेजस्तै, काठमाँडौको बिकास पनि मैले भने जस्तै हुनु पर्छ भन्नु हो, जुन खस एकाधिकार सहितको एकात्मक केन्द्रीयताले बिगत २५० बर्षदेखि गर्दै आयो र देशलाइ तन्नम बनाएर छोड्यो । बहस गर्ने क्रममा संघियताले केन्द्र सरकारको मातहतमा रहि काम गर्छ भन्ने किन बिर्सिइन्छ ? Think Global को काम केन्द्रीय निकायले गर्छ, र  Act Local  को काम संघिय निकायले । यस्तो बिचार राख्नु तपाइको दृष्टीमा "अरु भुगोल प्रती पनि सद्भाब नरहनु" हुन्छ भने मलाइ त्यस्तो सद्भाव पनि चाहिएन । 

रह्यो कुरा जातभात बिरुद्ध तपाइको अनुभव । तपाइ त बयस्क उमेर पुगेपछि नितान्त ब्यक्तिगत स्वार्थले प्रेरित भइ एउटी केटीको निम्ति जातभात बेठीक देख्न पुग्नु भएको रहेछ । मैले त बाल्यकालमै यो उचनीच छुवाछुत बेठीक हो भन्ने बुझेर निस्वार्थ बिद्रोह गर्ने दुस्साहस गरेको थिएँ । स्कुलमा सँधै लास्ट बेञ्चमा बस्न बाध्य गराइने कथित तल्लो जातको साथिलाइ साथ दिन उसँगै बस्ने, हिड्ने गरेको थिए । टोलका अछुत मानिने परीवारको घरको पिंढीमा बसेर सबैको सामू चिया खाजा खाएर देखाएको थिए । कसाहि, दमाइ, सार्कि, पोडेहरु छानि छानि मित्र बनाइ हिडेको थिए । एउटा होटेल, जसका साहु पनि मेरै साथिको बुबा थिए, मा चिया खान जाँदा मेरा अछुत मित्रलाइ उहाँले गिलास माझेर दे भन्नु भयो, मैले सरक्क टिपेर माझिदिएँ, उहाँको रीस कुन पारामा चढेको थियो, त्यो भोग्ने म आफुलाइ मात्र थाहा छ । टोलको धार्मिक भजन किर्तन र सामुहिक उपस्थितिबाट बहिस्कृत जस्तै भएँ । यी कुरा झेल्नु क्षणिक परीवारीक तनाव झेलेर केटी परित्याग गर्नु भन्दा धेरै फरक छ । तर तपाइ त्यो जातभात र बिभेदको कुरालाइ जबरजस्ति संघियताको मुद्दामा किन हुल्दै हुनुहुन्छ मैले बुझिन, जब कि संघियता त्यस्तो छुवाछुतलाइ बढावा दिने उद्देश्यले अगाडि बढेको मुद्दा हैन भन्ने तपाइले नबुझेको हैन जस्तो लाग्छ । 

Read Full Discussion Thread for this article