Posted by: Geology Tiger January 24, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     0       ?        

 


चना दाई, माफ गर्नु होला मलाई यहाँको कुरा पढेर त झन् धेरै हाँसो उठ्यो। मेरो एउटा प्रश्न छ यहाँको अपनत्वको भावना सम्बन्धमा; नेवार राज्य अथवा जुन सुकै पनि जातिय राज्य घोषणा गर्नुको उद्देस्य कस्तो किसिमको अपनत्व जगाउनु हो? यो राज्य मात्र हाम्रो हो, हामीले यसलाई मात्र बनाउनु पर्छ अरु सब भाडमा जाउन् भन्ने हो? त्यसो भए आफु बसेको राज्य मात्र आफ्नो बाँकी नेपाल चाँही आफ्नो होइन? सिङो नेपाल प्रतिको अपनत्व चाँही नचाहिने भयो है हामीलाई?



धेरै पढेलेखेका भनिएका र नेपालका बौदिक बर्ग भनिएका यहाँहरु अझै जातिय नामांकन र सिमांकनको चक्करमा ठक्कर खाएको देखेर मलाई अलिकति भने पनि सन्तोष लाग्यो, कारण: लगभग पाचँ बर्षअघि आफु भने अली तल्लो जातको केटीसँग मेरो मायाप्रेम बस्न गएको थियो, पछी घरमा आमालाई म यो केटी बिहे गर्छु भन्दा घरमा कोलहाल मच्चियो, दिनदिनै रुवाबासी, महिनौ सम्म बोलचाल बन्द, मलाई वाध्य भएर त्यो केटी त्याग्नु पर्ने अवस्था आयो। मैले आफुलाई धिक्कारे, आफ्नो पढाईलाई धिक्कारे, मैले पढाईमा हासिल गरेका सर्टीफिकेट र मार्कशिटहरु जम्मै आगो लगाइ दिउ जस्तो लाग्यो, हरे मैले यत्रो पढेर पनि आफ्नो बाबुआमालाई यो जातभात भन्ने हुँदैन भनेर सम्झाउन सकिन है, धिक्कार छ मलाई भनेको जस्तो लागेको थियो। तर हिजोआज जती जती साझाको थ्रेड हेर्छु, जती जती हाम्रा क्रान्तिकारी नेताहरुको बिचार पढ्छु, अनी लाग्छ, ए मेरो आमाबाबु मात्र त होइन रहेछन् है जातभात मान्ने, यत्रा पढेलेखे भनेका मान्छेहरु पनि त मान्दा रहेछन् जातभात। तर यसो भन्दैमा म मानवीय भेदभाब बिरुद्दको लडाँईमा भाग लिन चाँही छोड्दिन, एक दिन त कसो नहट्ला त यो जात र म यो जात भन्ने भावना! भन्नुहोला 'बड जान्ने हुन्छस् हामीले कहाँ जातभातको कुरा गरेका छौ? यो त आफ्नो पहिचान को कुरा मात्र हो, यो त अपनत्वको कुरा मात्र हो, आफ्नो कलासंकृति फैलाउने कुरा मात्र हो,' तर म भन्छु जब तपाईं अपनत्वको लागि सिमांकन र नामांकन भएको जातिय राज्य चाहनु हुन्छ, तपाईंमा नेपालको अरु जातीप्रती मात्र होइन तपाईंको जातिय राज्यमा नपर्ने देशको अरु भुगोल प्रती पनि सद्भाब रहेनछ भन्ने कुरा प्रस्ट देखिन्छ, यो त जातिबाद भन्दा पनि एक कदम अझ अगाडि....... उफ्फ्, के होला सारा नेपालीको भबिस्य? मेरो देशको भुगोलको भबिस्य? 


 

Read Full Discussion Thread for this article