Posted by: chanaa_tarkaari January 24, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     0       ?        
मलाइ यो थ्रेडले हांसो उठायो । किन कि यस थ्रेडमा एक नेवारले हालै प्रस्तावित नेवा राज्य आफ्नो हैन भनेर विचार राख्नासाथ तिनलाइ तारीफ गरेर उचाल्नेहरुको भीड जम्मा भएको छ । जब कि यो संघियताको खाकाले संघियता पक्षधर वा बिपक्षी कसैलाइ पनि सन्तुष्ट नबनाउने हुनाले जो कसैले पनि यो संघियताको खाका आफ्नो हैन भनेर भन्न सकिने अवस्था छ ।

म त यो नेवा राज्यलाइ पूर्ण रुपमा नकार्ने पक्षमा छु । किन कि, संघियताको आधार ऐतिहासिकतालाइ मान्ने हो भने नेपालमा नेवा राज्यको अस्तित्त्व इतिहासमा कतै छैन । यदि  संघियताको आधार भाषालाइ मान्ने हो करीब समान संख्यामा रहेको तामाङ र नेवार बीच भू-बितरण अत्यन्तै असमान छ, उति नै जनसंख्या भएको तामाङलाइ नेवार भन्दा २० गुणा बढी क्षेत्रफल ओगटेको लागा कोरेर संघियताको खाका संगै बिबादको बिऊ रोप्न खोजेका छन । जसले यो षडयन्त्र गरे तिनीहरुले संघीयताको अवधारणालाइ असफल गराउने दाऊ राखेका छन । यस्तो षडयन्त्रमुलक संघीयताले कुनै हालतमा सकारात्मक परीवर्तन ल्याउने छैन ।

संघियताको एउटा प्रमूख भावनात्मक पक्ष छ - त्यो हो अपनत्त्वको भावना । बिगतमा जनसंख्याको ठूलो पंक्ति मुलधारभन्दा बाहिर रहनु पर्दा त्यसले जनतालाइ यो देश मेरो पनि हो मैले पनि देशको पतनको जिम्मेवारी लिनुपर्छ भन्ने भावना जाग्दैजागेन । फलत देश भ्रष्टाचार र कुशासनले चुर्लुम्म डुबुञ्जेल पनि खबरदारी गर्न कोहि अगाडि सरेनन । राजनीतिक नेताहरुले त्यो अबस्थामा जनअसन्तोषलाइ टिपे र आन्दोलनहरु सफल बनाए - राजनीतिक फाइदा उठाए । अहिले पनि मुलत नेपालको राजनीति बिगतभन्दा केहि फरक छैन, नाम बाहेक । त्यसैले हामी त्यहि बिकृति बिसंगतिको भद्दा उदाहरणहरु दिनदिनै देख्दै छौ । जति समय जनताको सर्वसहभागितालाइ रोक्न सकिन्छ यी गिद्धजस्ता नेताहरुलाइ देश लुछ्ने मौका मिलिरहन्छ । जनताको सर्वसहभागिता सहित स्थापना हुने संघियताले यो क्रमलाइ रोक्ने छ भन्ने मेरो बिश्वास हो - किनकि यसले स्थानीय जनतालाइ अपनत्त्वको महशुस गराउने छ र जनताको खबरदारी प्रभावशाली हुने छ ।

तर नामांकन र सिमांकन दुबैमा जालझेल गरेर हाल प्रस्तावित संघियताको खाकाले नेवारहरुलाइ अपनत्त्व महशुस हुने आधार समाप्त पार्ने खोजेको देखिन्छ । यसमा प्रभावशाली राजनीति पार्टीका नेतृत्त्वले नेवार समुदाय बिरुद्ध ठूलो षडयन्त्र गर्न खोजेको देखिन्छ । चित्त बुझाउने ठाउँ नै नहुने यस्तो नेवा राज्य मेरो हो भन्न त म सक्तै सक्तिन । यो नेवा राज्य त्यहि गिरीजालाइ होस, त्यहि माकुनेलाइ होस, त्यहि प्रचण्डेलाइ होस, त्यहि उपेन्द्रे, गच्छदारे, ठाकुरे, बाबुरामे, ओलि, खनाले जो जो छन काठमाण्डौमाथि गिद्ध दृष्टी राखेर बसेका तिनीहरुकै होओस । मलाई त्यो नेवा राज्य चहिदैन।
Read Full Discussion Thread for this article