Posted by: _____ January 23, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     0       ?        
सबै जना आफ्नो आफ्नो डम्फु बजाउन मा ब्यस्त छन मानौ नेपाल तिन्को बौको सम्पत्ति हो र आज अन्स्बन्डा गर्न चहान्चन्
ल पढ्नुस् भबिस्यको स्मस्या आजै

संविधान बन्छ; बनाएरै छाड्छौं

अक्कलबहादुर थिङ सभासद्, एकीकृत नेकपा मावादी, काभ्रे-२
संविधानसभा त स्थगित छ। समय कसरी बित्दैछ?
संविधानसभामा
बिजनेस नभए पनि व्यवस्थापिका चाहिँ चलिरहेको छ। त्यसैले जिल्लातिर
विकास-निर्माणको काममा भनसुन गर्ने र पार्टीको साङ्गठनिक गतिविधिमा बढी
ध्यान केन्द्रित गरेको छु।

तपाईको पार्टीले घोषणा गरेको ताम्सालिङ र नेवाः राज्यबीच विवाद बढेको हो?
हाम्रो
पार्टीले सैद्धान्तिक रूपमा मात्र गणराज्यहरू घोषणा गरेको हो। सिमाङ्कन
गरेको छैन। सिमाङ्कनका बेला विवाद पनि हुनसक्छ। जिल्लाको हिसाबले काभ्रे
ताम्सालिङ राज्यभित्रै पर्छ। उहाँहरूले बनेपाको दाबी गरे जस्तै तामाङहरूले
स्वयम्भूको दाबी गरे भने के हुन्छ? काठमाडौँ वरिपरिका तामाङले काठमाडौँ
दाबी गरे भने त्यसलाई मान्ने कि नमान्ने? नेवार जाति बसन्तपुरमा मात्र
सीमित भएको प्राचीनकालमा यहाँका फाँट ह्याङ्लाबू अर्थात् हाम्रो खेत हुन्।

ताम्सालिङ राज्यको सदरमुकाम कहाँ राख्ने सुरमा हुनुहुन्छ?
त्यसबारे
कुनै निणय भएको छैन। सबैको सल्लाहले जनतालाई सुविधा हुने गरी राज्यको
सदरमुकाम राख्नुपर्छ। त्यसो गर्दा जनताले तीन घण्टामा राज्यबाट सेवा
पाउनुपर्ने कुरामा ध्यान दिनुपर्छ।

तर, तपाईहरूले घोषणा गरेको ताम्सालिङ राज्य त गणेश हिमालदेखि गौरीशंकरसम्म फैलिएको छ। कसरी तीन घण्टामा सेवा दिने?
राज्यभित्र
स्वशासित इलाकाहरू बनाएर तिनै इलाकामार्फत काम गराउँदा यो समस्या हल गर्न
सकिन्छ। अन्य राज्यका हिसाबमा भने यस्तो भौगोलिक विषमता छैन।

तपाईहरूले घोषणा गरेको राज्यको विरोधमा हेल्मो र चेपाङहरूले आवाज उठाएका छन् नि?
राज्यका
लागि चाहिने सबै कुरा हेल्मो र चेपाङसित छैन। उनीहरूको राज्य बन्ने
प्रक्रिया पुग्दैन। यहाँभित्र जिरेल, थामी, दनुवारको कुरा पनि छ। यी
सबैलाई स्वशासन दिनुपर्छ।

१५ जेठमा संविधान बनेन भने तपाई सभासद् रहनुहुन्छ कि रहनुहुन्न?
संविधानसभाको
महलमा संविधान जारी नहुँदासम्म सभासद् रही नै रहने व्यवस्था छ। अहिलेसम्म
जे-जति छलफल भइरहेका छन् ती सबै राम्रो संविधान बनाउनकै लागि हो भन्ने
दृष्टिकोणबाट पनि हेरिनुपर्छ। त्यसैले संविधान जारी नभएसम्म संविधानसभा
कायम रहन्छ, भङ्ग हुँदैन। हामी संविधान बनाएरै छाड्छौँ।




Read Full Discussion Thread for this article